Wednesday, January 27, 2021
Home प्रमुख प्रशासकलाई निजी इस्टिच्युटमा पढाउन बन्देज

प्रशासकलाई निजी इस्टिच्युटमा पढाउन बन्देज

कामचोर प्रशासकलाई अंकुश

काठमाडौं । सरकारले प्रशासकहरूलाई सरकारी काम छलेर विभिन्न निजी इस्टिच्युटमा पढाउन पूर्ण रूपमा रोक लगाएको छ । विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिव तथा केही सचिवसमेत विभिन्न निजी इन्स्टिच्युटमा गएर प्रशिक्षण दिने र पढाउनेकार्यमा सरिक हँुदा सेवाप्रवाह कमजोर बनेको तथा नीति निर्माण कार्यमा समेत समस्या सिर्जना हुन पुगेको ठहर गर्दै सरकारले सहसचिव र सचिवलाई थप जिम्मेवार बनाउन त्यस्तो निर्णय गरेको हो ।

केन्द्रीय कर्मचारी निकाय (सीपीए) का रूपमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै लोकसेवा आयोग तथा अन्य निकायबाट सञ्चालन हुने प्रतिस्पर्धात्मक परीक्षाको तयारी कक्ष चलाउने निजी इन्स्टिच्युटमा उच्च पदस्थ कर्मचारीहरू आफैं गएर तथा अनलाइन माध्यमबाट प्रशिक्षण दिन नपाउने निर्णय गर्दै सो कार्यमा रोक लगाएको हो ।

विशेषगरी, नीति निर्माण तहमा सरिक हुनुपर्ने मन्त्रालय, विभाग, आयोग तथा अन्य निकायमा कार्यरत सरकारका सहसचिवस्तरका धेरै कर्मचारी विभिन्न इन्स्टिच्युटमा प्रशिक्षण दिने कार्यमा सरिक हुँदै आइरहेका छन् । उनीहरूले त्यसबापत मोटो रकमसमेत बुझ्ने गरेका छन् ।

– काम छलेर बाहिर जाँदा नीति निर्माणमा समस्या
– बाहिर पढाउनेको संख्या सयांै
– बिदा तथा काजको बहाना गर्दै पढाउँदै
– बाहिरी काममा बढी ध्यान दिँदा सेवाप्रवाहसमेत कमजोर
– यसअघिका सबै अनुमति रद्द
– सशक्त अनुगमन जरुरी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले सबै कर्मचारी र प्रशासकलाई सेवाग्राही र राष्ट्रप्रति समर्पित बनाउँदै समग्र निजामती सेवाको साख उँचो बनाउन यस्तो निर्णय गरिएको जानकारी दिए । ‘सबै निजामती कर्मचारीलाई सेवाप्रवाहमा तल्लीन बनाई निजामती सेवालाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले बाहिर गएर पढाउनेलगायतका सबै कार्यमा रोक लगाइएको हो,’ सचिव अर्यालले राजधानीसँग भने ।

यसअघि कुनै मन्त्रालय वा निकायबाट बाहिर गएर प्रशिक्षण दिनेलगायतका विषयमा अनुमति लिएको भएमा त्यस प्रकारका सबै अनुमतिसमेत रद्द गर्ने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए । स्रोतका अनुसार यसअघि सयांै कर्मचारीले त्यस प्रकारको अनुमति लिएका छन् भने कैयौंले अनुमति नै नलिई पढाउने कार्य गर्दै आइरहेका छन् ।

मन्त्रालयका प्रवक्ता अधिकारीका अनुसार सबै मन्त्रालय र निकायलाई मातहतका कर्मचारीलाई बाहिर पढाउने कार्यका लागि कुनै किसिमको बिदा नदिन समेत गम्भीर ध्यानाकृष्ट गराइएको छ । साथै कर्मचारीले काज बिदाको बहाना गर्दै पढाएको पाइएमा त्यस्ता कर्मचारीमाथि कारबाही प्रक्रिया थालिने चेतावनी मन्त्रालयले दिएको छ ।

