धोनी २ सय म्याच खेल्ने पहिलो क्रिकेटर

भारतीय क्रिकेट टोलीका सर्वाधिक सफल पूर्वकप्तान तथा चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा नयाँ रेकर्ड बनाएका छन् । आईपीएलका पहिलो संस्करण सन् २००८ देखि चेन्नाई सुपर किंग्सबाट आईपीएल खेलेका धोनीले सोमबार राति राजस्थान रोयल्सविरुद्ध खेल्दै २०० औं म्याच पूरा गरेका हुन् ।

३९ वर्षीय धोनी आईपीएलमा २ सय म्याच खेल्ने पहिलो क्रिकेटर बनेका छन् । धोनी चेन्नाईका साथै आईपीएलमा राइजिङ पुणे सुपरजायन्टबाट पनि खेलेका थिए । राइजिङ पुणेमा पनि धोनी कप्तान नै रहेका थिए । चेन्नई प्रतिबन्धमा परेपछि धोनीले राइजिङ पुणेबाट खेलेका थिए । उनीभन्दा पछि सर्वाधिक आईपीएल खेल्ने खेलाडीको सूचीमा भरातीय तथा मुम्बई इन्डियन्सका रोहित शर्मा छन् ।

रोहितले अहिलेसम्म १९७ म्याच खेलेका छन् । रोहित मुम्बई इन्डियन्सका कप्तान हुन् । सर्वाधिक खेल्नेमा तेस्रो स्थानमा रहेका सुरेश रैनाले आईपीएलमा १९३ म्याच खेलेका छन् । चेन्नईकै रैना यो सिजन आईपीएल नै खेलेका छैनन् । घरायसी कारण देखाउँदै उनी आईपीएलका लागि दुबई पुगे पनि फर्किएका थिए । यसैगरी रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहलीले अहिलेसम्म १८६ म्याच खेलेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 493 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढी : पर्यटन क्षेत्रमा ५२ अर्ब रुपैयाँभन्दा बढीको क्षति