Saturday, December 5, 2020
Home Editor-Picks सुरू भयाे काठमाडाैंमा खसीबोका बिक्री

सुरू भयाे काठमाडाैंमा खसीबोका बिक्री

काठमाडौं । सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैंका लागि खसीबोका बिक्री गर्ने भएको छ । कम्पनीले बिहान ८ बजेबाट थापाथलीस्थित कार्यालयबाट खसीबोका बिक्री गर्न लागेको हो । कम्पनीले खसीबोकाको प्रतिकेजी मूल्य ५ सय ६० रुपैयाँ निर्धारण गरेको छ । जसमा प्रतिकेजी १० रुपैयाँ छुट गरेर उपभोक्तालाई प्रतिकेजी ५ सय ५० रुपैयाँ बिक्री गर्ने कम्पनीले जानकारी गराएको छ ।

खाद्य व्यापार कम्पनीले बजार मूल्य नियन्त्रण गर्न दसैंमा खसीबोका र च्यांग्रा बिक्री गर्दै आएको छ । नेपालीको महान्चाड दसैंको समयमा निजी क्षेत्रले बजारमा मनपरी मूल्य लिएर उपभोक्ता नठगून् भन्ने उद्देश्यले सरकारी स्वामित्वमा रहेको कम्पनीले दसैं खसीबोका बिक्री गर्दै आएको हो ।

व्यापार कम्पनीले यो दसैंका लागि १ हजार ६ सय खसीबोका र १४ सय च्यांग्रा बिक्री गर्ने योजना बनाएको भएपनि १ हजार खसीबोका मात्र बिक्री गर्ने भएको छ ।

खाद्य व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले यो वर्षमा किसानको गोठमा नै च्याग्राको मूल्य महँगो पर्ने भएकाले यो दसैंमा कम्पनीले च्यांग्रा बिक्री गर्ने कार्यक्रम स्थगित गरेर खसीबोका मात्र बिक्री गर्ने बताइन् ।

सूचना अधिकारी सुवेदीले किसानको गोठमै प्रतिकेजी च्यांग्राका मूल्य ७ सय रुपैयाँभन्दा बढी पर्दा काठमाडौं आइपुग्दा धेरै नै महँगो पर्ने भएपनि कम्पनीले यो दसैंमा च्यांग्रा बिक्री गर्ने कार्यक्रम नै स्थगित गरेको बताइन् ।

सूचना अधिकारी सुवेदीका अनुसार कम्पनीले यो दसैका लागि ५ करोड ९९ लाख ८४ हजार रुपैयाँमा खासीबोका र च्यांग्र्रा ल्याउन बजेट छुट्याएको थियो । १६ सयवटा खसीबोका ल्याउने योजना बताएको थियो भने १४ सय च्याग्रा ल्याउने योजना बताएको थियो । १६ सयवटा खासीबोका ल्याउन २ करोड ६१ लाख २० हजार रुपैयाँ छुट्याएको थियो । यसैगरी, १४ सयवटा च्यांग्रा ल्याउन कम्पनीले ३ करोड ३८ लाख ६४ हजार रुपैयाँ बजेट छुट्याएको थियो ।

यो पनि पढ्नुहोस   कर्जा र बचतमा ब्याजदर बढ्ने

यसैगरी, गतवर्ष कम्पनीको दसैंका लागि कम्पनीले ५ करोड ५१ लाख ९२ हजारमा ३ हजार खसीबोका र च्यांग्रा ल्याएको थियो । ४ करोड ५१ लाख २ हजारमा च्यांग्रा ल्याएको थियो भने खसीबोका १ करोड ४६ लाख ८० हजार रुपैयाँमा ल्याएको थियो । गत वर्षको दसैका लागि कम्पनीले १८ सय च्यांग्रा र ११ सय खासीबोका ल्याएको थियो ।

थापाथलीस्थित कार्यालयका प्रमुख पवित्र गौतमले यसवर्ष दसैंका लागि खाद्य कम्पनीका १ हजार खसीबोका मात्र बिक्री गर्ने बताए । उनले दसैंमा कम्पनीको खसीबोका च्यांग्रा दुवै बिक्री गर्ने योजना भएपनि कम्पनीले च्यांग्रा ल्याउन नसकेपछि खसीबोका मात्र बिक्री गर्न लागेको बताए ।

१ हजार खसीबोकामध्येमा ४ सय ५ वटा खसीबोका काठमाडौंको थापाथलीस्थित कार्यालयमा आइपुगेको उनले बताए । बाँकीबाटोमा ल्याउने क्रम रहेको उनले बताए । उनले विभिन्न ठाउँका संकलन गरेर ल्याएका खसीबोकामध्ये अहिलेसम्म काठमाडौं आइपुगेका धेरैजस्तो खसी भएको बताए । ४ सय ५ वटामध्ये बोका जम्मा २० देखि २५ वटा मात्र रहेको बताए कार्यालय प्रमुख गौतमले बताए ।

(Visited 69 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

लहान । कोरोना सङ्क्रमणबाट सिरहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको...

