कोरोनाभाइरसको सन्त्रास: इटलीका एक दर्जन सहर बन्द

रोम । युरोपमै सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमितहरू फेला परेपछि इटलीले प्रकोप नियन्त्रण गर्न असाधारण उपाय अपनाउने भएको छ । कोभिड–१९ का बिरामीहरूको संख्या ७९ पुगेपछि इटालीका प्रधानमन्त्री जुजेपे कोन्टेले आपत‌कालीन योजना घोषणा गरेका हुन् ।

इटालीमा कोरोना भाइरसका कारण २ जनाको मृत्यु भएपछि इटालीले सो घोषणा गरेको हो । योजना अन्तर्गत उत्तरी क्षेत्रका लोम्बार्डी र भेनेटोका एक दर्जन सहरहरूलाई क्वारेन्टाइनको अवस्थामा राखिएको छ । ती सहरहरूका झन्डै ५० हजार मानिसहरूलाई घरभित्रै रहन निर्देशन दिइएको छ ।

प्रधानमन्त्री कोन्टेले सो सहरहरूमा प्रवेश गर्न वा त्यहाँबाट निस्कन विशेष अनुमतिविना निधेष गरिएको छ । त्यहाँ सबै विद्यालय र खेलकुद गतिविधिहरू निलम्बन गरिएको छ । आइतवार इटालियन सिरी ए का केही फुटबल खेल हुने तालिका थियो । तर कोरोना भाइरसको संक्रमण फैलिएपछि सिरी एका खेलहरू समेत स्थगित गरिएका छन् ।

प्रहरी र आवश्यक परे सशस्त्र प्रहरी ती नियमहरू पालना गराउन परिचालित गरिने बताइएको छ । इटलीका अधिकारीहरूले कोरोनाभाइरस फैलिएको र यस्ता उपायविना नियन्त्रण गर्न नसकिने बताएका छन् । ‘यो भाइरस सर्ने सम्भावना निकै धेरै छ,’ लाम्बार्डीका स्वास्थ्य प्रमुखले बताए । चीनको हुबे प्रान्तमा गत वर्ष सुरू भएको कोरोनाभाइरस–२६ देशमा फैलिसकेको छ र चीनबाहिर १ हजार ४ सय भन्दा बढी संक्रमित भएका छन् भने ११ जनाको मृत्यु भइसकेको छ ।

चीनका स्वास्थ्य अधिकारीहरूका अनुसार शनिवार कोरोना भाइरसको नयाँ संक्रमण देखिने र मृत्यु हुनेको संख्या घटेको छ । कोरोना भाइरसका कारण हालसम्म ७८ हजार ८२३ पुगेको छ भने २ हजार ४६२ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमण भएर उपचारपछि २३ हजार ३५५ संक्रमणमुक्त बनेका छन् ।

दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस संक्रमण पुष्टि भएका मानिसको संक्रमण दुईगुणा भएको अधिकारीहरूले बताएका छन् । शुक्रबारयता थप २ सय २९ जनामा कोभिड–१९ गराउने भाइरसको संक्रमण भएको पुष्टि भएको छ । योसँगै कुल ४ सय ३३ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ ।

दक्षिण कोरियामा दुईको मृत्यु, ५ सय ५६ जना संक्रमित
यसैबीच दक्षिण कोरियामा प्राणघातक कोरोना भाइरसको संक्रमण तीव्ररूपमा फैलिएको पाइएको छ । केहीदिनदेखि संक्रमितहरूको संख्या बढ्दै गएकोमा शनिबार थप १२३ जनामा सङ्क्रमण देखिएको छ । कोरियामा योसँगै कुल सङ्क्रमितको सङ्ख्या ५५६ पुगेको छ ।

त्यसैगरी मृत्यु हुनेको सङ्ख्यामा पनि दुई जना थपिएर चार जनाको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् । मृत्यु भएका चार जनामध्ये एक पुरुषको चेङ्दुस्थित अस्पतालमा मृत्यु भएको हो । देशको दक्षिणी क्षेत्रमा पर्ने सो सहरमा रहेको अस्पतालमा अरु १ सय जना विरामी रहेका छन् ।

