सरकारी अस्पतालमा संक्रमितले ५० हजारसम्म धरौटी राख्नुपर्ने

काठमाडौं । कोरोना भाइरस संक्रमितको उपचारका लागि सरकारी अस्पतालमा धरौटी नै ५० हजारसम्म राख्नुपर्ने भएको छ । सरकारले निःशुल्क उपचार नगर्ने घोषणा गरेलगत्तै नीजिका साथै सरकारी अस्पतालले पनि धरौटी र उपचार खर्च माग्न थालेका हुन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि कोरोना संक्रमितको उपचारका लागि दैनिक शुल्क तोक्नुका साथै धरौटी माग्न थालेको छ । अस्पतालले सुचना जारी जटिल अवस्थाका बिरामीले दैनिक १५ हजारसम्म उपचार खर्च तिर्नुका साथै ५० हजारसम्म धरौटी राख्नुपर्ने जनाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार कार्तिक १४ गतेबाट संक्रमितको उपचार शुल्क लिने निर्णय गरेको अस्पतालले जनाएको छ । अस्पतालले आइसीयू र भेन्टिलेटर चाहिने गम्भीर विरामीका लागि ५० हजार धरौटी र दैनिक १५ हजार उपचार खर्च लाग्ने जनाएको छ ।

सघन उपचार कक्षमा मात्रै राख्नुपर्ने जटिल र मध्यम जटिललाई दैनिक ७ हजार ५ सय उपचार खर्च र ३० हजार धरौटी राख्नुपर्ने सूचनामा उल्लेख छ । ग्यास्ट्रो आइसोलेसनमा राखिने मध्यम जटिलका लागि दैनिक ३५ सय उपचार खर्च र २० हजार धरौटी रकम अस्पतालले मागेको छ ।

सरकारी मापदण्डमा पर्ने गरिब तथा असहायहरुका लागि उपचार खर्चमा १० प्रतिशतदेखि शत प्रतिशतसम्म छुट दिन सकिने अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 245 times, 1 visits today)

epaper

ताजा समाचार

गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा