अमेरिकी राष्ट्रपतिमा बाइडनको जित

न्युयोर्क । डेमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेदवार जो बाइडनले मंगलबार भएको चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ट ट्रम्पलाई हराएका छन् । अब बाइडन अमेरिकाको ४६औं राष्ट्रपति बन्ने भएका छन् ।
बीबीसीका अनुसार महŒवपूर्ण मानिएको पेन्सिल्भेनिया राज्यमा बाइडनले ठूलो जित हासिल गरेका छन् । सो जितपछि उनले ह्वाइट हाउस प्रवेशका लागि आवश्यक २७० इलेक्टोरल कलेज भोटको आँकडा पूरा गरेका हुन् । अमेरिकी राष्ट्रपति निर्वाचनबाट ५३८ इलेक्टोरल कलेज प्रतिनिधि छानिन्छन् । उनी जनवरी २०२१ मा राष्ट्रपति बन्नेछन् । अमेरिकी इतिहासमा बाइडेन सबैभन्दा ज्येष्ठ राष्ट्रपति बन्नेछन् । उनी ७७ वर्षका छन् ।
त्यसैगरी कमला हारिस पहिलो महिला उपराष्ट्रपति बन्नेछिन् । बाइडनले अन्य तीन राज्यमा पनि अग्रता हासिल गरिरहेका छन् । सन् १९०० पछि सबैभन्दा बढी भोट खसेको बताइएको छ । अहिलेसम्म बाइडनले ७ करोडभन्दा बढी मत प्राप्त गरेका छन् । कुनै पनि अमेरिकी राष्ट्रपतिलाई यति धेरै भोट प्राप्त भएको थिएन । बाइडन आफ्नो जितका लागि विश्वस्त देखिएका थिए ।
सन् २०१६ मा डोनाल्ट ट्रम्प विजयी हुँदै राष्ट्रपति बनेका थिए । उनी यसपटक पनि जित हुनेमा विश्वस्त देखिन्थे । सन् २०१६ मा तीन महŒवपूर्ण राज्य भिस्कान्सिन, मिचिगन र पेन्सिलभेनियामा ट्रम्पले ७० हजार भोटले जितेका थिए । यसपटक उनको हारको कारण यी राज्य नै रहे । अमेरिकामा ५० राज्य छन् । प्रत्येक राज्यमा इलेक्टोरल कलेज भोटको संख्या कति राख्ने भन्ने विषय जनसंख्याका आधारमा तय हुन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 360 times, 1 visits today)

epaper

ताजा समाचार

जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छः मन्त्री गौतम