Wednesday, April 14, 2021
Home Not-to-be-missed गोर्खा ब्वाइज क्वार्टरफाइनलमा

गोर्खा ब्वाइज क्वार्टरफाइनलमा

,

धनगढी । कप्तान मोहन थापा पेनाल्टीमा चुक्दा सुनौलो संगम क्लब धनगढीमा जारी चौथो नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको पहिलो चरणबाटै बाहिरिएको छ ।

सोमबार धनगढी रंगशालामा भएको प्रतियोगिताको अन्तिम प्रि–क्वार्टरफाइनलमा गोर्खा ब्बाइजले सुनौलो संगम क्लबको यात्रा पेनाल्टी सुटआउटमा ५–३ ले पन्छाउँदै अन्तिम ८ को यात्रा पक्का गरेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा गोर्खा ब्बाइजका हरि कठायत, अनिश तामाङ, रन्दीप पौडेल, निशान न्यौपाने र कप्तान उत्तम गुरुङले गोल गरे । सुनौलो संगमका रञ्जित थापा, अजित थापा र शंकर न्यौपानेले गोल गरे । सुनौलो संगमका कप्तान मोहन थापाको प्रहार गोर्खा ब्बाइजका गोलकिपर मनोज गुरुङले विफल पारेका थिए । क्वार्टरफाइनलमा गोर्खा ब्वाइजले ‘ए’ डिभिजन टोली हिमालयन शेर्पाको सामना गर्नेछ ।

यसअघि खेलको तेस्रोे मिनेटमै रोशन रानाको पासमा सुरज घलानले गरेको प्रहार पोस्टनजिकैबाट बाहिँरिदा गोर्खा ब्बाइजले अग्रताको अवसर गुमाएको थियो । १९औं मिनेटमा संगमका मोहनले गरेको प्रहार गोर्खा ब्बाइजका गोलकिपर मनोले सहजै नियन्त्रणमा लिए । ५०औं मिनेटमा गोर्खा ब्बाइजले खेलमा अघि बढ्ने अर्को अवसर पाए पनि त्यसको सदुपयोग भने गर्न सकेन । हरि कठायतको प्रहार गोलरक्षक किरण थापा बिट भइसकेको अवस्थामा पोस्टमा लागेर फर्किएकोे थियो ।

त्यसको ७ मिनेटपछि संगमका मोहनले गरेको प्रहार पनि बारमा लागेर फर्किएको थियो । ५९औं मिनेटमा हरिको हेड बाहिरिदा गोर्खा ब्बाइज पुनः अग्रता लिने अवसरबाट पछि परेको थियो । संगमका प्रशिक्षक विकास गुरुङले रातभर यात्रा गरेका कारण खेलाडी थकित भएकाले स्वाभाविक प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिए ।

प्रतियोगिताअन्तर्गत मंगलबारबाट क्वार्टरफाइनलका खेल सुरु हुनेछन् । जाहा पहिलो ब्वाटरफाइनलमा कञ्चनजंघा एफसी भारतले आयोजक सुदूरपश्चिम–११ को सामना गर्नेछ । कञ्चनजंघा बाग्मती एफसीलाई पेनाल्टी सुटआउटमा निराश पार्दै अघिल्लो चरण प्रवेश गरेको हो । सुदूरपश्चिमले बाइ पाएर क्वार्टरफाइन प्रवेश गरेको हो ।

त्यस्तै, दोस्रो क्वार्टरफाइनल बुधबार नेपाल पुलिस र एपीएफबीच हुनेछ । तेस्रो क्वार्टरफाइनलमा थ्री स्टार क्लब र नव जागृति क्लब आमनेसामने हँुदा अन्तिम क्वार्टरफाइनलमा गोर्खा ब्बाइज र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ ।
नेपाल र भारत गरी कुल १२ क्लबको सहभागिता रहेको प्रतियोगिता २० गतेसम्म सञ्चालन हुनेछ ।

(Visited 110 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोनाका त्रासकाबीच पवित्र महिना रमजान सुरु

सप्तरी । कोरोनाको त्रासकाबीच इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान बुधबारबाट सुरु भएको छ । सप्तरी लगायत देशभरका मुश्लिम समुदायले बुधबार बिहानदेखी पहिलो रोजा बसेर रमजान...

सरकार निर्माणका लागि दौडधूप तीव्र, अलमलमा जसपा

काठमाडौं । सरकार निर्माणका लागि नेताहरूको दौडधूप भइरहेका बेला जनता समाजवादी पार्टी (जसपा)का नेताहरू अलमलमा छन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रमुख...

मुम्बई इन्डियन्सको पहिलो जीत

इन्डियन प्रिमियर लिगको साविक विजेता मुम्बई इन्डियन्सले गएराती सम्पन्न खेलमा पहिलो जीत निकालेको छ । स्पीनर राहुल चहरको उत्कृष्ट बलिङको सहयोगमा कोलकत्ता नाइट राइडर्सलाई...

विक्रम संवत्को सान्दर्भिकता

आजबाट २०७८ साल शुभारम्भ भएको छ । नेपालमा सर्वमान्य, वैधानिक र संवत्का रूपमा विक्रम संवत्लाई लिइन्छ । यही संवत्का आधारमा नेपालको राष्ट्रिय पञ्चांग अथवा...

चर्चामा नयाँ नक्सादेखि सत्तारुढ दलभित्रको विवादसम्म

काठमाडौं । आज वैशाख १ गते, अर्थात्, विसं २०७८ को पहिलो दिन । नयाँ वर्ष हरेक वर्ष आउँछ । वर्षहरू आउँछन् र जान्छन् पनि...

