Saturday, January 16, 2021
Home Breaking News छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ : प्रधानमन्त्री ओली

छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र सहकार्यबाट सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाइनुपर्नेमा जोड दिएका छन् । तेस्रो सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढङ्गले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन प्रतिबद्ध रहेको बताए ।

योगदान गर्न सक्ने मात्र होइन, अलपत्र, गरीबीको चपेटामा परेका तथा प्राकृतिक हिसाबले वा आफन्त र अभिभावकका अभावमा अलपत्र परेका नागरिकको व्यवस्थापन गर्न संविधानमै विशेष व्यवस्था रहेको उल्लेख गर्दै उनले संविधानले निर्दिष्ट गरेअनुसार सामाजिक सुरक्षाको अवधारणालाई कार्यान्वयनमा ल्याइएको जानकारी दिए ।

अर्को प्रसङ्गमा प्रधानमन्त्रीले अभिभावक गुमाएर सडकमा पुग्नुपरेको पीडा बालबालिकाले भोग्नु नपरोस् भनेर सरकारले अभिभावकविहीन बालबालिकालाई अभिभावकत्व प्रदान गर्दै आएको बताउँदै भने, ‘हिजो झैँ आज न सडक बालबालिका छन्, न सहयोगापेक्षी मानव छन्, मानव समाजलाई सभ्य बनाउने बाटोमा सरकार अघि बढेको छ ।’ अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा समेट्ने गरी सरकार अघि बढेको पनि उनले बताए ।

नेपाल दिगो विकास लक्ष्यको उपलब्धि हासिल गर्ने क्रममा रहेको जानकारी दिँदै उनले मुलुक छिट्टै अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रका रुपमा उक्लिने बताए । ‘नेपाललाई विकासशील राष्ट्रका रुपमा उभ्याउन हामीले दिगो विकास लक्ष्यका निर्धारित पक्षलाई कार्यान्वयन गर्नु जरुरी छ । हामी गत वर्षदेखि नै १४ वटा मापदण्डमाथि आइसकेका छौँ’, प्रधानमन्त्रीले भने, ‘अरु मापदण्डमा पनि हामी अगाडि आउँदै छौँ । विकासका सन्दर्भमा हामी अगाडि बढिरहेका छौँ ।’

दिगो विकास लक्ष्यको श्रमसम्बन्धी लक्ष्य हासिल गर्न पर्याप्त ध्यान दिइएको उल्लेख गर्दै उनले निर्धारित लक्ष्य तथा उपलक्ष्य पूरा गर्ने गरी सामाजिक सुरक्षा कोषको परिचालन, वृद्धि र दायरा, सहभागीको सङ्ख्या, कोष सबलीकरण र विकास गर्ने योजना अगाडि बढाइएको बताए । दिगो विकाससम्बन्धी १७ मूल लक्ष्य १६९ उपलक्ष्य छन् । मूल लक्ष्यको ८ नं बूँदामा श्रम, सामाजिक सुरक्षा, श्रम र श्रमिकको हकसम्बन्धी व्यवस्था उल्लेख गरिएको छ । तत्कालीन नेकपा (एमाले) को नौमहिने सरकारको कार्यकालमा वृद्ध भत्ता वितरण गरेर सामाजिक सुरक्षा अवधारणा शुरु गरिएको स्मरण गर्दै उहाँले हरेक नागरिक सचेत हुन र तिनले सामाजिक सुरक्षाका सन्दर्भमा योगदान गर्नुपर्ने भनेर योगदानमा आधारित सामजिक सुरक्षाको एउटा नयाँ र उन्नत अवधारणाकोे शुरुआत गरिएको बताए ।

यो पनि पढ्नुहोस   तन्नाको छानोमुनी मगर समुदायले मनाए माघी

सो अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले असङ्गठित तथा स्वरोजगारमा संलग्न श्रमिकलाई छिट्टै सामाजिक सुरक्षाको दायरामा समेटिने प्रतिबद्धता व्यक्त गरे । उनले योगदानकर्ताले जम्मा गरेको रकम सुरक्षित लगानीमार्फत दिगो प्रतिफल दिने ढङ्गबाट कोषको लगानी कार्यविधि कार्यान्वयनका क्रममा रहेको जानकारी दिए । उनले सामाजिक सुरक्षाका सम्बन्धमा अन्तरराष्ट्रिय अभ्यासको अनुसरण गरी सरकारका योजना, कार्यक्रम तथा प्रतिबद्धता पूरा गर्दै कोषको दीर्घकालीन पूँजीलाई योगदानकर्ताको हित हुने गरी पूर्वाधार निर्माणका क्षेत्रमा परिचालन गर्न कोष केन्द्रित हुनुपर्नेमा जोड दिए । कोष सञ्चालक समितिका अध्यक्ष एवं श्रम मन्त्रालयका सचिव तोयम रायले सामाजिक सुरक्षा योजना कार्यान्वयनका क्रममा आइपरेको समस्यालाई समाधान गरिने बताए ।

कोष सञ्चालक समिति अध्यक्ष एवं नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले सामाजिक सुरक्षाको दायरालाई फराकिलो बनाउँदै असङ्गठित र स्वरोजगार क्षेत्रका श्रमिकलाई पनि योजनामा तत्काल समेट्न माग गरे । रोजगारी सुरक्षाका लागि सामाजिक सुरक्षा ऐनअनुसार सुरक्षा कार्यविधिले नसमेटेको बेरोजगार बीमा योजना तत्काल सुधार गर्न पनि उनले अनुरोध गरे । सामाजिक सुरक्षा कोषलाई आमश्रमिकमाझ पु¥याउन सरोकार पक्ष थप जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले सामाजिक सुरक्षा कार्यक्रमको सचेतनाका लागि सरकार, रोजगारदाता र ट्रेड युनियनले सचेतनात्मक कार्यक्रम गर्नुपर्ने बताए ।

