Sunday, May 9, 2021
Home Exclusive श्रमिक भिसामा नेपालीलाई जापान पठाउने सम्झौता अलपत्र

श्रमिक भिसामा नेपालीलाई जापान पठाउने सम्झौता अलपत्र

अब नयाँ मोडलमा पठाउने सरकारको तयारी

,

काठमाडौं । यसअघि सरकार र जापानबीच कामदार भिसामा नेपालीलाई जापान पठाउने दुई पक्षीय सम्झौता अलपत्र परेको छ । विगत तीन वर्षअघि जापानकालागि कामदार भिसामा नेपाली पठाउने दुई पक्षीय सम्झौता भएको थियो । सो सम्झौता हालसम्म कार्यान्वयनमा आउन नसकेका कारण अहिले सरकार पुनः नयाँ मोडलमा पठाउने तयारीमा जुटेको छ ।

जसकालागि श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हाल पुनः नयाँ मोडलमा नेपाली कामदार पठाउने विषयमा छलफल गरिरहेको छ । श्रम मन्त्रालयका सचिव तोयम रायले आगामी एकसाता भित्रमा कामदार पठाउने नयाँ मोडलकाबारेमा एकिन टुंगो लगाउने गरी गृहकार्य थालिएको बताए । जसकालागि सम्बन्धीत सरोकारवालापक्षसँगको व्यापक झलफल एवं राय सुझावका आधारमा हाल बनाइएको नयाँ मोडलमा नेपालबाट कामदार वैदेशिक रोजगार विभाग मार्फत नै पठाउने र जापानमा निजी क्षेत्रबाट एजेन्टको रुपमा राख्ने गरी छलफल भइरहेको मन्त्रालयले जनाएको छ ।

यस्तो नयाँ मोडल अनुसार अब एजेन्टले त्यहाँका कम्पनीहरुबाट ‘डिमाण्ड’ ल्याउने र प्रमाणीकरणको काम समेत गर्ने छ । जापानमा रहेको दूतावासका कर्मचारीहरुले मात्र यी सबै काम नभ्याउने भएकाले सहयोगीको रुपमा एजेण्ट राख्ने तयारी भएको उनले जानकारी गराए । यस विषयमा सहमति भएमा सन् २०२० भित्रै केही नेपाली कामदार जापानमा जान पाउने छन् । तर, अहिलेसम्म जापानले कति कामदार लिने भनेर वास्तविक तथ्याङक नदिएकै कारण जापानिज् भाषा परीक्षा उत्तिर्ण गरेका करिब ३ सय जना नेपालीलाई पठाउन समस्या भएको मन्त्रालयले जनाएको छ ।

श्रम सचिव रायले अहिले यस विषयमा जापान सरकारसँग पनि छलफल भइरहेकाले केही साताभित्र नयाँ निर्णय आउने जानकारी दिए । यसअघि सन् २०१९ को अप्रिल महिनादेखि नै ‘सरकार टु सरकार’ मार्फत नेपाली कामदार जापान लैजाने घोषणा गरेको थियो । सो घोषणाको झण्डै एकवर्ष वितिसक्दा पनि अझै जापानले नेपाली कामदार लैजान सकेको छैन । जापान फाउण्डेशनले लिएको भाषा परीक्षामा सन् २०१९ मा जम्मा १७ जना मात्र उत्तीर्ण भएका थिए ।

जापान सरकारले नेपाल सहित विभिन्न ९ वटा देशबाट १४ प्रकारका कामका लागि कामदार भित्राउने निर्णय गरेको थियो

तीनवर्ष अघि दुई देशबीच मुलुकको श्रम व्यवस्थापनकालागि झष्ट हेर्दा निकै उत्साहजनक सम्झौता भए पनि कुन प्रक्रियाबाट कामदार पठाउने भन्ने मोडेल टुंगो नलगाई तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले सम्झौता गरेका थिए । सम्झौता भएको लामो समयसम्म पनि नेपाली कामदार जापान जान नपाएपछि त्यहाँ जान जापानीज् भाषा परिक्षा उत्तीर्ण गरेका विद्यार्थीहरु थप अन्योलमा परेका छन् ।

