कोकरसिङ युवा क्लबलाई नगरस्तरीय फुटबल उपाधि

बाह्रबिसे । विजया दशमी तथा शुभ दिपावलीको अवसरमा सिन्धुपाल्चोक क्षेत्रीय प्रथम गाती सेभेन ए साइड खुला फुटबल प्रतियोगीताको उपाधि स्थानीय कोकरसिङ युवा क्लब भोटेकोशीले जितेको छ ।

स्थानीय गाती युथ क्लबले आयोजना गरेको फुटबल प्रतियोगिताको फाइनल खेलको निर्धारीत समयमा दुवै पक्षबाट गोल नभएपछि खेल पेनाल्टी सुट आउटको आधारमा निर्णय भएको थियो । पेनाल्टी सुट आउटमा कोकरसिङ युवा क्लब विजेता भएकोथियो । नयाँ बाटो टोल सुधार समिति राम्चे प्रतियोगीतामा उपविजेता घोषीत भएको थियो ।

फुटबल प्रतियोगीतामा बाह्रविसे नगरपालिका भित्रका २१ टिमको सहभागीता रहेको थियो । बाह्रविसे नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको फुटबल प्रतियोगीतामा वडा नम्बर ५ र ६ ले पनि सहयोग गरेका थिए । त्यस्तै सुन्दर नेपाल कनट्रक्सनले पनि २० हजार सहयोग गरेको क्लबका सल्लाहकार सुप्पा श्रेष्ठले जानकारी दिए ।

प्रतियोगीतामा प्रथम हुने टिमले नगद ७० हजारसहित ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए भने उपविजेता क्लबले नगद ३० हजार ट्रफी,मेडल र प्रमाण प्राप्त गरेका थिए भने तृतिय हुने ले नगद १५ हजार सहित हजार ट्रफी,मेडल र प्रमाण प्राप्त गरेका थिए । विजयी क्लब तथा खेलाडीहरुलाई बाह्रविसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले पुरस्कार वितरण गरेका थिए ।

नगरपालिकाको सहयोगमा यो वर्ष मात्रै फुटबल मैदान निर्माण सम्पन्न भएपछि फुटबल प्रतियोगीताको आयोजना गरिएको थियो । बाह्रविसे नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि छिटै नगर स्तरी खेलकुद विकास समिति गठन गर्न लागेको मेयर शेर्पाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 206 times, 1 visits today)

epaper

ताजा समाचार

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान