सुदूरपश्चिमबाट वरिष्ठ उपाध्यक्षमा ढकाल प्यानललाई साथ

कैलाली । सुदूरपश्चिम प्रदेशका सबैजसो जिल्ला अध्यक्षले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल र जिल्ला नगरतर्फका उपाध्यक्ष गुणनिधि तिवारीलाई जिताउने बताएका छन् ।

कैलालीको धनगढीमा आयोजित कार्यक्रममा ३० भन्दाबढी जिल्लाका नगर अध्यक्षले समर्थन गर्दै जिल्ला नगरका उद्योगी व्यवसायीका समस्या समाधानका निम्ति पनि अबको निर्वाचनमा चन्द्रप्रसाद ढकाल प्यानललाई मतदान गरी जिताउनुको विकल्प नरहेको बताए । उनीहरूले महासंघका आफ्ना साथीहरू कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारी र महासंघका केन्द्रीय सदस्य किशोर आचार्यको सवारी दुर्घटनापश्चात् ढकालले दिनरात खटिएर गरेको उद्धारको प्रशंसा गर्दै अबका दिनमा जिल्लानगरका समस्या सम्बोधनका लागि पनि ढकाल प्यानललाई जिताउने बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष शंकर बोगटीले आफू अशुद्ध हुने जिल्लानगरका साथीलाई समस्या पर्दा फोन नउठाउने, स्विच अफ गर्ने अनि अहिले शुद्धीकरणको नारा लिएर हिड्ने ? भनेर व्यंग्य प्रहार गरे ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व लिने व्यक्ति स्टेक होल्डर हुनुपर्ने र आफू त्यसका लागि तयार रहेको बताए । आफूले पनि जिल्लास्तरमा शून्यबाट व्यापार व्यवसाय सुरु गर्दै अहिले एक कर्पोरेट हाउसको रूपमा स्थापित हुन सफल भएको जानकारी दिँदै सो क्रममा आफूलाई जिल्ला नगरका साथीहरूको हरेक समस्या थाहा भएको र त्यसलाई समाधान गर्न पहल गर्ने प्रतिबद्धता जाहेर गरे ।

कार्यक्रममा जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधि तिवारीले यसअघि सो पदमा वस्तुगत वा एसोसिएट्तर्फका साथीहरूलाई जिताउँदा आफूहरूले धोका पाएको बताउँदै अब जिल्ला नगरबाटै प्रतिनिधित्व गर्ने व्यक्तिलाई उपाध्यक्षमा जिताउन अपिल गरेका थिए ।

‘अहिले पनि महासंघको विधानमा जिल्लानगरको मतभार ५० प्रतिशत रहेको छ तर त्यसअनुरूप अधिकार दिइएको छैन,’ उनले भने, ‘अबका दिनमा जिल्लानगर परिषद्लाई सशक्त बनाएर महासंघभित्र हामी जिल्ला नगरका उद्योगी व्यवसायीको अधिकार स्थापित गराउन पनि यसपटकको निर्वाचनमा मैले उम्मेदवारी दिएको हुँ ।’

कार्यक्रममा विभिन्न ३० जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्षका साथै कर्णाली प्रदेशकै राजापुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार रेग्मी, दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिंह ठगुन्ना, बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्द, कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्ल, डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष लोकराज भट्ट, अछाम उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र कठायत, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर, टिकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीलगायतले जिल्ला नगरका समस्या समाधान गर्न पनि अबको आसन्न निर्वाचनका ढकाल प्यानललाई जिताउनुको विकल्प नरहेको बताएका थिए । कार्यक्रममा महासंघका केन्द्रीय सदस्य डीबी बस्नेत तथा महासंघका कोषाध्यक्ष निरक केसीले समेत अहिलेको अवस्थामा सबै पक्षको मिश्रण भएको समावेशी टिम ढकाल प्यानल रहेको भन्दै मतदान गरी विजयी गराउन आग्रह गरेका थिए ।

यसैगरी, कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर राउत, मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमल बुढा, बाजुरा उद्योग वाणिज्य संघका अध्यक्ष देवबहादुर रोकाया, अछाम उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र कठायत, रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष पहलबहादुर खड्का, गुलरिया उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर चौधरी, जुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष रज्जब अलि मनिहार, चन्द्रौटा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष जम्सेद अलि, नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारी, गैंडाकोट उद्योग वाणिज्य संघमा अध्यक्ष अमृत भट्टचन, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष ताराप्रसाद घिमिरे, काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर, धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्री, थाहानगर उद्योग वणिज्य संघका अध्यक्ष कविराज खत्रीलगायत ३० भन्दा बढी जिल्ला अध्यक्षको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 165 times, 1 visits today)

epaper

ताजा समाचार

संसदमा अब दोहोरिने छैन ‘जबरा नियति’