त्यसबेला कामदार लिने र दिने विषयमा दुवै देसका सरकारबीच सम्झौता भएपनि नेपालबाट कसले पठाउने र जापानमा गएपछि कसले ‘रिसिभ’ गर्ने भन्ने विषयमा कुनै टुङ्गो लागेको थिएन । सोही अन्योलका कारण विगत तीनवार्ष अघिको सम्झौता अहिलेसम्म कार्यान्वयनमा ल्याउन नसकि अलपत्र परेको हो । यसैबीच केही समयअघि श्रम, रोजगार तथा सामाजिक सूरक्षामन्त्री रामेश्वर राय यादवले जापानमा कामदार पठाउने जिम्मा निजी क्षेत्रलाई दिने गरी समन्वय गरेका थिए । त्यसमा पनि अहिलेसम्म कुनै सहमति हुन नसकेका कारण सरकार पुनः नयाँ मोडलको तयारीमा जुटेको हो ।

नेपाली नागरिकलाई एसएसडब्लु प्रणाली जापान रोजगारीमा पठाउने गरि सन् २०१९९ को मार्चमा नेपाल सरकार र जापान सरकारबीच भएको समझदारीमा उल्लेख भएको व्यवस्था अनुसार नै प्रक्रिया अघि बढेको मन्त्रालयले जनाएको छ । सो समझदारीमा पनि जापानिज भाषा उत्तिण गरेको र सम्बन्धीत कार्यक्षत्रको सीप परिक्षण प्रमाणपत्र प्राप्त व्यक्तिहरु मात्र सहभागी हुन पाउने दुई मुख्य सर्तहरु रहेका थिए ।

सोही अनुरुप यि दुबै परिक्षा जापान सरकारकै तर्फबाट छनोट भएको जापान फाउण्डेसनले मात्र गरिरहेको मन्त्रालयले स्पष्ट्र पारेको छ । त्यसबेला पहिलोपटक कामदारको रुपमा नेपाली जान पाउनेगरि भएको समझदारीमा जापान सरकारले नेपाल सहित विभिन्न ९ वटा देशबाट १४ प्रकारका कामका लागि कामदार भित्राउने निर्णय गरेको थियो । सोही समझदारी अनुसार जापानले कामदार लैजान लागेका मध्ये दक्षिण एसियाबाट नेपाल मात्र हो ।

आगामी एकसाता भित्रमा कामदार पठाउने नयाँ मोडलकाबारेमा टुंगो लगाउने गरी गृहकार्य थालिएको

जापानले कृषि, नर्सिङ केयर गिभर, सवारीसाधन मर्मतसम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग क्षेत्रमा दक्षता हाँसिल गरेका नेपाली कामदार लैजान लागेको हो । अहिलेसम्म सरकारले अघि बढाएको यो प्रयास कार्यान्वयनमा आयो भने जापान जाने श्रमिकले खाद्य र पेय पदार्थ उत्पादन, आवास उद्योग, मेसिनरी उद्योग, माछापालन व्यवसाय, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक, इलेक्ट्रोनिक र सूचना प्रविधि उद्योग, बिल्डिङ सरसफाइ व्यवस्थापन, विमान र विमानका पार्टपुर्जा उद्योग एवं हवाई क्षेत्रमा अवसर पाउने छन् ।

पछिल्लो समय जापानले नेपाल गायत विभिन्न मुलुकबाट विद्यार्थी भिसामा काम गर्ने आप्रवासी कामदारलाई नै कामदारका रुपमा सिफ्ट गरेर अवसर दिने तयारी गरेको छ । हाल जापानमा नर्सिङ, सरसफाइ, होटल र रेस्टुरेन्टमा तुलनात्मक रूपमा बढी अवसर पाइनेछ । यस्तो प्रक्रिया अनुसार जापान जानका लागि ‘एनफोर तह’ को भाषा परीक्षा उत्तीर्ण गर्नुपर्छ । केयर गिभरकालागि वृद्ववृद्वासँग प्रत्यक्ष संवादमा रहनुपर्ने भएकाले व्यवहारिक रूपमा ‘एन थ्री तह’को भाषा आवस्यक हुन सक्ने जापानी अधिकारीले बताउँदै आएका छन् ।