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख नाघ्यो

नयाँदिल्ली । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जनाएको छ । भारतमा शुक्रबार थप ३६ हजार...

राष्ट्रिय गौरवका आयोजनाप्रति प्रधानमन्त्रीको गम्भीर चासो

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाको काम प्रभावकारी रूपमा सम्पन्न हुन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले काममा तीव्रता ल्याउन आफ्ना प्रतिनिधिमार्फत देशव्यापी अनुगमन थालेका छन् ।...

कर्जा र बचतमा ब्याजदर बढ्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्ने भएको छ । राष्ट्र बैंकले बचतको ब्याजदर धेरै तल झर्न नदिन मौद्रिक नीतिको समीक्षामार्फत व्यवस्था गरेकाले ब्याजदर...

‘नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड’

स्याङ्जा । स्याङ्जाका उद्योगी व्यवसायीले नेपालको एक मात्र नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड भएको बताएका छन् । नीजि क्षेत्रको समस्यामा सरकारले देखाएको उदासिनता प्रतिको...

साताका लोकप्रिय समाचार

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, नौ अर्बको कारोबार

काठमाडाैं ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार लगातार उकालो लागेको नेप्से...

कम्तीमा ४३ जना किसानको घाँटी रेटेर हत्या

माइदुगुरी । नाइजेरियाको उत्तरपूर्वी माइदुगुरी शहरमा शनिबार विद्रोही समूह बोको हरामले आक्रमण गरी कम्तीमा ४३ जना किसानको हत्या गरेका छन् । धान खेतमा काम...

पहुँचका आधारमा विकास हुँदैन, आवश्यकताका आधारमा हुन्छ : मन्त्री अर्याल

स्याङ्जा । भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले पहुँचका आधारमा विकास नहुने भन्दै आवश्यकताका आधारमा विकास हुने बताएकी छन् । सोमबार गल्याङ–१...

मौलापुरसहित रौतहटमा एकैसाथ ५ अस्पताल शिलान्यास

गौर । रौतहटको विभिन्न स्थानीय तहहरूमा एकैसाथ ५ वटा अस्पतालको शिलान्यास भएको छ । छनोट भएका ५, १० र १५ शय्याको आधारभूत अस्पताल निर्माणका लागि...

नेकपा संकट : अध्यक्षद्वय आरोप–प्रत्यारोपमै

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पार्टीभित्र देखिएको संकट र विवाद औपचारिक तथा अनौपचारिक छलफलमार्फत समाधान खोजिने गरी छलफल भएको छ...

ट्रेन्डिङ

‘मर्ने डर पनि छैन, बाँच्ने रहर पनि छैन ’

तुलसीपुर । मानिसहरुले खचाखच भरिएको हलकोठाबाट एक महिला जुरुक्क उठेर भनिन ‘हामीलाई लडाउने र मराउने दुईवटै सरकारमा छन ।...

काठमाडौँ उपत्यकामा एकैदिन ४१५ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा ४१५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा काठमाडौँमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जनामा...

अमन र झिन्तोङ पहिलो

काठमाडौं  ।  भारतका अमन दहिया र चीनकी झिन्तोङ झाव काठमाडौं आईटीएफ जुनियर जे– ५, २०२० टेनिस च्याम्पियनसिपको सर्किट १ मा शुक्रबार पहिलो भएका छन् । सिंगल्सको...

सार्वजनिक सवारीसाधन सञ्चालनको निर्णय भएको छैन : महासङ्घ

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सोमबारदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने विषयमा कुनै निर्णय भइनसकेको जनाएको छ । महासङ्घले यातायात व्यवस्था विभागसँग नियमित...

राष्ट्रियसभा बैठक : सहमति र सहकार्यका लागि आह्वान

काठमाडौँ । नवनिर्वाचित राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले समृद्ध नेपाल निर्माणको कार्यभार पूरा गरेर देखाउनुको कुनै विकल्प नभएको बताएका छन् । राष्ट्रियसभा सदस्यको पद तथा...

