कोरोना सङ्क्रमणबाट महिलाको मृत्यु

सांकेतिक तस्वीर

जनकपुर । जनकपुरमा गएराति कोरोना सङ्क्रमणबाट ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ ।

जनकपुर उपमहानगरपालिका–१ बस्ने ति महिलाको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा गएराति मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित निर्देशक विजयकुमार झाले जानकारी गराउनुभएको छ । एकाएक ज्वरोका साथै श्वास प्रश्वासमा कठिनाइ भएपछि ति महिलालाई शुक्रवार बिहान सो प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । उहाँको श्वाबको सोही दिन परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

ति महिला उच्च रक्तचाप, मधुमेह र दमरोगबाट पीडित रहेको निमित निर्देशक झाले बताउनुभयो ।

तपाइको प्रतिक्रिया
(Visited 155 times, 1 visits today)

epaper

ताजा समाचार

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान