पाकिस्तानमा कोराेनाको दोस्रो लहर, सावधानी अपनाउन प्रधानमन्त्रीको आग्रह

कराँची ।  पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कोभिड–१९ को सङ्क्रमणको दोस्रो लहरसँगै महामारीबाट बच्न आवश्यक सावधानी अपनाउन आइतबार आग्रह गरेका छन् ।

उनले सरकारी अधिकारी, पाकिस्तानी जनता र विपक्षी दलहरूलाई पनि महामारीबाट बच्न सामाजिक दूरी कायम गर्ने र सङ्क्रामक रोगबाट अपनाउनुपर्ने अन्य स्वास्थ्यका उपायलाई पालना गर्न आग्रह गरेका छन् ।

सरकारी तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा पाकिस्तानमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई हजार ६६५ रहेको छ भने ५९ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ ।

पाकिस्तानमा कोभिड–१९ सङ्क्रमित सात हजार ६६२ पुगेको छ भने अझै ३६ हजार ६८३ व्यक्तिले देशभरका विभिन्न अस्पतालमा उपचार गरिरहेका छन् । पाकिस्तानमा अहिलेसम्म कूल तीन लाख ७४ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।

“पाकिस्तानमा कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण विगत १५ दिनदेखि चासोको विषय बनेको छ,” प्रधानमन्त्री खानले आफ्नो ट्वीटर पेजमा उल्लेख गरेका छन् ।

 “विश्वका धेरै मुलुकले दोस्रो पटक सङ्क्रमण फैलिन थालेपछि पूर्ण तथा आंशिक लकडाउनको घोषणा गर्न बाध्य भएका छन् । यदि अहिलेकै तरिकाले सङ्क्रमण फैलिँदै जाने हो भने पाकिस्तानले पनि पूर्ण लकडाउन गर्न बाध्य हुनुपर्नेछ ।” उनले भनेका छन् ।

प्रधानमन्त्री खानले आफूले सामान्य अवस्थामा पुनः लकडाउन गर्न नचाहेको बताउँदै लकडाउनले देशको सुधारउन्मुख रहेको अर्थतन्त्रलाई पुनः प्रभावित बनाउने बताए ।

यसअघि उनले विपक्षी दलहरूलाई विरोधका लागि ठूला सभा र प्रदर्शन गर्दा सङ्क्रमण फैलिने चेतावनी दिँदै विरोधको उक्त शैलीलाई रोक्नसमेत आग्रह गरेका थिए।

तपाइको प्रतिक्रिया
(Visited 185 times, 1 visits today)

epaper

ताजा समाचार

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा आचार्य नियुक्त