पिसाब फेर्ने बहानामा बाँकेको आईसोलेशनबाट कोरोना संक्रमित फरार

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–२ को श्रीमाध्यमिक विद्यालय जोगागाउँ आइसोलेशन सेन्टरमा बसेका कोरोना संक्रमित आईसोलेशन सेन्टरबाट भागेका छन् । नेपालगन्ज उपमहानगरपालिका १२ कोरियनपुरका ३५ वर्षिय...

नेकपा बिवादः बैठक बोलाउन गठन भयो ‘दबाब समुह’

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको आज बसेको अनौपचारिक बैठकले ‘दबाब समुह’ गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले...

चौरजहारीमा पुग्यो पिसिआर मेसिन

रुकुम पश्चिम । कोरोणा परीक्षणका लागि पिसिआर मेसिन चौरजहारी आइपुगेको छ । मेसिन चौरजहारी पुगेसंगै जडानको काम अहिले चलिरहेको छ । रुकुम पश्चिमको चौरजहारी...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बेथितिको विकासले ‘जलचर संकटमा’

दैलेख । संघीय राज्यपछि स्थानीय सरकारसँगै जथाभाबी खनिएका सडकले नागरिकलाई सुविस्ताभन्दा सास्ती खेप्नुपरेको छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी खनिएका सडकले वातावरणीय सन्तुलन बिग्रनुका...

कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

लहान । कोरोना सङ्क्रमणबाट सिरहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको...

राष्ट्रिय गौरवका आयोजनाप्रति प्रधानमन्त्रीको गम्भीर चासो

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाको काम प्रभावकारी रूपमा सम्पन्न हुन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले काममा तीव्रता ल्याउन आफ्ना प्रतिनिधिमार्फत देशव्यापी अनुगमन थालेका छन् ।...

हुम्लामा बिरामी बाेकेकाे जिप दुर्घटना, चारको मृत्यु सात घाइते

हुम्ला ।  हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु...

भर्खरै

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख नाघ्यो

नयाँदिल्ली । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जनाएको छ । भारतमा शुक्रबार थप ३६ हजार...

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । केहीबेरअघि बैठक शुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका...

‘नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड’

स्याङ्जा । स्याङ्जाका उद्योगी व्यवसायीले नेपालको एक मात्र नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड भएको बताएका छन् । नीजि क्षेत्रको समस्यामा सरकारले देखाएको उदासिनता प्रतिको...

बीरगञ्जमा नक्कली जग्गा प्रकरण : अग्रवाल पक्राउ

वीरगन्ज । नम्बरी जग्गाको नक्कली कागजात बनाएर ५० करोड मूल्य बराबरको जग्गा रजिष्ट्रेशन गराएको प्रकरणमा वीरगन्जका गिरधारीलाल अग्रवाल पक्राउ परेका छन् । उनलाई पर्सा...

धेरै पढिएका

आर्थिक सुशासनलाई कमजोर हुन नदेऊ

‘म पनि भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिने छैन’ भन्ने वर्तमान सरकारको मुख्य नारा थियो । प्रधानमन्त्री ओलीले आर्थिक सुशासनका लागि आफ्ना मन्त्रीहरूलाई...

जीवनरक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्नु हुँदैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण मानवजगत् सङ्कटमा रहेका अवस्थामा जीवनरक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्न नहुने बताएका छन् । कोभिड–१९ महामारीसम्बन्धी...

डीआइजी विश्वराज पोखरेल भावी आइजीपिका एक्ला उम्मेदवार !

काठमाडौं । सरकारले गत ३ मंसिरमा थप गरेको नेपाल प्रहरीको अतिरिक्त महानीरिक्षक (एआईजी) पदमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलको नाम सिफारिस भएको छ...

बिमा कम्पनीहरूको गैरजिम्मेवारीपन

पीसीआर परीक्षणपछि परीक्षणको प्रमाण लिएर बिमा कम्पनीकहाँ बिमा गरेका बिमितहरूलाई दाबी गरिएको रकम भुक्तानी दिनू भनी अर्थ मन्त्रालयले निर्देशन दिए पनि निर्देशित बिमा कम्पनीहरूले...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   वैदेशिक मुद्रा भण्डारण हालसम्मकै उच्च

श्रीलंका टापुबासीको मनमा बलेको त्यो उज्यालो…

(Visited 90 times, 1 visits today)