सप्तरी । भारतीय सीमासँग जोडिएको सप्तरीको बलान बिहुल गाउँपालिकामा एकैरात आधा दर्जन घरमा चोरीको घटना भएको छ । आइतबार खाना खाएर सुतेकाहरु सोमबार बिहान मात्र चोरीको घटना भएको थाहा पाएका थिए । सो गाउँपालिका ५ स्थित अमृतलाल यादव, रुपलाल यादव, इन्द्रदेव यादव, मनिकलाल साह, कारी यादव लगायत गरि ६ जनाको घरमा लाखौंको धनमाल चोरी भएको पीडितहरुले बताएका छन् ।
अज्ञात समूहले घरको ढोका फुटाएर २२ हजार नगदसहित सुन, चाँदीका गरगहना गरि २ लाख २२ हजारको सम्पत्ति चोरी गरेको पीडित मध्येका एक कारी यादवले बताएका छन् ।
राती करिब १० बजेतिर सुतेको र बिहान उठ्दा ढोका र दराज फुटाएर सो परिमाणको चोरी भएको थाहा पाएको उनले बताएका छन् ।
उनकै छिमेकमा रहेको अन्य पाँच जनाको घरमा पनि चोरले ढोका फुटाएर लाखौंको धनमाल चोरी गरि लगेको छ । पीडितहरुले २० लाख भन्दा बढीको धनमाल चोरी भएको बताइरहँदा इलाका प्रहरी कार्यालय कडोरबोनाका प्रहरी निरिक्षक रामराजा केसरीले भने चोरी भएको सम्पत्ति विवरण बारे विवरण संकलन कार्य भइरहेको उनले यकिन रकम तत्कालै भन्न नसकिने बताए । उनले चोरी घटना बारे जानकारी प्राप्त भएको र चोरको खोजतलासी कार्य सुरु गरेको बताएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 384 times, 1 visits today)






