Sunday, May 16, 2021
Home बिचार दसैंमा सुरक्षा मापदण्ड पालना गरौं

दसैंमा सुरक्षा मापदण्ड पालना गरौं

,

नेपालीहरूको महान् चाड दसैं सुरु भएपछि महामारी संक्रमण रोकथामको मापदण्ड कायम नहुने हो कि भनी सरकारी निकायबाट चिन्ता व्यक्त गरिएको छ । चाडपर्व केन्द्रित गतिविधि ह्वात्तै बढेपछि सामाजिक दूरी कायम गर्नका लागि अपनाइनुपर्ने मापदण्ड मिचिन पुगेको छ । पर्वको बहानामा कुनै पनि महामारीको संक्रमणलाई हेलचेक्र्याइँ गर्न वा गरेको स्वीकार गर्न सकिने अवस्था कसैका लागि पनि पाच्य हुन सक्दैन । जनस्वास्थ्यको मापदण्ड उल्लंघन भनेको महामारीको स्थिति भयावह बनाउनतिर जानेर वा नजानेर उद्धत हुनु हो । नेपालको सन्दर्भमा कोभिड–१९ पर्वकै बेला उध्र्वत्तर हुँदै गएको छ । यसलाई मध्यनजर गरी सरकारले चाडपर्व केन्द्रित जनस्वास्थ्य मापदण्ड जारी गरेको छ । तर, यसमा उल्लिखित मापदण्ड आम नागरिकमा अनुशासनका रूपमा पालना गरिनुको सट्टा मिचिँदै र हेलचेक्र्याइँमा पर्दै गइरहेका छन् । चाडपर्व नजिकिँदै गर्दा संक्रमितको संख्यामा वृद्धि हुँदै जानुले पनि जनस्वास्थ्यको मापदण्ड पालना नगरिएको देखिन्छ । आधा करोड पनि जनसंख्या नभएको राजधानी काठमाडौंमा संक्रमण नियन्त्रण हुन नसक्नु जत्तिको दुःखको कुरा हो, त्यत्तिकै दायित्वविहीनता वा गैरजिम्मेवारीको अभिव्यक्ति पनि हो ।

राजधानीमा दैनिक औसत २ हजार ५ सय जना नियमित संक्रमितको संख्या थपिन थालेपछि यसले जनस्वास्थ्यको मापदण्ड उल्लंघनको आशंकालाई पुष्टि हुने ठाउँ दिएको छ । यसअन्तर्गत भेटघाटमा दुई मिटरको सामाजिक दूरी अनिवार्य हुन नसकेको देखिएको छ । यसका साथै हाम्रो संस्कार नमस्कार गर्ने मात्र छैन । आफन्तहरूलाई हात र गोडामा साष्टाङ्ग दण्डवत् गरेन भने ‘ठूलो भएको’ र ‘आदर सम्मान गर्न छाडेको’ भनेर खिसीटिउरी गर्ने चलन छ । त्यसो त दसैंका बखत सामूहिक बसाइमा टीका लगाउने र एकले अर्कालाई घुमी घुमाइ पालैपालो टीका जमरा लगाइदिने चलन छ । यसो गरिएन भने यसलाई मान्यताअनुसार नै नभएको भनी संस्कृति र मानमानितोको उल्टै अपहेलना भएको रूपमा लिइन्छ । त्यसैगरी, घरघरमा रोटी तथा परिकार बनाई खाने र खुवाउने चलन छ । आफूभन्दा ठूलाबाट टीका ग्रहण गर्ने, आशीर्वाद लिने तथा पूर्णिमाका दिनसम्म डुल्दै र फिर्दै टीका लगाउने चलन छ । सामूहिक स्नान, सामूहिक पूजा, सामूहिक पूजापात्र समापन, पूजापात्र गंगा वा नदीमा सामूहिक विसर्जन तथा आराधना र भजनकीर्तन आदि सामूहिक रूपमा गरिने भएकाले कोरोना महामारीको संक्रमणलाई यसले बढावा दिने वातावरण निर्माण गर्नेछ ।

