मुम्बई । बलिउड कलाकार मिलिन्द सोमनले हालै न्युड फोटो सुट गरे । उनले आफ्नो जन्मदिनको अवसरमा उक्त तस्विर खिचाएका थिए । समुन्द्रको किनारमा नाङ्गै दौडिएर उनले पोज दिएका थिए । उनले सोही तस्विर सामाजिक सञ्जालमा शेयर गर्दै लेखे ‘ह्याप्पी बर्थ डे टु मी’ सोही तस्विरका कारण उनी सामाजिक सञ्जालमा ट्रोल बने । तर, बलिउडमा न्युड तस्विर खिचाउने उनी पहिलो होइनन् । अरु पनि छन् ।
शर्लिन चोपडा : सामाजिक सञ्जालमा सक्रिय शर्लिन चोपडाको इन्स्टाग्राममा अहिले पनि थुप्रै बोल्ड तस्बिर भेटिन्छ । उनी प्लेब्वाई म्यागजिनमा न्युड तस्विर छपाउने पहिलो भारतीय कलाकार हुन् । उनले चलचित्र कामसुत्र थ्री डीका लागि न्युड फोटो सुट गराएकी थिइन् । ति तस्विर सार्वजनिक भएपछि उनी विवादमा परेकी थिइन् ।
लिजा हेडेन : अभिनयको प्रभाव छाडन नसकेको आरोपको सामना गरेकी लिजा हेडेनले एक फिल्मको प्रमोशनका लागि न्युड फोटो सुट गराएकी थिइन् ।
इशा गुप्ता : एक क्याम्यिनका लागि न्युड फोटो सुट गराएकी इशा गुप्ताले पनि इन्स्टाग्राममा बोल्ड तस्विर सार्वजनिक गर्छिन् । उनी पनि न्युड तस्विर खिचाएपछि विवादमा आएकी थिइन् ।
सन्नी लियोनी : पूर्व पोर्नस्टार सन्नी लियोनीले बलिउड प्रवेश गरेपछि पेटाको सोशल क्याम्पियनका लागि न्युड फोटो शुट गराएकी थिइन् ।
आमिर खान : मिष्टर पर्फेक्टनिष्ट भनिने आमिर खानले चलचित्र पिकेको पोष्टरका लागि न्युड फोटो सुट गराएका थिए । रेलको लिगमा उभिएर उनले न्युड पोज दिएका थिए । उनले रोडियोले आफ्ना संवेदनशील अंग छोपेका थिए ।