गुल्मीको इस्मामा अन्तराष्ट्रिय फुटबल रङ्गशाला निर्माण हुँदै

गुल्मी । राज्यले खेलकुदमा लगानी नगरेको गुनासो आइरहेका बेला गुल्मीमा भने रङ्गशाला निर्माणको पहिलो चरणको काम सम्पन्न भएको छ । इस्मा गाउँपालिका ६ अमरपुरस्थित बुल्म चौरमा नेपालकै प्रथम शहिद लखन थापाको नामबाट रङ्गशालाको निर्माण थालिएको हो । ‘शहिद लखन थापा स्मृती रङ्गशाला’ मा अहिलेसम्म पर्खाल लगाउने, फुटबल ग्राउण्ड तयार गर्ने, दुवो रोप्नेलगायतका काम भएका छन् ।

नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषदमार्फत अहिले रङ्गशालाको पहिलो चरणको काम सम्पन्न भएको हो । रङ्गशाला निर्माणको लागि आ.व. ०७४÷०७५ मा उपभोक्तामार्फत १८ लाख र ०७५÷७६ मा दुई करोड ८० लाख खर्च भएको छ । अब दोस्रो चरणमा आवश्यक भौतिक संरचनाको कामको लागि राष्ट्रिय खेलकुद परिषद्ले टेन्डरको आह्वान गरिसकेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिए ।

ग्राउण्डमा रोपिएको दुवोलाई सिँचाईको लागि चार किलोमिटर टाढाबाट पानी ल्याइएको छ । कुल १०५ मिटर लम्बाई तथा ६८ मिटर चौडाई रहेको फुटबल मैदान १५ हजार दर्शक अटाउने क्षमताको छ । फुटबल मैदानलाई मदन भण्डारी राजमार्गले छोएको छ । वरिपरी विपन्न तथा कुमाल बस्ती, इस्मा गाउँपालिकाको सेरामिक्स, धुर्कोट गाउँपालिका वस्तुमा रहेको विचित्र गुफा पनि खेलकुद मैदानको नजिकै पर्दछन् । गाउँमै अन्तराष्ट्रिय रङ्गशाला निर्माण आफुहरु पनि खुसी भएको स्थानीय बोमलाल भण्डारीले बताए । ‘रङ्गशाला निर्माणपछि आर्थिक विकासका थुप्रै ढोका खुल्नेछन् ।’ उनले भने, ‘सकेसम्म छिटो समय भए हन्थ्यो ।’

तपाइको प्रतिक्रिया
(Visited 440 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजाबादी आन्दोलनमा २ को मृत्यु २ घाइतेको अवस्था चिन्ताजनक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनमा सहमति हुन सकेन, कैलालीमा सवै दलको उम्मेदवारी दर्ता