प्रधानमन्त्री ओलीकै घरबाट कमिशनको सेटिङ : डा.बाबुराम भट्टराई


पोखरा । समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीकै घरबाट कमिशनको सेटिङ हुने गरेको आरोप लगाएका छन् ।

समाजवादी पार्टीको संगठन बिस्तार तथा सुदृढीकरण अभियान उद्घाटन तथा जनसंगठनहरु समायोजन कार्यक्रमको शनिबार पर्वतमा उद्घाटन गर्दै अध्यक्ष भट्टराईले ओली सरकारका सुचना तथा संचार मन्त्री एवम प्रवक्ता, ओलीका प्रिय पात्र गोकुल बास्कोटाले ओलीकै घरमा बसेर सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका ’boutमा ७० करोड कमिशनको डिलिङ गरेको दावी गरे ।

‘कमिशन सेटिङको अडियो बाहिरिएपछि हाल राजीनामा दिएका प्रम ओलीका प्रिय गोकुल बास्कोटा ओलीकै घरमा बस्छन भनेको सुनेको छु, तर मैले आफ्नै आँखाले भने देखेको छैन’ पुर्वप्रधानमन्त्री भट्टराईको भनाई थियो ।

बास्कोटाको कमिशन सेटिङको अडियोको ’boutमा प्रधानमन्त्रीलाई दुई महिना अघि नै थाहा भएर पनि चुप लागेर बस्नु कमिशनको खेलमा ओलीको संग्लनता भएको डा.भट्टराईले आशंका व्यक्त गरे । ‘बास्कोटा एक्लैले यो आँट गरेका छैनन, घटनामा प्रधानमन्त्री ओली चोखो छैनन ।’ उनले भने ।

प्रधानमन्त्री ओली आफैँ भ्रष्टाचारको फोहोरको गन्हाउने थुप्रोमा बसेर सुशासन र समृद्धि आउदैन भन्दै उनले भ्रष्टचार अन्त्यका लागि समाजवादी आन्दोलन जरुरी रहेको दावी गरे ।

काँग्रेस पनि उस्तै भएकाले प्रमुख प्रतिपक्षी भएकाले भ्रष्टाचारबिरुद्ध बोल्न नसकेको भन्दै भएकाले आन्दोलनको अगुवाई समाजवादी पार्टीले गर्नुपर्ने बताए ।

‘यस्तै यस्तै घटनाहरुले दुई तिहाइ बहुमत प्राप्त नेकपा ओरालो बाटो लागेको भन्दै उनले अबको वैकल्पिक शक्ति समाजवादी पार्टी मात्र भएकोे दाबी गरे ।

तपाइको प्रतिक्रिया
(Visited 131 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकार गठन गर्न एमाले र कांग्रेस गठबन्धनद्वारा छुटाछुटै कसरत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९