तिहारमा तीन दिन बैंकका सवै शाखा बन्द हुने

काठमाडौं  । नेपाल बैंकर्स संघले तिहारमा ३ दिन बैंकहरुका सबै शाखाहरु बन्द हुने जनाएको छ । हरेक दिन कोभिड संक्रमित कर्मचारी बढिरहेको सन्दर्भमा संघले तिहारकाे बिदाका बेला शाखा कार्यालय समेत बन्द गर्ने निर्णय गरेको हो । संघले कात्तिक २९ देखि मंसिर १ गतेसम्म बिदा दिने बताएको छ ।

डिजिटल बैंकिङ सेवा निरन्तर हुनेछ । साथै, एटीएम सेवा पनि सञ्चालन हुनेछ । संक्रमणबाट जोगिन सर्वसाधारणलाई डिजिटल बैंकिङको प्रयोग गर्न पनि अपिल गरेको छ । संघका अनुसार, वाणिज्य बैंकहरुका करिब ६ हजार कर्मचारी संक्रमित छन् । यसअघि दशैंमा पनि बैंकहरुले ५ दिन बिदा दिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 206 times, 1 visits today)

epaper

ताजा समाचार

प्रतिनिधि सभा बैठक विपक्षीद्वारा अवरोध