Monday, June 21, 2021
Home भर्खरै उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न

उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न

,

जनकपुरधाम। आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले आज यहाँ उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ ।

व्रतालु यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर र अरगजालगायतका पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दूर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अघ्र्य अर्पण गरेका थिए । अर्धमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेँडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन रहेको छ । सूर्यलाई दिइने अघ्र्यमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ ।

कोरोना सङ्क्रमणको त्रास भए पनि छठका अवसरमा बेहुलीझैँ सिङ्गारिएका पोखरी र तलाउमा नवबस्त्रमा सजिएका श्रद्धालुको भीड पनि दर्शनीय थियो

छठ पर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो । छठ पर्व महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि सङ्कल्प गरिन्छ, जो यसको महत्वपूर्ण पक्ष हो । अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समानरूपमा र जीवनकै पाटोको रूपमा लिइनु हो ।

धनी, गरिब, कथित तल्ला र माथिल्ला जाति एकै ठाउँमा उपस्थित भई पूजा गर्नु ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ भने सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिन्छ । आफ्नै गाउँघरका खेतबारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु यो पर्वको थप मौलिक विशेषता हो, जो आडम्वरविहीनताको परिचयसँगै श्रमको सम्मानको परिचायक मानिन्छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ ।

छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्य पनि त्यत्तिकै छन् । वैज्ञानिक र ज्योतिष तथा चिकित्सकले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् । ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राखी पनि व्रतालुले यो पर्वमा सूर्यको आराधना गरी मनोवाञ्छित फल प्राप्त गर्ने गरेको विश्वास पाइन्छ । कोरोना सङ्क्रमणको त्रास भए पनि छठका अवसरमा बेहुलीझैँ सिङ्गारिएका पोखरी र तलाउमा नवबस्त्रमा सजिएका श्रद्धालुको भीड पनि दर्शनीय रहेको थियो ।

(Visited 107 times, 1 visits today)
Loading comments...

आजको समाचार

साम्राज्ञीका ‘बोल्ड’ तस्विर (फोटोफिचर)

  काठमाडौं । साम्राज्ञी राज्यलक्ष्मी शाह ‘बोल्ड’ अभिनेत्रीका रुपमा चिनिन्छिन् । बोल्ड यस अर्थमा कि उनी आफ्नो काममा ‘बोल्ड’ छिन् । केबल संख्या र पैसाका...

निषेधाज्ञाले मात्रै घटदैन संक्रमण

  उपत्यकालगायतका प्रमुख प्रभावित सहरमा निषेधाज्ञा लगाइएको चार साता नाघिसक्दा देशभर निषेधाज्ञा छ । तथापि, संक्रमित र मृत्यृको संख्या ओर्लिन उल्लेखनीय सुरु गरेको छैन ।...

आयल निगमद्धारा बाढी पिडितलाई खाद्यान्न र ग्यास सहयोग

  काठमाडौँ । नेपाल आयल निगमले सिन्धुपाल्चोकका बाढी पिडित परिवारहरुलाई खाद्यन्न ग्यास सहयोग गरेको छ । निगमले जिल्ला विपद व्यवस्थापन समितिको समन्वयमा बाढी पिडित परिवारलाई...

गिटीबालुवा उत्खननमा गम्भीरता जरुरी

  सरकारले ल्याएको २०७८/७९ आर्थिक वर्षको बजेटमा गिटीबालुवा उत्खनन्का लागि सहज हुनेगरी नीति तथा कार्यक्रम बजेटमार्फत ल्याएलगत्तै सर्वोच्चले यसमाथि गम्भीर हुनुपर्ने भनी तत्काल निर्णय कार्यान्वयनमाथि...

सेयर बजारमा पहिरो, ६३ अंकले घट्यो

  काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा पहिरो गएको छ । ३ हजार माथि पुगेर रेकर्ड बनाएको नेप्से परिसूचक आइतबार २ हजार ९...

साताका लोकप्रिय समाचार

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

सेयर बजारमा पहिरो, ६३ अंकले घट्यो

  काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा पहिरो गएको छ । ३ हजार माथि पुगेर रेकर्ड बनाएको नेप्से परिसूचक आइतबार २ हजार ९...

