गोकुल बास्कोटाको विषयमा गम्भिरता पूर्वक छानविन हुनुपर्छ : देव गुरुङ


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकरणले गम्भिर अवस्था ल्याएको भन्दै यसलाई दुःखद परिघट्नाको रुपमा चित्रण गरे । उनले भने,‘सरकार र राज्यको तर्फबाट यस विषयमा गम्भिरतापूर्वक छानबिन हुन्छ । छानबिन भएर कति घोटाला भएको हो या होईन ? के हो ? भन्ने विषयमा गम्भिरतापूर्वक छानबिन हुन्छ । र, दोषीउपर कानूनसम्मत ढंगले आवश्यक कारबाही प्रक्रिया पनि अघि बढ्नुपर्छ भन्ने लाग्छ ।’

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख सचेतक गुरुङले बाँस्कोटाको अडियो प्रकरणमात्रै अहिले बाहिर आएकोले यत्तिकै आधारमा कति दोषी हो ? भनेर एकिनका साथ भन्न नसकिने स्पष्ट पारे । उनले भने,‘तर, आशंकाका संकेतहरु देखिएका छन् । विस्तृत रुपमा यस’boutमा छानबिन गर्न आवश्यक छ ।’

सेक्युरिटी प्रिन्टिङ प्रेस जिटुजी अर्थात सरकार–सरकारबीच सम्झौता गरेर त्योसम्बन्धी खरिद गर्ने कुरा बुझिएको सुनाउँदै गुरुङले सरकारले ग्लोबल टेण्डरबिना कुनै कम्पनीसँग मात्रै सम्झौता गरेर खरिद गर्ने प्रक्रिया कति उपयुक्त वा अनुपयुक्त भन्दै यो नीतिगत रुपमा पनि पूर्नविचारको विषय भएको बताए ।

उनले भने,‘कानूनी रुपमा ग्लोबल टेण्डरको प्रक्रियाअनुसार जानुपर्ने थियो भन्ने देखिन्छ । तर, पनि कुनै एउटा सर्टेन कम्पनीसँगमात्रै एग्रिमेन्ट गरेर जाने खालको जुन ट्रेण्ड देखिरहेको छ, त्यसले पनि केही न केही प्रश्नहरु उठेको अवस्था हो । त्यही प्रश्नहरु उठेको हुनाले संसदको सार्वजनिक लेखा समितिमा यो छलफल भएको अवस्था हो । यो अहिले अध्ययनकै क्रममा छ । यही क्रममा यो अडियो प्रकरण अगाडि आएको छ ।’

नीतिगत कुरा संसदीय समितिले हेर्ने र निवर्तमान मन्त्री बाँस्कोटाबाट कति गल्ती वा भ्रष्टाचार भएको हो या होईन भन्ने कुरा चाहीँ कानूनी रुपमा हेर्ने वा छानबिन हुनुपर्ने उनको भनाई छ । उनले भने,‘कानूनी रुपमा मलाई लाग्छ अख्तियार दुरुपयोग अनुशन्धान आयोगकै प्रक्रियाबाट सायद सहज हुनेछ भन्ने लाग्छ । त्यो ढंगले आवश्यक छानबिन गरेर यस प्रकारका भ्रष्टाचारीसँग जोडिएका केशहरुको विरुद्धमा सरकार उत्रिएको छ, र कुनेपनि भ्रष्टाचारलाई छुट दिनुहुँदैन् भनेर सम्माननीय प्रधानमन्त्रीज्यूले भनिरहनुभएको छ। भ्रष्टाचार नियन्त्रण गर्ने कुरामा सरकार दृढ छ । त्यसलाई त्यही रुपमा अघि बढाउनुपर्छ । यो केशको सवालमा पनि उपयुक्त छानबिन गरेर दोषीउपर आवश्यक कारबाही प्रक्रिया अघि बढ्नेछ भन्ने कुरा म विश्वास दिलाउन चाहन्छु ।’

स्वाधिनतालाई केन्द्रमा राखेरी एमसीसीवारे छलफल हुन्छ

गुरुङले एमसीसीको विषयमा टिप्पणी गर्दै नेपालले आर्थिक सहायता लिने दिने यो चलिरहने प्रक्रिया भएको बताए । तर, एमसीसीमा गलत शर्तहरु थुपारिएको उनको भनाई छ । उनले भने,‘त्यसल गर्दा उही रुपमा यसलाई एक्सेप्ट गर्न नसकिने अवस्था छ ।’

उनले विभिन्न दस्तावेज र अमेरिकी अधिकारीहरुको भनाईले पनि एमसीसी चाहीँ ईण्डो प्यासिफिक स्ट्राटेजीकै अंग भएको कुरा पुष्टि गरेको सुनाए । तर, नेपाल कुनैपनि सैन्य गठबन्धनमा सहभागी हुन नसक्ने उनले स्पष्ट पारे ।

एमसीसी’bout नेकपाले कार्यदल गठन गरेर गम्भिर रुपमा छलफल गरेर रिपोर्ट तयार पारेर पार्टी नेतृत्वलाई प्रतिवेदनसमेत बुझाएको उनले जनाए । उनले भने,‘हिजोमात्रै कार्यदलले रिपोर्ट गरिसकेको छ । पार्टीमा यो प्रवेश हुनेछ । यस’boutमा गम्भिरतापूर्वक छलफल हुनेछ । आवश्यकताअनुसार कार्यदलको रिपोर्टपनि सार्वजनिक गर्नेछौं भनेर कुरा आएको छ ।’ उक्त सम्झौता’bout पार्टीले आवश्यक परिमार्जन गरेर नै अघि बढ्ने उनको भनाई छ ।

उनले भने,‘यसको मूल प्रश्न भनेको मुलुकको राष्ट्रिय स्वाधिनतालाई केन्द्रविन्दूमा राखेर आर्थिक विकाससम्बन्धी सहायताहरु लिनेदिने गर्ने हो । त्यसैले मेन विषय भनेको नै स्वाधिनताको पक्ष हो । यसलाई नै सेन्ट्रल पोईन्टमा राखेर निर्णय गर्ने हो भन्ने लाग्छ ।’ यस’boutमा पार्टीले उपयुक्त समयमा उपयुक्त ढंगले निर्णय गर्नेछ भन्नेमा आफू विश्वस्त रहेको उनको भनाई छ ।

उनले बहुदलीय लोकतान्त्रिक व्यवस्थामा पार्टीले के निर्णय गर्छ ? भन्ने कुरा नै प्रधान हुने सुनाए । गुरुङले थपे,‘सम्माननीय प्रधानमन्त्रीज्यूले सरकारको तर्फबाट बोल्ने कुरा एउटा पाटो हो, किन त भन्दाखेरि कुटनीतिक दृष्टिकोणले अघिल्ला सरकारले गरेका कुनैपनि सन्धि, सम्झौताहरुको सन्दर्भमा, कुटनीतिक मर्यादा र परम्पराको हिसाबमा पछिल्लो सरकार उत्तराधिकारी हुने भएको हुनाले सामान्य त्यसलाई निरन्तरता दिने प्रचलन हुन्छ ।’ एमसीसीको ’boutमा पार्टीले जे निर्णय गर्छ त्यही हुने उनले स्पष्ट पारे ।

तपाइको प्रतिक्रिया
(Visited 285 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शिक्षक आन्दोलनले शिक्षालाई ठुलो क्षति पुर्‍याउँछ: कांग्रेस महामन्त्री थापा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
खोटाङका दुई स्थानीय तहमा पहिलोपल्ट महिला नेतृत्व