थप २९४२ जनामा कोरोना पुष्टि, उपत्यकामा १६९८ जना संक्रमित

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम

काठमाडौँ । पछिल्लो २४ घन्टामा देशभर २ हजार ९४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा १४ हजार ८७५ नमुना पिसिआर विधिबाट परीक्षण गरिएको थियो । नेपालमा कूल सङ्क्रमितको सङ्ख्या एक लाख ३२ हजार २४६ पुगेको छ । हालसम्म १२ लाख ८३ हजार ३५४ नमूनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ ।

त्यसैगरी पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा एक हजार ६९८ कोरोना पुष्टि भएको छ । काठमाडौँमा एक हजार ४६९, ललितपुरमा १३० र भक्तपुरमा ९९ नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ३४१ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा २ हजार ३२६ जना कोरोना मुक्त भएका छन् । यससँगै नेपालमा कोरोना मुक्त हुनेको सङ्ख्या ९२ हजार १६६ पुगेको छ । हाल चार हजार ८३१ सङ्क्रमित क्वारेन्टिनमा रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 175 times, 1 visits today)

epaper

ताजा समाचार

कार्यालयभित्रै मादक पदार्थ सेवन गरेको आरोपमा ३ कर्मचारीसहित ५ जना पक्राउ