पार्टीमा कोही महामहिम छैन : माधव नेपाल

वीरगन्ज । नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा ) का बरिष्ठ नेता माधव कुमार नेपालले पार्टीमा कोही पनि महामहिम नभएको बताएका छन् । नेपाल निजामती कर्मचारी संगठन पर्साको नयाँ निर्मित भवन उद्घाटन गर्दै वीधबार वीरगन्ज आइपुगेका बरिष्ठ नेता नेपालले वीरगन्जमा यस्तो बताएका हुन् ।

कसैको नाम उचारण नगरी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली तर्फ इंगित गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले पार्टीमा म नै सर्वेसर्वा हो । अरु सबै मेरा पछुवा हो भन्ने मानसिकताबाट मुक्त हुनु पर्ने बताए । पार्टी सिष्टमबाट चल्छ । सबैको मान सम्मान, प्रतिष्ठा राखेर, सबैको ज्ञान, बुद्धि, बर्कत मानेर गयो भने सबै समस्या समाधान हुने उनको भनाई थियो । ‘पार्टीलाई विधिमा चलाउनु पर्छ । यो कुर्सी ताक्यो भने कुर्सी नै भाँचिदिन्छु भन्ने मानसिकताबाट मुक्त हुनै पर्छ ।’ उनले भने ।

अगुवाहरुले सधैं पद ओगटेर नबस्ने धारणा राख्दै नेता नेपालले तर अगुहरुले कसैले छोड् भन्नु भन्दा पहिल्यै छाडेर देखाउनुपर्ने भनाई राखे

कम्युनिष्ट पार्टी कमजोर जगमा नउभिएको दावी गर्दै उनले कार्यकर्तालाई निरास नहुन आग्रह गरे । ‘पार्टीलाई पुनर्गठन गरेर यहाँसम्म ल्याउँदा नाती पुस्ता भइसकेको छ । अब उनीहरुले पनि यसको जिम्मा लिनु पर्छ ।’ उनले थपे ।

अगुवाहरुले सधैं पद ओगटेर नबस्ने धारणा राख्दै नेता नेपालले तर अगुहरुले कसैले छोड् भन्नु भन्दा पहिल्यै छाडेर देखाउनुपर्ने भनाई राखे । पार्टीको लक्ष्य समाजवाद भएकोले कर्मचारीहरुले पनि समाजवाद उन्मुख भ्रष्टाचार रहित कार्य सम्पादनमा ध्यान दिनु पर्ने उनको भनाई थियो । ‘विगतको जस्तो भएर अब हुँदैन । अब स्वयंले राम्रो कामको थालनी गर्नु पर्छ ।’ उनको भनाई थियो ‘समृद्ध समाज निर्माणका लागि माथिदेखि तल सम्म सबैतर्फ राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो काम गर्नेलाई दण्डित गर्नु बानी बसाल्नु पर्छ ।’ कार्यक्रममा कर्मचारी संगठनका विभिन्न पदाधिकारी तथा स्थानीय नेता कार्यकर्ताहरुलगायतको उपस्थिति रहेको थियो भने वीरगन्जमा सुरक्षा सतर्कता पनि अरु दिनको तुलनामा निकै बढाइएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 380 times, 1 visits today)

epaper

ताजा समाचार

टिकटकर तुलसी अधिकारीको थुनछेक बहस सुरु