दसैंमा लाइन लागेर भए पनि मन्दिरमा पूजाआजा गर्न पाउनुपर्ने माग पनि कम खतरनाक छैन । हेर्दा, अस्था, श्रद्धा, भक्ति र भावनासँग जोडिए पनि यसले ल्याउन सक्ने खतरनाक परिणामप्रति आँखा चिम्लन सकिँदैन । त्यसो त यो बेलामा ठूलाठूला जात्रा तथा उत्सव पनि मनाइने गरिन्छन् । दसैं आफंैमा १५ दिनसम्म सामूहिक मेला वा पर्व नै हो । यस्तो बेलामा सर्वसाधारणले भौतिक दूरी पालना गरे÷नगरेको ख्याल कसले गर्ने ? नियम बनाउने माथिल्ला निकायकै मानिसहरू नै यसबारे बेखबर रहेजस्तो गरिदिनाले पनि आवश्यक सामाजिक दूरी कायम राख्न सकिने अवस्था देखिँदैन । जब कि महामारीको जोखिम हरेक व्यक्तिबाट हरेक व्यक्तिलाई भएकाले यसबाट बच्न स्वयं व्यक्तिको व्यक्तिगत अनुशासन निकै महŒवपूर्ण छ । संक्रमणबाट बच्ने उपाय भनेको आफंै सतर्क रहनु हो । भौतिक दूरी कायम गर्नु र मास्कको समुचित प्रयोग यसको यसको रोकथामको न्यूनतम मापदण्ड हो । त्यसैले, सामाजिक दूरीसहित स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गर्दै दसंै मनाउनु सम्पूर्ण नेपालीको साझा कर्तव्य हो ।

(Visited 104 times, 1 visits today)
Loading comments...

आजको समाचार

च्याम्पियन बन्ने लक्ष्यमा धनगढी र काठमाडौं

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हँुदैछ ।...

‘पहिले मुद्दा फिर्ता त्यसपछि सरकारमा’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी हुन गरेको प्रस्ताव जनता समाजवादी पार्टी (जसपा)ले अस्वीकार गरेको छ । आफ्ना माग सम्बोधन भएपछि मात्रै...

काेराेना संक्रमणबाट १८७ जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घन्टामा कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९)...

टी–२० विश्वकपमा २० टोली

दुबई । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हाल १६ टोलीबीच हँुदै आएको टी–२० विश्वकपमा २० टोलीलाई खेलाउने प्रस्ताव अघि सारेको छ । यसै वर्ष भारतमा...

धनगढीको नेपाली सेनाको अस्पतालमा काेराेना संक्रमितको उपचार गरिने

धनगढी । धनगढीस्थित नेपाली सेनाको फिल्ड अस्पतालमा पनि कोरोना संक्रमितको उपचार गरिने भएको छ । सो अस्पताल नेपाली सेनाका परिवारजनलाई मात्रै सेवा दिने गरी...

साताका लोकप्रिय समाचार

ललितपुर एलिमिनेटरमा

काठमाडौं । मार्की खेलाडी तथा कप्तान अन्जन विष्टको एक मात्र गोलमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसीलाई पराजित गर्दै खुकुरी नेपाल सुपर (एनएसएल) को...

एउटै घरका तीन दिदीबहिनी सगरमाथा शिखरमा

काठमाडौं । विश्वको सर्बोच्च छानो सगरमाथा चढेर नयाँ कीर्तिमानी कायम गराउने प्रतिस्पर्धाकाबीच बुधबार दोलखाको एकै घरपरिवारका तीन दिदीबहिनीले सगरमाथाको सफल आरोहण गरेका छन् । दोलखास्थित...

प्रधानमन्त्री ओलीको शपथ आज दिउँसो साढे २ बजे, आजै सानो आकारको मन्त्रिपरिषद गठन

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिनुहुनेछ । दिउँसो साढे दुई जबे पद तथा गोपनियताको शपथ लिने कार्यक्रम...

सत्ता संकटको असर कोरोनामा ?

  तनावरहित स्वच्छ मानसिकतामा गरिने कार्य निश्चय नै परिणाममुखी हुन्छ । व्यक्तिमा निहित स्वच्छताजस्तै सकारात्मक सोच र उच्च मनोबलयुक्त व्यक्तिको सामूहिक सहकार्यमा सञ्चालित राज्यसत्ताका काम...