साम्राज्ञीका ‘बोल्ड’ तस्विर (फोटोफिचर)

  काठमाडौं । साम्राज्ञी राज्यलक्ष्मी शाह ‘बोल्ड’ अभिनेत्रीका रुपमा चिनिन्छिन् । बोल्ड यस अर्थमा कि उनी आफ्नो काममा ‘बोल्ड’ छिन् । केबल संख्या र पैसाका...

छिमेकीको घरमा टिभी हेर्न गएकी वालिका बलात्कार गर्ने पक्राउ

  झापा । छिमेकीको घरमा टिभी हेर्न गएकी वालिका बलात्कारमा संलग्न पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । कन्काई नगरपालिका–३ मिलनचोक बस्ने ४६ को अबिचन्द्र मैनालीलाई...

उपभोक्ता ठग्ने ९७ व्यवसायीलाई कारबाही

काठमाडौँ । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न गरिएको निषेधाज्ञामा उपभोक्ता संरक्षण ऐन २०७५ मा व्यवस्था गरेको मापदण्ड विपरीतका गतिविधि गरी ठगी गर्ने...

ट्रेन्डिङ

सहकारीमा कर्जा सस्तिने, एक प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाइने

काठमाडौं । सहकारी संस्थाहरूले कुल कर्जाको एक प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने भएका छन् । सहकारी विभागले आगामी १ माघबाट लागू हुने गरी एक...

केयुकेएलमा फेरि एक व्यक्तिका लागि चलखेल

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को प्रमुख कार्यकारी अधिकृत छनोटका लागि पुनः एक व्यक्तिलाई केन्द्रित गरेर कार्यविधि विपरित चलखेल भएको पाइएको छ...

जातीय विभेद किन ?

नश्ल र जातजातिमा आधारित विभेद २१औं शताब्दीसम्म पनि विकसित भनिएका समाज र राज्यलगायतमा व्याप्त रहनु समस्त मानवजातिको कलंक हो । जातीय विभेदजन्य घटना घट्नु...

संघीयता कार्यान्वयनका लागि रणनीति र कार्यनीति तयार

काठमाडौं । सरकारले संघ प्रदेश र स्थानीय सरकारबीचको प्रशासनिक अन्तर्सम्बन्ध सुदृढ गर्दै संघीयता कार्यान्वयन सहजीकरणसम्बन्धी रणनीति तथा कार्यनीति तयार पारेको छ । संघीय मामिला तथा...

निषेधाज्ञाबीच जारी तीनवटा आईपीओ बाँडफाँट सोमबार सकिने

काठमाडौं । निषेधाज्ञाका बीच जारी भएको रिलायन्स लाइफको साधारण सेयर शुक्रबार बाँडफाँट भएको छ भने समाज लघुवित्त वित्तीय संस्थाले शनिबारका लागि पूर्वतयारी गरेको आईपीओ...

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा राख्ने तयारी

देउखुरी । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य शुरु भएको छ । स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक सञ्चालन गरेर स्थायी...

राज्यमन्त्री घले पनि कोरोना संक्रमित

उदयपुर । प्रदेश नम्बर १ भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कला घलेलाई कोरोना संक्रमण भएको छ । उदयपुरको निर्वाचन क्षेत्र २ (ख) बाट...

होली खेलेर नुहाउने क्रममा १५ जनाको मृत्यु

एजेन्सी । होली खेलेर नुहाउने क्रममा भारतको उडिशा राज्यमा १५ जनाको डुबेर मृत्यु भएको छ । मङ्गलबार होली खेलेर नुहाउने क्रममा विभिन्न नदी तथा...

कोरोनाबाट एकैदिन १६ जनाको मृत्यु, मृतकको संख्या ४२७ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ पुरुष तथा ३ महिला रहेका...

तिमीलाई के थाहा भोकको अर्थ ?

दिनको चारपटक मिष्ठान्न खान्छौ एकैदिन नपाउँदा भोक लाग्यो भन्छौ तिमीलाई के थाहा ? भोक के हो ? मलाई सोध, ‘भोक के हुन्छ ?’ उत्तर तिमीले पाउँनेछौं । हप्ताबढी अन्न...

स्कृप्ट लेखनमा ऋषिराज

काठमाडौं । गत पुषबाट नेपालमा कोरोना संक्रमित घटेर दैनिक सयको संख्यामा झरेपछि निर्देशक ऋषिराज आचार्य आशावादी भए । उनलाई अब फेरि नेपाली चलचित्र माथि...

 ३७९० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४० हजार नाघे

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या १...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)