बैतडीमा कक्षा ११ को परीक्षा सञ्चालन

बैतडी । बैतडीका बिभिन्न बिद्यालयमा कक्षा ११ को परीक्षा बुधबारदेखि सञ्चालन भएको छ । गत जेठ महिनामै सम्पन्न हुनुपर्ने शैक्षिक सत्र २०७६ को परीक्षा अहिले सञ्चालन हुन लागेको हो । कोरोना भाइरसको प्रकोपका कारण सञ्चालन हुन नसकेको उक्त परीक्षा अहिले ढिलो गरी सञ्चालन भएको मणिलेक माध्यमिक बिद्यालय गुरुखोलाका प्रधानाध्यापक केशबदत्त भट्टले बताए ।

अहिले कक्षा ११ को परीक्षा बिद्यालयले नै सञ्चालन गर्ने भएपछि केहि बिद्यालयले गत महिनामा परीक्षा सम्पन्न गरिसकेकाछन् भने, धेरैजसो बिद्यालयले आजदेखी परीक्षा सञ्चालन गरेका हुन् । यहि मंसिर ८ भित्र परिक्षा सम्पन्न गरिसक्नुपर्ने परिपत्र आए अनुसार आफुहरुले आजदेखी परीक्षा सञ्चालन गरेको मणिलेक माबिका प्रधानाध्यापक भट्टले बताए । ्

यस्तै बाशुदेब माबी लिस्कीटा, नेपाल राष्ट्रिय माबि ग्वानी, कुलौन माबि दुर्गाभवानी, सनातन धर्म मावि श्रीकोट लगायतका बिद्यालयमा परिक्षा सञ्चालन भैरहेको उनले बताए । यसैबिच कक्षा ११ को प्रश्नपत्र समेत यसपालि बिद्यालयलेनै तयार गरेकाछन् । कक्षा ११ को सन्दर्भमा अबदेखि बिद्यालयले नै परीक्षा सम्पन्न गर्ने छ भने, कक्षा १२ मा मात्रै बोर्ड परीक्षा हुने बताइएको छ ।

कक्षा ११ को परीक्षा बिद्यालयले नै सञ्चालन गरेपनि परिक्षाको गुणस्तर भने नखस्किने शिक्षा बिकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्र अवस्थीले बताए । बिद्यार्थीका हरेक क्रियाकलाप शिक्षकहरुलाई थाहा हुने भएकाले परीक्षा गुणस्तरिय नै हुने उनले बताए । यसपाली कक्षा ११ मा पनि एसइइ परीक्षाको जस्तै परीक्षा सम्पन्न गरी अंक पठाइने दशरथचन्द नगरपालिकाका शिक्षा साखा प्रमुख मोहा नाथले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 247 times, 1 visits today)

epaper

ताजा समाचार

जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?