च्याम्पियन्स लिगको फाइनल खेल पोर्चुगलमा

जुरिच । यो सिजनको यूईएफए च्याम्पियन्स लिगको फाइनल पुनः पोर्चुगलमा हुने भएको छ । गत सिजनको फाइनल फोर अर्थात् सेमिफाइनलदेखिको खेल पोर्चुगलमै भएको थियो...

ट्रेन्डिङ

वडा भवन निर्माणमा वडाध्यक्षकै अवरोध !

सिन्धुपाल्चोक । बलेफी गाउँपालिका वडा नम्बर –२ को वडा भवन निर्माणमा वडाध्यक्षले नै अवरोध सिर्जना गरेपछि भवन निर्माणमा समस्या सुरु भएको छ । बलेफी गाउँपालिका,संघीय...

सामाजिक सञ्जालमा कडाइ गर्दै सरकार

काठमाडौं । सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन गर्नेगरी सामाजिक सञ्जाल तथा अनलाइनमा कडाइ गर्ने तयारी गरेको छ । सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने ध्येयसहित सरकारले सामाजिक सञ्जाल...

आइसोलेसनमा रहेका छोराले बाबुको काजक्रिया गर्न पाएनन्

स्याङ्जा । कोरोना सङ्क्रमणका कारण बाबुको मृत्यु भएपछि छोराले बाबुको काजक्रिया समेत गर्न पाएनन् । पुतलीबजार नगपालिका—१४ स्थायी घर भई पुतलीबजार—१ मा बस्दै आएका...

जिल्लाकै ठूलो राज रंगशाला जीर्ण

सप्तरी । कोरोना संक्रमणका कारण लकडाउन र निषेधाज्ञाले नेपाली खेलकुद ठप्प छ । केन्द्रमै खेलकुद गतिविधि ठप्प रहँदा प्रदेश तथा जिल्लामा पनि खेलकुदको कुनै...

गण्डकीमा कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या १७० पुग्याे

पोखरा । पोखरामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गएको २४ घण्टामा मृत्यु हुनेमा २ महिला र २ पुरुष छन् ।...

नेपाली भूमि फिर्ता कहिले ?

काठमाडौं । भारतले विगत ५८ वर्षदेखि भारतीय सुरक्षा फौज राखेर अतिक्रमण गरेको नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालले नयाँ राजनीतिक नक्सामा समेटेको छ ।...

भेटिएका चार शवको सनाखत

बागलुङ । बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्यु भएका १४ मध्ये चार जनाको शव सनाखत भएको छ । पहिरोमा परी...

विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमण थप बढ्न सक्ने देखिएकाले विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरेको छ। केही महिनादेखि विद्यार्थी...

शुक्लाफाँटा नगरपालिकाको ७ नम्बर वडा कार्यालयमा आगजनी

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर ७ को वडा कार्यालयमा आगजनी भएको छ । अज्ञात समुहले गएराती जुडा कालापानी स्थित रहेको ७ नम्बर...

बागमति प्रदेशसभामा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि आजै छलफल हुने

हेटौडा । बागमति प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविशस प्रस्तावमाथि आजैबाट छलफल हुने भएको छ । प्रदेशसभाको सातौं अधिवेशन आज दिउँसो १ बजेदेखि पुनः सञ्चालन...

किसानलाई नसमेटेको भन्दै प्रदेश प्रमुख झाले फिर्ता गरे दुई अध्यादेश

जनकपुरधाम । प्रदेश २ सरकारबाट पेश भएका दुई अध्यादेश प्रदेश प्रमुख राजेश झा अहिराजले फिर्ता गरिदिएका छन् । प्रदेश सरकारले प्रमाणीकरणका लागि स्वास्थ्य सम्बन्धी...

लकडाउनमा आत्महत्याको घटनामा बृद्धि, सप्तरीमा थप २ जनाले गरे आत्महत्या

सप्तरी । लकडाउनका बेला सप्तरीमा एकै दिन दुई महिलाले आत्महत्या गरेको घटनाको दुई दिन नबित्दै फेरी दुई जनाले आत्महत्या गरेका छन् । पछिल्लो पटक बुधबार...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)