३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं ।  पछिल्लाे २४ घण्टामा नेपालमा ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार २ सय ५५ को पीसीआर गर्दा आज ३ हजार ६ सय ३७ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये १ हजार ५ सय ५२ जना काठमाडौं उपत्यकाका हुन् ।

योसहित संक्रमितको कुल संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ । त्यस्तै, आज ३ हजार २ सय १६ संक्रमित उपचारपछि निको भएका छन् । योसँगै निको हुनेको संख्या १ लाख २ हजार ८ सय २० पुगेको छ । बिहीबार २१ संक्रमितको मृत्यु भएको छ । योसहित मृतकको कुल संख्या ८ सय १२ पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 219 times, 1 visits today)

epaper

ताजा समाचार

दीपक भट्टलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश