जुम्लाको सिमि भन्दै नक्कली उत्पादन बिक्री गर्नेले जुम्लाका किसान मारमा

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका वडा नम्वर ७ सर्मिका सुर्य बुढा दुई वर्ष अघि गाउँको अर्गानिक उत्पादन सिमि र स्याउ लिएर सुर्खेत पुगे । सुर्खेत कर्णाली प्रदेशको राजधानी भएकोले स्वभावैले कृषकका उत्पदान बढी विक्रि हुने ठाउँ पनि हो । सिमि र स्याउ बेच्न पुगेका उनलाई जुम्ला घर भनेको कसैले पत्याएनन् । जुम्लाको नाम बेचेर ठग्ने पात्रका रुपमा उनलाई हेरियो । ‘स्याउ र सिमि किन्न अनुरोध गर्दा तपाई जस्तो ठगले झुक्याएर अब कोहि झुक्किदैन, जुम्लाको नाम लिएर फाईदा लिने दिन गए भन्ने उपभोक्ताले विश्वास गरेनन्’ उनले भने ‘पछि बुझ्दा छिमेकि जिल्लाका व्यापारिले जुम्लाको अर्गानिक उत्पादन भन्दै ठग्ने गरेको रहस्य खुल्यो ।’

तातोपानी ७ कै भरत रावतले नागरिकता देखाएरै जुम्लाको उत्पादन बेच्नु परेको गुनासो गरे । ‘बजारमा जुम्ली स्याउ, सिमि र आलुको माग बढि हुन्छ,तर सजिलै जुम्लाको उत्पादन हो भनेर विश्वास गर्दैनन् ।’ उनले भने । जुम्लाका उत्पादन भनेर अन्य जिल्लाका व्यापारिले पाईदा लुट्ने प्रवृत्ति हाबि हुदै गएको छ । कर्णाली प्रदेशको अर्गानिक जिल्ला जुम्लाका उत्पादनहरु अरु जिल्लाका भन्दा फरक र स्वादिला हुने हुँदा नाम बेचेर फाईदा लुट्ने प्रवृत्ति हाबी हुदै गएको स्थानीय व्यापारि तिल रोकायाले बताए । उनका अनुसार स्याउ सिमि र आलु जस्ता नगदेबालीहरु अन्य जिल्लाका व्यापारिले जुम्लाको हो भनेर बेच्न गरेका छन् । मार्सि र स्याउले बजारमा राम्रो प्रभाव जमाएको हुदा जुम्लाको नाम लिनासाथ सजिलै विक्रि हुने लोभमा अन्यजिल्लाका व्यापारिले बदमासि गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए ।

जुम्लाका कृषि उत्पादनलाई बजारिकरणमा एकरुपता ल्याउनको लागि कृषि विकास कार्यालय जुम्लाले अर्गानिक ब्रान्डको लोगो बनाउने भएको छ । जुम्लाको. नाम बेचेर गएगुजे्रका कृषि उत्पादनहरु बेचबिखन रोक्नका लागि अर्गानिक ब्रान्डको लोगो ले भुमिका खेल्ने कृषि विकास कार्यालय जुम्लाका प्रमुख देवकोटाले बताएका छन् । देश देखि विदेश सम्म जुम्लाको प्रांगारिक उत्पादनको माग बढिरहेको बेला नाम बेचेर उत्पादन बेच्ने प्रवृत्ति हाबी हुनु सिंगो जिल्लाको लागि घाटाको विषय भएको देवकोटाको भनाई छ । उपभोक्ताको नजरमा जुम्लाको पहिचान गुम्न नदिन अर्गानिक ब्रान्डको लोगो बनाउने तयारि भईरहेको उनले जानकारि दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 862 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम