बागलुङमा नगदसहित जुवाडे पक्राउ

बागलुङका विभिन्न स्थानबाट १६ जना जुवाडे पक्राउ गरेका छन् । आइतबार राति बागलुङ नगरपालिका–६ भान्सा र सोही वडाको ठूलढुङ्गामा जुवातास खेलिरहेका अवस्थामा नगदसहित उनीहरु पक्राउ परेका हुन् ।

बागलुङ नगरपालिका–६ ठूलढुङगाका तिलकबहादुर थापाको घरबाट ६७ हजार सात सय नगदसहित आठ जना पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा सोही ठाउँका दिलबहादुर थापा, झकबहादुर थापा, यमबहादुर थापा, धनबहादुर थापा, तिलक थापा, दलबहादुर थापा, तीर्थबहादुर थापा र दिलबहादुर छन्त्याल छन् ।

यसैगरी बागलुङ नगरपालिका–६ भान्साका शिव केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेको बागलुङका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताउनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा सोही ठाउँका राजन सापकोटा, कुलबहादुर केसी, मानबहादुर केसी, रामकृष्ण सापकोटा, दिपक सापकोटा, इश्वर केसी, सागर केसी र दिपेश सापकोटा छन् ।

उनीहरुको साथबाट ८५ हजार ६८० नगदसहित केही थान ताससमेत बरामद गरेको प्रहरी नायव उपरीक्षक रेग्मीले बताउनुभयो । पक्राउ परेका सबैलाई कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइएको पनि उहाँले बताउनुभयो ।

तपाइको प्रतिक्रिया
(Visited 162 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्वस्तिक छापको विषयमा विवाद भएपछि भरतपुरको मतगणना स्थगित