सबै कर्मचारी र प्रशासकलाई सेवाग्राही र राष्ट्रप्रति समर्पित बनाउँदै निजामती सेवाको साख उँचो बनाउन यस्तो निर्णय गरिएको हो ।
– एकनारायण अर्याल, सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

निजामती सेवा ऐनमा समेत कर्मचारीले सरकारी काम छलेर अन्य कार्य गर्न नपाउने व्यवस्था छ । तर, उच्चपदस्थ प्रशासकलगायत धेरै कर्मचारीले कानुनी प्रावधानलाई बेवास्ता गर्दै आइरहेको भए पनि हालसम्म उनीहरूमाथि कुनै कारबाही हुन सकेको छैन ।

यो पनि पढ्नुहोस   लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझै लड्छौँ : प्रचण्ड

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आवश्यक मापदण्ड बनाएपछि मात्रै सम्बन्धित मन्त्रालयले प्रशिक्षण सम्बन्धमा मापदण्डअनुसार स्वीकृति दिन सक्ने स्पष्ट पार्दै मापदण्ड निर्माण नहँुदासम्म स्वीकृति दिने कार्यमा समेत बन्देज लगाएको छ ।

सहसचिवस्तरका कर्मचारीहरू राजधानी तथा उपत्यका छाडेर बाहिर जान मन गर्दैनन् । लोकसेवा परीक्षाको तयारी कक्षा भन्दै काठमाडौंमा दर्जनौं इन्स्टिच्युट सञ्चालन गरिएको छ । बाहिर सरुवा भएर जाँदा ती इन्स्टिच्युटमा पढाउन नपाइने लोभले उच्चपदस्थहरू बाहिर गएर सेवा दिने कार्यमा अनिच्छुक हुने गरेको बताइन्छ । केही प्रशासकहरू सरुवा भएर उपत्यका बाहिर गए पनि महिनामा एक दुई पटक काज तथा बिदा मिलाएर काठमाडौं आएर पढाउने गरेका छन् । यस सम्बन्धमा समेत कुनै प्रकारको अनुगमन हुने गरेको पाइँदैन ।

अब भने सम्बन्धित निकायले मातहतका कर्मचारीमाथि अनुगमन गर्ने र पढाएको पाइए कारबाही प्रक्रिया अघि बढाउनुपर्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्णयविपरीत कसैले पढाएको पाइएमा मन्त्रालयको टोल फ्रि नं १६१८०१४२००३०९ मा खबर गर्न समेत आग्रह गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासकलाई बाहिर पढाउन रोक लगाए पनि त्यसको नियमित रूपमा अनुगमन गर्न नसक्ने हो भने सो निर्णयको कुनै अर्थ नरहने पूर्वप्रशासकहरूको भनाइ छ । उनीहरूले अनुगमन सशक्त बनाउनुपर्ने र सबै इन्स्टिच्युटमा अनुगमनलाई नियमित गर्न सकेमा परिणाम राम्रो आउने बताएका छन् ।

(Visited 121 times, 1 visits today)
Loading comments...

आजको समाचार

आरआरआर र मैदान जुध्ने भएपछि तनावमा अजय

मुम्बइ । आफ्नो दुई ओटा फिल्मको प्रदर्शन मिति जुधेपछि बलिउड अभिनेता अजय देवगन यतीबेला तनावमा छन् । उनको दुई ओटा फिल्म आरआरआर र मैदानको...

नेकपाका अध्यक्षद्वयलाई आयोगको पत्रः साविकको नेकपा नै आधिकारिक

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता र विवादका विषयमा दुवै समूहबाट भएका एक अर्कामाथिको कारबाहीसहितका गतिविधिलाई अवैध भन्दै सो कार्य आयोगका लागि...

खुँडा प्रहार गरेर युवकको हत्या, एक पक्राउ

बझाङ । बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या गरिएको छ । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरी हत्या...

राजनीतिक पुस्तान्तरण आजको आवश्यकता

एकताका राजनीतिक परिवर्तनले मात्र होइन, सत्ता परिवर्तनले पनि सर्वसाधारण नागरिकलाई उत्साहित गराउँथ्यो । विगतको भन्दा वर्तमान नेतृत्वले मुलुकको भविष्य उज्ज्वल बनाउँछ भन्ने आशा जनतामा...

