काठमाडौं । पुराना कम्युनिष्ट नेता मोहनचन्द्र अधिकारीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षले पार्टीमा फुट आउने स्थिति ल्याउन नहुने बताएका छन् ।
पार्टी फुटेमा नेपालको विकास र स्थिरतामा खतरा उत्पन्न हुने जनाउँदै नेता अधिकारीले एकताका लागि पहल गर्नुस् भन्ने आफ्नो सन्देश अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुनाइदिन आग्रह गरेका छन् । नेकपाका केन्द्रीय सदस्य एवं शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठसंगको भेटमा अधिकारीले सो आग्रह गरे ।
मन्त्री श्रेष्ठले नेता अधिकारीको भनाइको सम्मान गर्दै फुटबाट कसैको हित नहुने जनाए । मन्त्री श्रेष्ठ आज नेता अधिकारीलाई भेट्न उनको निवास पुरानो नैकाप पुगेका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 218 times, 1 visits today)






