नवलपुर । नेकपा अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी कुनै बाइबल नभएकाले यसलाई परिमार्जन गर्न सकिने बताएका छन् ।
पुर्वी नवलरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालयको भवन उद्घाटन गर्न नवलपुर आएका प्रचण्डले प्रेस संगठन नेपालले शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा यस्तो बताएका हुन् ।
यो सम्झौता कुनै धार्मिक ग्रन्थ होईन भन्दै उनले फेरबदल गर्न सकिने भएकाले यसलाई राष्ट्रको हितमा हुने गरी परिमार्जन गरिने धारणा राखे । नेकपाको कार्यदलले दिएको सुझाव’bout उनले भने ‘प्रधानमन्त्री र मैले छलफल गरेका छौं परिमार्जन सहित पारित हुनेछ ।’
पाटी भित्र केही आन्तरिक समस्या भएपनि यसले छिटो भन्दा छिटो निकास पाउने दाहलको भनाई छ । पुर्व प्रधानमन्त्री समेत रहेका नेता दाहालले सरकारको राम्रो कामको विषयमा प्रचार नहुनु र ढिलो हुन गएका केही बिकास निमार्ण र नितीगत कुरालाई मात्र प्रचारबाजी बढी भएको गुनासो गरे ।






