नेपाली टोली ढाकामा

काठमाडौं । बंगलादेशसँगको दुई मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बिहीबार ढाका प्रस्थान गरेको छ । ३४ सदस्यीय नेपाली टोली हिमालयन एयरलाइन्समार्फत ढाका प्रस्थान गरेको हो । नेपालले १३ र १७ नोभेम्बरमा ढाकाको बंगबन्धु रंगशालामा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

त्यसअघि नेपाली टोली करिब एक साता होटेलमा क्वारेन्टिनमा बस्नेछ । कोरोना परिक्षणपछि नेपाली टोलीले प्रशिक्षणको मौका पाउनेछ । सिनियर खेलाडी घाइते र केही खेलाडीलाई कोरोना पुष्टि भएपछि यसपटक ८ नयाँ खेलाडीले राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले १२ कात्तिकबाट प्रशिक्षण थालेको थियो । ३५ जनालाई बन्द प्रशिक्षणमा ढाकिँदा दुई चरणमा सात जनामा कोरोना पोजेटिभ देखिएको थियो । बंगलादेश जाने टोलीमा २५ खेलाडी र ९ जना अफिसियल तथा पदाधिकारी छन् ।

टोलीका मुख्य सदस्य रोहित चन्द चोटका कारण टोलीमा समावेश छैनन् । यस्तै, अन्य ७ खेलाडी कोरोनाका कारण टोलीमा रहने छैनन् । नेपाली टोलीलाई बुधबार राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव रमेश सिलवाल, अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङलगायतले बिदाइ गरेका थिए ।

मुख्य प्रशिक्षक योहान कालिनको अनुपस्थितिमा टोलीको प्रशिक्षणको जिम्मेवारी बालगोपाल महर्जनले सम्हालेका छन् । प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपिङ प्रशिक्षकमा विकास मल्ल रहेका छन् । टिम व्यवस्थापकमा कृष्णभक्त मानन्धर छन् । फिजियोमा आविस्कार पुडासैनी र सहायक फिजियोमा रोशन पुडासैनी छन् । टिम डक्टरमा प्रविन श्रेष्ठ र एन्फा मिडिया अफिसरमा विवेक सुवेदी र अर्का पत्रकार मुक्तिबाबु रेग्मी पनि छन् ।

नेपाली टोली : अजित भण्डारी, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, बिमल राना, बिशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्ताम, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपकोटी, रञ्जित धिमाल, रवि पासवान, सरोज दाहाल, सेसेहाङ आङदेम्वे, सुभास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ

तपाइको प्रतिक्रिया
(Visited 170 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको शहिदनगरमा जसपाका मेयर निर्वाचित