साताका लोकप्रिय समाचार

भ्यारियन्टअनुसार सावधानीका उपाय देऊ

कोरोना महामारीको दोस्रो लहर आएसँगै त्यसले नेपालमा पनि भयावह स्थिति निम्त्याउन सक्ने सम्भावना निकै बढेर गएको छ । कोरोना महामारीको बेलायती भ्यारियन्टले विश्वमा त्रास...

निर्माण व्यवसायी महासंघको २२औं साधारण सभा

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले आवश्यक परेको खण्डमा कानुन परिमार्जन गरेर भए पनि निर्माण व्यवसायलाई समृद्ध बनाउन सरकार प्रतिबद्ध रहेको बताएका...

रेसुङ्गामा एक सातादेखि लागेको आगो नियन्त्रणमा आएन

गुल्मी । गुल्मीको रेसुङ्गा क्षेत्रमा एक हप्तादेखि लागेको आगो नियन्त्रणमा आएको छैन । चैत्र २१ गते रेसुङ्गा नगरपालिका १४ को पराल्मी तथा २२ गते...

काठमाडौं फेरि विश्वकै प्रदूषित शहर

काठमाडौं । काठमाडौं फेरि विश्वक्रै प्रदूषित सहरमा सूचिकृत भएको छ । वायु प्रदूषणले गर्दा काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा पुनः परेको हो । शिवपुरी क्षेत्रसहित...

नेपालमा काेराेना संक्रमणबाट एकै दिन ८ जनाकाे मृत्यु

काठमाडाैं ।  कोरोनाभाइरसबाट संक्रमणबाट पछिल्लाे २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । नेपालमा सोमबार ५५९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ५...

ट्रेन्डिङ

थप ६२९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १० हजार ७२८ पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६२९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता...

अब पाइपलाइनबाट पेट्रोल पनि ल्याइने

वीरगञ्ज । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनबाट अगामी एक वर्षभित्र पेट्रोल ल्याउन गृहकार्य शुरुआत गरिएको छ । यसअघि विसं २०७६ भदौदेखि भारतको मोतिहारीबाट पाइप लाइनमार्फत...

बर्दियामा कोरोनाबाट वडाध्यक्षसहित २ जनाको मृत्यु

बर्दिया । कोरोना संक्रमणका कारण बर्दियामा पछिल्लो २ दिनमा २ जनाको ज्यान गएको छ । कोरोना संत्रमणका कारण बुधबार बारबर्दिया नगरपालिका वडा नं ३...

समुदायमा कोरोना देखिएपछि लमजुङको ५ वडामा निषेधाज्ञा

लमजुङ । लमजुङमा समुदायमा संक्रमण देखिएपछि जिल्ला प्रशासनले पाँच वडामा निषेधाज्ञा जारी गरेको छ । लमजुङको सुन्दरबजार नगरपालिका– ५, ६, ७, ८ र ९...

११ वर्षदेखि अलपत्र पुलको मुख्यमन्त्रीद्वारा अनुगमन

कालिकोट । ११ वर्षदेखी अलपत्र अवस्थामा रहेको कर्णाली करिडोरको खुलालु पक्किपुलको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ७ वर्षपछि अनुगमन गरेका छन् । लामो समयदेखि...

सांसदको हदैसम्मको गैरजिम्मेवारी

प्रतिनिधिसभा बैठकमा हाजिर गरेर टाप कस्ने सांसदको बानी अहिले संसदीय संस्कारमा रूपान्तरण भएको छ । आफ्नो मूल कार्यथलोमा नै सांसद अनुपस्थित हुन थालेपछि संसद्बाट...

लिदी पहिरो : बेपत्ता १२ बालक र ८ बालिकासहित सबैको मृत्यु

सिन्धुपाल्चोक । साउन ३० गते जुगल गाउँपालिका–२ लिदीमा आएको पहिरोमा बेपत्ता भएका ३९ मध्ये ३७ को शब फेला परेको छ । अब शब फेला...

कोरोना संक्रमित बढे, सहरदेखि गाउँहरू नै इपिसेन्टर बन्ने जोखिम

काठमाडौं । कोरोना संक्रमणको दर दिनानुदिन हजारौंको संख्यामा बढिरहँदा त्यसविरुद्धको व्यवस्थापनमा सरकारको तयारी फितलो बन्दै गइरहेको भन्दै चिकित्सक तथा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्...

अबको तीज नो ब्रत प्लिज

काठमाडौं । तीजमा श्रीमानको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै महिलाहरुले नीराहार ब्रत बस्ने पुरानो चलन हो । धार्मिक आस्थामा विश्वास गर्ने महिलाहरु अझै पनि...

-यापिड टेस्टमा ६ जनाको रिपोर्ट पोजेटिभ

काठमाडौं । कर्णाली प्रदेशबाट धनगढीको प्रयोगशालामा परीक्षणका लागि ल्याइएका दुई जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । यसैगरी, हेटौंडा उपमहानगरपालिकाभित्र भएको ¥यापिड टेस्टमा पनि...

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘जुनुको जुत्ता’

काठमाडौं । ‘इन्टरनेसनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेन’को ६६औं संस्करणमा नेपाली फिल्म पनि चयन भएको छ । केदार श्रेष्ठ निर्देशित लघु चलचित्र ‘जुनुको जुत्ता’ ओवरहउसेनको...

‘पिरती’मा रोमान्टिक नजिर र सुशिला

काठमाडाैं ।  गायक सुमन केसी र गायिका मेलिना राईको सहकार्यमा तयार भएको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक 'पिरती' बोलको गीतमा अम्बिका गुरुङको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)