यस नयाँ मोडल अनुसार जापानीज् भाषा र सीप सिकेर जाने नेपाली कामदारले जापानी नागरिक सरहकै सेवा सुविधा पाउने छन् । हाल जापानमा यस्तो काम गर्नेहरुले प्रति महिना करिब २ लाख २५ हजार रुपौयाँ भन्दा धेरै पारिश्रमिक पाईरहेका छन । सीप वा सम्बन्धित कार्य क्षेत्रमा अनुभवी कामदार बढीमा ५ वर्षसम्म जापानमा बस्न पाउनेछन् । तर, दोस्रो वर्गका कामदारका लागि उच्च तहको सीप आवश्यक पर्छ । त्यस्ता कामदारको कार्यविधि थप हुनुका साथै परिवारका सदस्यलाई समेत जापान लैजान पाउनेछन् । जापानले विदेशी कामदारलाई अभिमुखीकरण, भाषा, स्वास्थ्य सेवा र काम परिवर्तन गर्न पाउने सुविधा समेत दिएको छ ।

(Visited 130 times, 1 visits today)
Loading comments...

आजको समाचार

कविता : मेरो चाहना

मान्छेले हिँड्ने बाटाहरू धेरै छन् घुम्ती र मोडहरू धेरै छन् तर, म चाहन्छु हर परस्थितिमा म सत्यकै बाटोमा हिँड्न सकू“ मान्छेले गाउने गीतहरू धेरै छन् संगीत र धूनहरू धेरै छन् तर,...

पालिकाले संचालन गरेको अस्पतालबाट सात बर्षिय बालक कोरोना जितेर घर फर्किए

गुल्मी । मदाने गाउँपालिकाले संचालन गरेको कोभिड–१९ अस्पतालबाट सात बर्षिया बालकले कोरोना जितेका छन् । मदाने गाउँपालिका– १ अग्लुङका सात बर्षिया बालक राजेश राउतले...

ज्वरोमा हेलचेक्र्याइँ नगरौं

निजी प्रयोगशालामा कोरोना नेगेटिभ देखिएका काठमाडांैका ११ वर्षीय एक बालक ज्वरो, झाडापखालापछि शिथिल अवस्थामा कान्ति बालअस्पतालको पीआईसीयूमा भर्ना भए तथापि पुन पीसीआर गर्दा पोजेटिभ...

कांग्रेस रणनीति : ओलीलाई रोक्ने, चुनाव आफैं गराउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने र आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएर चुनाव गराउने रणनीति अख्तियार गरेको...

साताका लोकप्रिय समाचार

राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दर्ता आज, रामबहादुर थापाको उम्मेदवारी अझै टुंगो लागेन

काठमाडौं । वाग्मती प्रदेशमा रिक्त हुन पुगेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि शुक्रबार उम्मेदवारी मनोनयन हुँदै छ । निर्वाचन आयोगका अनुसार प्रदेश राजधानी हेटौंडामा...

बढेको तलब गत साउनदेखि नै नपाए आन्दोलनमा उत्रने ट्रेड युनियनको चेतावनी

काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)ले सरकारले वृद्धि गरेको तलब चालू आर्थिक वर्षको सुरु (गत १ साउन)देखि नै नपाए आन्दोलनमा उत्रने चेतावनी...

राष्ट्रियसभा उपनिर्वाचनमा बादल एमालेकै नेपाल समूहका डा. देवकाटासँग भिड्नुपर्ने, देवकोटालाई कांग्रेस, माओवादी र जसपाको साथ

काठमाडौं । आगामी ६ जेठमा हुने राष्ट्रियसभाको रिक्त एक सिटका लागि एमालेका दुई नेताबीच भिडन्त हुने भएको छ । केपी शर्मा ओली नेतृत्वको नेकपा...

राष्ट्रपतिद्वारा तेजाब र संवैधानिक परिषद्सहित सात अध्यादेश जारी

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ लगायत सात अध्यादेश जारी गरेकी छिन् । राष्ट्रपति भण्डारीले नेपालको...