खोप लगाए पनि सावधानी अपनाइरहनु पर्ने प्रधानमन्त्री ओलीको सल्लाह (फोटोफिचर)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप ३ महिनाभित्र सबै नेपालीले पाउने बताएका छन् । बालुवाटारमा आयोजित कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा...

साताका लोकप्रिय समाचार

अलमलमा कांग्रेस : संसद् पुर्नस्थापना कि आन्दोलन ?

काठमाडाैं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस ‘संसद् पुनस्र्थापनाको पक्षमा कि घोषित निर्वाचनको पक्षमा ?’ भन्नेमा अन्योलमै छ । पार्टी केन्द्रीय समिति बैठकबाटै ‘संसद्...

प्रचण्डले आफ्नो निवासलाई गुटको हेड क्वाटर बनाएः मन्त्री ज्ञवाली

गुल्मी । नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रचण्डले आफ्नो निवासलाई गुटको हेड क्वाटर बनाएको आरोप लगाएका छन् । नेपाल कम्युनिष्ट पार्टी रेसुङगा नगरकमिटी (केपी...

१७ माघबाट साताव्यापी ‘किताब जात्रा’

काठमाडौं । साहित्यिक कृतिहरूको प्रदर्शन तथा बिक्रीको उद्देश्यले आयोजना हुँदै आएको ‘किताब जात्रा’ यस वर्ष १७ माघ देखि २३ माघसम्म हुने भएको छ ।...

प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी भएको टिप्पणी गरेका छन् । आफूले देशमा स्थिरता कायम गर्न संसद भंग...

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको गम्भीर आपत्ति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक रहेको नेपाली कांग्रेसले जनाएको छ । फरक...

ट्रेन्डिङ

पहिरोले अवरुद्ध मेची राजमार्ग एकतर्फी खुल्यो

इलाम । इलामको रोङ गाउँपालिका क्षेत्रमा पर्ने मेची राजमार्ग पहिरोको कारण अवरुद्घ बनेको सडक एक तर्फि रुपमा खुलेको छ । गए राति परेको अविरल...

११९७ संक्रमित थपिए, आज ९ जनाको निधन

काठमाडौं । विगत २४ घन्टामा १ हजार १ सय ९७ जना संक्रमित थपिएका छन् । ४ हजार ८ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा...

सिमाना अतिक्रमण या कब्जा ?

नेपाल भारतबीच रहेको १ हजार ७ सात ५१ किलोमिटर लामो सीमा आधुनिक नेपाल स्थापनापछि तत्कालिन इस्ट इन्डिया कम्पनी सरकार र नेपाल सरकारबीच सन् १८१६...

शंकास्पद मृत्युपछि श्रीमान पक्राउ

तुलसीपुर । श्रीमतिको मृत्यु शंकास्पद भएपछि श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका– ३ भलानेटी निबासी २१ बर्षका दिवश दर्लामी मगर...

कमलपोखरी पुनर्निर्माण विवाद : रानीपोखरी जस्तै सुरुवाती चाल

काठमाडौं । लिच्छविकालीन नौ पोखरीमध्येको एक काठमाडौं महानगरपालिकामा अवस्थित कमलपोखरी पुनर्निर्माणको विवाद बढेकोे छ । कमलपोखरी पुनर्निर्माणमा सिमेन्ट, ढुंगा तथा कंक्रिटको प्रयोग गर्ने तयारी...

काठमाडौँसहित देशभर तापक्रम निरन्तर बढ्दो क्रममा

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभर पछिल्ला केही दिनयता तापक्रम बढिरहेको छ । मौसमविद् मिनकुमार आर्यालले अब तापक्रम निरन्तर बढ्दो क्रममा रहेको बताए...

वीरगञ्जमा भोलिदेखि अनिश्चितकालीन निषेधाज्ञा लागु

वीरगञ्ज । कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएपछि स्थानीय प्रशासनले शनिबार बिहान ५ बजेदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र पुनः अनिश्चितकालीन निषेधाज्ञा लागु गरेको छ । वीरगञ्जस्थित नारायणी...

प्रदेश २ : दुई वर्षमा कुन सांसदले कति पटक बोले ?