पछिल्लो समयमा भेटिएका सङ्क्रमितमध्ये ७५ जना अर्को दक्षिणी सहर डाएगुमा रहेको शिन्चेन्जी इसाई चर्चमा भेटिएका हुन् । कोरियाली प्रकोप नियन्त्रण तथा रोकथाम केन्द्रले दिएको जानकारीअनुसार चर्चमा सहभागी भएका मध्ये सयौँलाई कोरोना सङ्क्रमण भएको छ । चर्चमा पहिलो सङ्क्रमण यही फेब्रुअरी १० तारिखका दिन ६१ बर्षीया एक महिलामा देखिएको थियो । त्यही नै पछि फैलिँंदै गएको अधिकारीले जनाएका छन् । कोरियाको डाएगु सहर देशकै चौथो ठूलो शहर मानिन्छ जहाँ २५ लाख मानिस बस्छन् ।

यसैबीच दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले कोरोना भाइरस नियन्त्रणका लागि देशभरी सबैभन्दा उच्च सतर्कता अपनाइएको बताएका छन् । सङ्क्रमित हुनेको सङ्ख्या एकाएक अत्यधिक तीब्र गतिमा बढ्न थालेपछि सतर्कता बढाइएको उनले जानकारी दिए ।

आगामी केही दिन सङ्क्रमणकालीन अवस्था रहने भएकाले नियन्त्रण तथा उपचारमा पर्याप्त ध्यान दिनुपर्ने उनको भनाइ छ । राष्ट्रपति मुनले भाइरस नियन्त्रणका लागि अपनाउनुपर्ने उपायका ’boutमा छलफल तथा तयारी भइरहेको पनि जानकारी दिए । उनले भने, ‘सरकारले भाइरस नियन्त्रणका लागि पर्याप्त गृहकार्य र सतर्कता अपनाएको छ, ती सबै काम विज्ञको सुझावका आधारमा गरिएको छ ।’

जापानी पानीजहाजमा आएका तेस्रो यात्रुको मृत्यु
डायमण्ड प्रिन्सेस नामक एक पानी जहाजमा जापान पुगेका थप एक कोरोना भाइरस संक्रमितको आइतबार मृत्यु भएको छ । यो सँगै कोरोना भाइरस संक्रमित सो जहाजका तेस्रो यात्रुको मृत्यू भएको छ भने आइतबारको यो घटनासँगै जापानमा कोरोना भाइरसका संक्रमणका कारण मृत्यु हुने व्यक्तिको संख्या चार पुगेको छ ।

सो जहाजमा आएका र कोरोना भाइरसको संक्रमण पुष्टि भएका दुई अन्य वृद्धको बिहीबार मृत्यु भएको थियो । पानी जहाजमा जापानी सहर योकोहामा पुगेका ८० वसन्त पार गरेका एक जापानीको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको जापानी स्वास्थ्य मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गरी पुष्टि गरेको छ । उनी कोरोना भाइरसको संक्रमणभन्दा पहिले अन्य रोगबाट समेत विरामी रहेका बताइएको छ ।

ती वयोवृद्ध व्यक्तिलाई संक्रमणको पुष्टिपछि स्थानीय एक अस्पतालमा छुट्टै राखी उपचार भइरहेको थियो । मन्त्रालयले ती तीनै जनाको मृत्युको कारण निमोनिया भएको बताएको छ तर ती तीनै जनामा कोरोना भाइरसको संक्रमण भने यस अघि नै पुष्टि भैसकेको थियो ।

डायमण्ड प्रिन्सेसमा आएका ती यात्रुमध्ये ६०० जनाभन्दा बढीमा कोरोनाको संक्रमण पुष्टि भएको र दर्जनौंको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ । एशियाली सो मुलुकमा कूल ८ सय ब्यक्तिभन्दा बढीमा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकारका सचिव र विभागीय प्रमुखलाई अख्तियारको ‘वार्निङ’

कुरी-कुरी