‘प्रधानमन्त्रीले आफ्नो उपचार सरकारी खर्चमा गर्ने, जनताको गर्दिन भन्ने ?’

काठमाडौं । कोरोना भाइरस संक्रमित नागरिकले उपचार खर्च आफै ब्यहोर्नु पर्ने सरकारको पछिल्लो निर्णयको साझा पार्टीले भर्तसना गरेको छ ।

हरेक नागरिकले आधारभूत स्वास्थ्य सेवा राज्यबाट निःशुल्क पाउने संविधानको मौलिक हकको व्यवस्था र सर्वोच्च अदालतको हालैको परमादेश समेत विरुद्धको यस्तो निर्णय तत्काल सच्याउन साझा पार्टी सरकारलाई आह्वान गरेको छ ।

‘वर्षौँदेखि नेपाल तथा विदेशमा गरिएको आफ्नो उपचारमा राज्यकोषबाट पटक, पटक करोडौँ खर्च गरेका प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेको सरकार महाव्याधिका बेला नागरिकको उपचार खर्च राज्यले धान्न सक्दैन भन्नेजस्तो असंवेदनशील र गैह्रजिम्मेवारपूर्ण तर्क गरेर आफ्नो संवैधानिक दायित्वबाट कसरी भाग्न सक्छ ?’ विज्ञप्ती मार्फत साझा पार्टीले प्रश्न गरेको छ ।

सीमित दल र नेतालाई फेरी चुनाव जिताउने गरी सांसदलाई अरबौँ रकम सरकारले बाँडेको भन्दै साझा पार्टीले सत्ता निकट आसेपासेलाई उपचार खर्चका नाममा रकम लुटाउन सरकार उदार रहेको आरोप लगाउदै विज्ञप्तीमा भनिएको छ ‘ राज्यलाई अरबौँ अरबको क्षति पुग्ने गरी बिचौलियासँगको साँठगाँठ र भ्रष्टाचारमा सरकार उन्मत्त छ ।’

विपन्नहरू कामविहीन बनेका बेला, श्रमिकहरूले रोजगारी गुमाइरहेका बेला अन्य कयौँ देशमा सरकारले विशेष राहतको व्यवस्था गरिरहेको स्मरण गराउदै नेपालमा चाहिँ राजधानीमै दैनिक सयौँ मानिसहरूलाई परोपकारी व्यक्ति र संस्थाहरूले खाना खुवाइरहेको समेत स्मरण गराएको छ । राष्ट्रिय संकटका बेला सरकारको यस्तो अभिव्यक्ति राष्ट्रिय लज्जाको विषय भएको टिप्पणी गरेको छ ।

भ्यु टावर नबनाउ

‘हामी फेरी भन्छौँः राष्ट्रपति र प्रधानमन्त्रीदेखि सांसदसम्मको तलब सुविधामा उल्लेख्य कटौती गर । सांसद विकास कोष बन्द गर ।’ विज्ञप्तीमा भनिएको छ ‘सार्वजनिक खर्च पुनरावलोकन आयोगको सुझाव मानेर केही मन्त्रालयसहित अनावश्यक सयौँ संरचना तत्काल खारेज गरी सार्वजनिक खर्च कटौती गर ।’ भ्यु टावर निर्माणदेखि अनुत्पादक संरचनाहरूमा छुट्याईएका बजेट रोक्का गर्न र सबै बचेको रकम कोरोना नियन्त्रण र उपचारमा खर्च गर्न आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 232 times, 1 visits today)

epaper

ताजा समाचार

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?