साझा पार्टीका प्रदेस सभा सदस्य शाक्यले दशैं भत्ता नलिने

काठमाडौं । साझा पार्टीको बागमती प्रदेश सभा सदस्य शोभा शाक्यले दशैं भक्ता फिर्ता गर्ने भएकी छिन् । कोभिड १९ को महामारीका कारण देश संकटमा परिरहेको र ठूलो संख्यामा नागरिक हातमुख जोर्न पनि नसक्ने अवस्थाबाट गुज्रिरहेको भन्दै उनले जनप्रतिनिधिहरूले दशैँ भत्ता लिनु कुनै पनि दृष्टिकोणबाट उपयुक्त नहुने बताएकी छिन् ।

मासिक तलब स्वतः खातामा आउने गर्दछ । बागमती प्रदेश सरकारले तलब सँगसँगै दशैँ भत्ता पनि सांसदहरूको खातामा दाखिल गरिसकेको छ । उनले विज्ञप्ती मार्फत भनेकी छिन् ‘मेरो खातामा आएको सो रकम मैले फिर्ता गर्ने जानकारी गराउन चाहन्छु । दशैँ खर्च बापतको सो रकम कोभिड १९ को स्वास्थ्य कोषमा दाखिला गर्न समेत हार्दिक अनुरोध गर्दछु ।’

साथसाथै, सबै सांसदहरूलाई दशैँ भत्ता फिर्ता गर्न र प्रदेश सरकारलाई सबै अनावश्यक खर्च कटौती गरी कोभिड १९ नियन्त्रण र उपचारमा लगाउन पनि उनले आग्रह गरेकी छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

भर्खरै

१० सचिवको सरुवा, कसलाई कहाँ पठाइयो ?

कुरी-कुरी