रियलसँग बार्सिलोना पराजित

म्याड्रिड । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलको एल क्लासिको भिडन्तमा रियल मड्रिडले बार्सिलोनालाई ३-१ गोल अन्तरले पराजित गरेको छ । क्याम्पनाउमा भएको सिजनको पहिलो भिड्न्तमा रियलले बार्सिलोनालाई पराजित गरेको हो ।

रियललाई जित दिलाउन फेड्रिको भालभर्डे, सर्जियो रामोस र लुका मोड्रिचले एक-एक गोल गरे । बार्सिलोनाका अन्सु फातीले एक गोल फर्काए । खेलको पाँचौ मिनेटमा फेड्रिकोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर, नवौं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा ल्याएका हुन् ।

खेलको ६३ औं मिनेटमा कप्तान रामोसले पेनाल्टी गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए । यस गोलसँगै फाती एल क्लासिकोमा गोल गर्ने सर्वाधिक कम उमेरका खेलाडी बनेका छन् । फातीले १७ वर्षको उमेरमा गोल गरेका हुन् । बार्सिलोनाका लेग्लेटले पेनाल्टी क्षेत्रमा रामोसलाई फउल गरेपछि रियलले पाएको पेनाल्टीको अवसरमा रामोसले गोल गरेका हुन् ।

खेलको ९० औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई ३-१ को सहज जित दिलाए । जितसँगै रियल लिगको शीर्ष स्थानमा उक्लिएको छ । रियलले ६ खेलमा १३ अंक जोडेको छ । रियलको यो चौंथो जित हो । बार्सिलोनाको भने यो दोस्रो हार हो । ५ खेलमा ७ अंक जोडेको बार्सिलोना दशौं स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 183 times, 1 visits today)

epaper

ताजा समाचार

आज गाईजात्रा पर्व मनाइँदै