जनकपुरधाम । सांसदहरुले निति निर्माण गर्छन् । जनताको समस्या समाधानमा सांसदहरुको भूमिका महत्वपूर्ण हुन्छ । कुनै समस्या हुँदा संसदमा आवाज उठने धेरैको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

सबै राष्‍ट्रमा खोपको न्यायोचित वितरण समुचित मूल्यमा हुनुपर्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरूद्धको अभियानमा अग्रपङ्क्तिमा रही सेवा प्रदान गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारीलगायत सबैमा आभार व्यक्त गरेकी छन्...

कोभिड–१९ विरुद्धको खोपको आज प्रमबाट शुभारम्भ

आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिँदै छ । आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ...

खुँडा प्रहार गरेर युवकको हत्या, एक पक्राउ

बझाङ । बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या गरिएको छ । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरी हत्या...

धिरज राईले कोटेश्वरमा सञ्चालन गरेको सेकुवा कर्नरमा आगलागी

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित एक सेकुवा कर्नरमा गएराति साढे ११ बजे आगलागी भएको छ । कोटेश्वर चोकबाट महादेवस्थान मन्दिर जाने बाटोमा पर्ने सेकुवा कर्नरमा...

भर्खरै

कठ्यांग्रिँदो चिसोमा त्रिपाल र खरको छानामै बाढी पीडित

कालिकोट । जिल्लाको नरहरीनाथ गाउँपालिकाका बाढी पीडितले ६ महिना बित्दा पनि सुरक्षित बास पाउन सकेका छैनन् । गत साउन महिनाको १३ गतेको राति गाउँमा...

आरआरआर र मैदान जुध्ने भएपछि तनावमा अजय

मुम्बइ । आफ्नो दुई ओटा फिल्मको प्रदर्शन मिति जुधेपछि बलिउड अभिनेता अजय देवगन यतीबेला तनावमा छन् । उनको दुई ओटा फिल्म आरआरआर र मैदानको...

पुस्तकमा नागरिक अगुवा पाण्डेको आत्ममन्थन

काठमाडौं । नागरिक अगुवा देवेन्द्रराज पाण्डेको नयाँ पुस्तक ‘एक ज्यान दुई जुनी’ पाठकमाझ आएको छ । यो कितावलाई फाइनप्रिन्टले प्रकाशन गरेका हो । पुस्तकलाई...

सबै राष्‍ट्रमा खोपको न्यायोचित वितरण समुचित मूल्यमा हुनुपर्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरूद्धको अभियानमा अग्रपङ्क्तिमा रही सेवा प्रदान गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारीलगायत सबैमा आभार व्यक्त गरेकी छन्...

धेरै पढिएका

छायांकनमा उत्रियो गणपति र चुरीफुरी

काठमाडौं । कोरोनाको संक्रमणमा कमी आएपछि पछिल्लो समय चलचित्रको चहलपहल बढेको छ । फिल्म हल सञ्चालनमा आएसँगै चलचित्रको छायांकन पनि सुरु भएको छ ।...

भक्तपुरका डाक्टर संगठित

काठमाडौं । भक्तपुरमा क्रियाशील चिकित्सक भेलाले डक्टर्स सोसाइटी गठन गरेको छ । डा. पुण्यराम खर्बुजाको अध्यक्षतामा गठित भक्तपुर डाक्टर्स सोसाइटीको सात सदस्यीय समिति उपाध्यक्षमा...

देउरानीको कुटाईबाट जेठानीको मृत्यु

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुर बस्ने ४८ वर्षीया आईती बुढाथोकीको देउरानीको कुटाइबाट मृत्यु भएको छ । जेठानीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै देउरानी ४४...

मकवानपुरमा नेकपा र जसपाले बहिष्कार गरे निर्वाचन कार्यालयको बैठक

हेटौंडा । वर्तमान सरकारले घोषणा गरेको निर्वाचनका लागि मकवानपुरमा आज आयोजना गरिएको बैठक नेकपा र जनता समाजवादी पार्टी (जसपा) बहिष्कार गरेका छन् । जिल्ला...

छुटाउनुभयो कि?

(Visited 106 times, 1 visits today)