भारतीय सेनाध्यक्षलाई मानार्थ महारथी उपाधि

काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरिएको छ । नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा सो उपाधि प्रदान गरेकी हुन् । यो उपाधि पाउने रनवणे भारतीय सेनाका १८औं प्रमुख हुन् ।

विगत सात दशकदेखि दुई मुलुकका सेनाबीच एक अर्काका सेना प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा रही आएकामा सेनाध्यक्ष नरवणेलाई सो सम्मान प्रदान गरिएको नेपाली सेनाले जनाएको छ ।

सो समारोहमा नरवणेलाई खड्ग तथा सनदपत्रसमेत प्रदान गरिएको थियो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, भारतीय राजदूत विनय मोहन क्वात्रा र दुवै मुलकका वरिष्ठ अधिकारीहरू सहभागी थिए ।

यो उपाधि पहिलो पटक सन् १९५० मा तत्कालीन भारतीय सेना प्रमुख सेनापति जनरल केएम करिअप्पालाई प्रदान गरिएको थियो ।

गत वर्ष भारतका राष्ट्रपति रामनाथ कोविन्दले नेपाली सेनाका प्रधानसेनापति थापालाई समेत भारतीय सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरेका थिए । नयाँ दिल्लीमा आयोजित एक समारोहमा थापालाई सो सम्मान प्रदान गरिएको थियो ।

राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता
उपाधि प्रदानपछि नरवणेले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा भारतीय सेनाध्यक्ष नरवणेले आफूलाई दिइएको सम्मानप्रति विशेष आभार प्रकट गर्दै द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

सैन्य सहकार्य प्रस्ताव
त्यसअघि नरवणेले नेपाल र भारतको सैन्य सहकार्य’bout समकक्षी थापासँग भेटवार्ता गरेका थिए । बिहीबार बिहान जंगी अड्डामा भएको भेटवार्तामा नरवणे र प्रधानसेनापति थापाबीच दुई देशका सेनाबीचको सम्बन्ध तथा द्विपक्षीय रक्षा सहकार्य विस्तार गर्ने’bout छलफल भएको थियो ।

सो क्रममा नेपाली सेनाका वरिष्ठ अधिकारीले भारतीय सेना प्रमुख नरवणेसमक्ष नेपाली सेनाको इतिहास र वर्तमान भूमिका’bout प्रस्तुतीकरण गरेका थिए । प्रधानसेनापति थापाको निमन्त्रणामा तीन दिने भ्रमणका लागि उनी बुधबार काठमाडौं आएका हुन् ।

नरवणेले उपाधि ग्रहणपछि भारतीय दूतावास पुगी राजनीतिक दलका नेता, अन्य उच्च अधिकारी, पूर्व जनरलसँग पनि भेटवार्ता गरेका छन् ।

आज पनि भेटघाट
भारतीय सेनाध्यक्ष नरवणेले आज (शुक्रबार) प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । यस्तै राजनीतिक दलका केही नेतासँग समेत उनले भेटघाटलाई निरन्तरता दिनेछन् । शुक्रबार नै उनले शिवपुरी स्टाफ कलेजमा अध्ययनरत सैन्य अधिकारीलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

सहयोग हस्तान्तरण
भारत सरकारका तर्फबाट जनरल नरवणेले नेपाली सेनाका दुई फिल्ड अस्पताललाई एक्स–रे मेसिन, कम्प्युटेड रेडियोग्राफी सिस्टम, आईसीयू भेन्टिलेटर, भिडियो इन्डोस्कोपी युनिट, एनेस्थेसिया मेसिन, ल्याब उपकरण, एम्बुलेन्सलगायतका स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।

कोभिड–१९ महामारी विरुद्धको लडाइँमा अझ सघाउ पु¥याउन नेपाली सेनालाई थप भेन्टिलेटर पनि उपहारस्वरूप प्रदान गरेको भारतीय दूतावासले जनाएको छ ।

सो क्रममा नेपाली सेनाका तर्फबाट प्रधानसेनापति थापाले पनि भारतीय सेनाका लागि नेपालमै निर्मित १ लाख थान मेडिकल मास्क र शान्तिको प्रतीक भगवान् गौतम बुद्धको प्रतिमा हस्तान्तरण गरेका थिए ।

नरवणेले बिहीबार बिहान सैनिक मञ्चको वीर स्मारकमा पुष्पगुच्छा चढाई वीर शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए भने अन्य विशिष्ट सैनिक पाहुनासरह जंगी अड्डा प्रांगणमा ओखरको बिरुवा रोपेका थिए । उनी तीन दिने औपचारिक भ्रमण सकेर आजै स्वदेश फर्किने कार्यक्रम छ ।

तपाइको प्रतिक्रिया
(Visited 196 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपा सभापति लामिछानेको मुद्दाको सुनुवाइ स्थगित