ट्रेन्डिङ

राहत दिएकाे तस्बीर नखिच्न नेकपाको निर्देशन

पाँचथर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाँचथरले सङ्घीय सरकारले तय गरेको मापदण्डअनुसार लकडाउन प्रभावितलाई एकद्वार प्रणालीबाट राहत दिन तथा राहत दिइएको तस्बीर नलिन निर्देशन...

स्थानीय स्वास्थ्य सेवा सुधार गर

स्थानीय सरकार निर्माण भएपछि पनि कालिकोटका जनताले नियमित स्वास्थ्यसेवा पाउन सकिरहेका छैनन् । महिना दिनमा १५ र २८ गते जम्मा दुईदिने विशेष स्वास्थ्य सेवा...

चन्द्रागिरिमा बालिका बलात्कार गर्ने पक्राउ

काठमाडौं । प्रहरीले एक बालिकालाई बलात्कार गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका–२ बसुण्डोलमा १४ वर्षीय बालिकालाई...

कोरोना डेडिकेटेड अस्पताल : न आवश्यक भेन्टिलेटर, न पर्याप्त आईसीयू

धनगढी । सुदूरपश्चिम प्रदेशको कैलालीमा तीन र कञ्चनपुरमा एक गरी चार जना कोरोना संक्रमित देखिइसकेका छन् । संक्रमित चारै जनाको अहिले सेती प्रादेशिक अस्पतालमा...

गोर्खा ब्रुअरीद्वारा जनस्वास्थ्यमा गम्भीर खेलबाड

काठमाडौं । गोर्खा बु्रअरीले मापदण्ड नपु-याई विभिन्न ब्रान्डका बियर उत्पादन गरी जनस्वास्थ्यमा गम्भीर खेलबाड गरिरहेको पाइएको छ । खेतान समूहद्वारा सञ्चालित तथा गोर्खा ब्रुुअरीद्वारा...

‘संसद् जीवन्त र जनमुखी बनाऔं’

काठमाडौं । संघीय संसद् र प्रदेशसभा सञ्चालनसम्बन्धी संघ र प्रदेशका सभामुख तथा उपसभामुखहरूले संसद्लाई जीवन्त र जनमुखी बनाउने निष्कर्ष निकालेका छन् । सातै प्रदेशका सभामुख,...

सेमेडो वल्भ्समा

लन्डन । क्याटलान क्लब बार्सिलोनाका पोर्चुगिज डिफेन्डर नेसल्स सेमेडो इंग्लिस प्रिमियर लिग क्लब वल्भ्समा अनुबन्धित भएको छ । वल्भ्सले २६ वर्षीय राइट ब्याकलाई ३७...

जुम्लामा दोस्रो पटक हिमपात, स्याउ र ओखर खेती गर्ने खुसी

जुम्ला । कर्णालीका हिमाली जिल्लामा वर्षा सँगै हिमपात भएको छ । हुम्ला,मुगु,डोल्पा सँगै जुम्लामा पनि सोमबार बिहान ३ बजेबाट करिव ६ बजे सम्म लगातार...

कपिलवस्तुमा महिलामाथि तेजाब प्रहार

चन्द्रौटा । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका– १ महाराजगञ्जमा एक महिलामाथि तेजाब प्रहार गरिएको छ । तेजाब प्रहारबाट ५१ वर्षीया बेदमतीदेवी गुप्ता घाइते भएकी छन् ।...

ईन्डो हस्पिटल टी २० नक आउट क्रिकेट प्रतियोगिता माघ २४ गतेदेखि हुने

कलैया । बाराको प्रसौनी गाँउपालिकाको वडा नम्बर २ प्रसौनी फिल्डमा नेपाल ईन्डो हस्पिटल टी टुवेन्टी नक आउट क्रिकेट प्रतियोगिता माघ २४ गतेदेखि शुरु हुने...

तोलामा ४०० ले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ । छापावाला सुन तोलामा रु ४०० ले वृद्धि भई रु ९२ हजार...

बजेटमा के प-यो ? के छुट्यो ?

आगामी आर्थिक वर्ष २०७७-७८ को बजेट जारी भएको छ । यस बजेटका गुणदोषमाथि जत्ति नै माथापच्चीसा गरे पनि यही बजेट संसद्बाट पारित भई कार्यान्वयनमा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)