कोष सञ्चालक सदस्य एवं होटल संघ नेपालका अध्यक्ष सिर्जना राणाले सामाजिक सुरक्षालाई सफल बनाउन निजी क्षेत्र अगाडि बढिरहेको बताए । सामाजिक सुरक्षा योजनाले लगानीकर्ता र कामदार, कर्मचारीबीच सुमधुर सम्बन्धका लािग मलजल गरेको उल्लेख गर्दै उनले राज्यको नियमको पूर्ण पालना गरी व्यवसाय सञ्चालन गर्नुपर्ने आफूहरुको धारणा रहेको बताए ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सामाजिक सुरक्षाको सिद्धान्त, बीमाङ्कीय परामर्श तथा केही व्यावहारिक पक्षलाई ध्यानमा राखी कोषले आफ्नो योजना सञ्चालन कार्यविधि परिमार्जनमार्फत योगदानकर्ताबाट सुनिँदै आएको अधिकांश गुनासोलाई सम्वोधन गर्ने प्रयास गरिएको बताए । बुधबारसम्म १२ हजार ९१५ रोजगारदाता र एक लाख ७९ हजार ७९१ योगदानकर्ता कोषमा सूचीकृत छन् । हालसम्म रु तीन अर्ब १० करोड योगदान रकम सङ्कलन भएको छ भने कोषले रु एक करोड ४७ लाख ५५ हजार ४५९ दाबी भुक्तानी गरेको छ ।

(Visited 82 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बृहत् पूर्ण इजलासको माग खारेज

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा आइतबारबाट संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट बृहत् पूर्ण इजलासमा सुनुवाइ हुनुपर्ने १२ जना...

अभिनेत्री कंगनालाई कथा चोरीको आरोप

मुम्बई । सधैंजसो विवादमा परिरहने बलिउड अभिनेत्री कंगना रनौत यतिबेला आफ्नो नयाँ फिल्मको कथाका कारण विवादमा छिन् । उनलाई आफ्नो नयाँ फिल्मको कथा चोरी...

सीमा विवाद समाधान गर्न छुट्टै संयन्त्र बनाउन भारतको प्रस्ताव

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमा विवादको विषयले औपचारिक प्रवेश नै नपाई सकिएको छ । सीमा विवादको विषयमा लामो समयदेखि दुई देशबीचको तिक्तता...

विश्व ब्याडमिन्टनको बरियतामा प्रिन्सको छलाङ

काठमाडौं । विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मारेका छन् । विश्व ब्याडमिन्टन महासङ्घले शुक्रबार जारी गरेको जुनियरतर्फको बरियताअनुसार दाहाल तेस्रो...

गणेशमान सिंह स्मृति बक्सिङ फागुन तेस्रो साता

काठमाडौं । स्वर्गीय गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ आगामी फागुन तेस्रो साता हुने भएको छ । नागार्जुन नगरपालिकाको...

साताका लोकप्रिय समाचार

संसद पुनःस्थापना कुनै हालतमा हुन सक्दैन : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभा कुनै पनि हालतमा पुनःस्थापना हुन नसक्ने बताएका छन् । राष्ट्रियसभा बैठकमा उठेका एवं समसामयिक विषयमा आज...

गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना, १४ घाइते (घाइतेको सूचीसहित)

गुल्मी । गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना भएको छ । दुर्घटनामा परि १४ जना घाइते भएका छन् भने एकजनाको अवस्था गम्भिर रहेको छ ।...

थारु बस्तीमा छायो माघीको रौनक

बर्दिया । थारु समुदायमा यतीखेर माघीको रौनक छाएको छ । मकर संक्रान्ती पर्वलाई थारु समुदायले माघी पर्वको रुपमा मनाउँछन् । माघी थारु समुदायको दसैँपछिको...

प्रचण्ड स्वदेश फर्किए

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल आज स्वदेश फर्किएका छन् । पत्नी सीताको उपचारका लागि यही पुस २०...

फोहोरमैला रोक्ने सिसडोलवासीको चेतावनी

काठमाडौं । सिसडोलवासीले १५ दिनभित्र आफूहरुको माग पूरा नगरे फोहोरमैला व्यवस्थापनलाई रोक्ने चेतावनी दिएका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको गर्दै सिसडोल–बञ्चरेडाँडा...

ट्रेन्डिङ

कृषिमा आधुनिकीकरण र समृद्धिको आधार

हामी देशको परिचय आर्थिक हिसाबले गर्दा कृषिप्रधान देश भन्ने गरेका छौं । आजभन्दा केही दशक अथवा २०३० को दशकसम्म नेपाल खाद्यान्नमा आत्मनिर्भर मात्र होइन,...

सेती अस्पतालले २५ सयमा पीसीआर परीक्षण गर्ने

धनगढी । धनगढीस्थित सेती प्रादेशीक अस्पतालले २ हजार पाँचसय रुपैयाँमा पीसीआर परीक्षण गर्ने भएको छ । सेती अस्पतालले स्वैच्छाले कोरोना संक्रमण भए नभएको थाहा...

कोरोना भाइरसको जीन अध्ययन शुरु

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड १९) को अनुवंश (जीन सिक्वेन्सिङ) को अध्ययन शुरु गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपाली वैज्ञानिक र...

सप्तरीमा नवजात शिशु फालिएको अवस्थामा भेटिए

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा एक नवजात शिशु फालिएको अवस्थामा फेला परेका छन् । ह्युमपाईप भित्र जिवितै फालेको अवस्थामा फेला परेका एक नवजात शिशुलाई...

पैसा भए अरू के चाहियो ?

  भक्तबहादुर शाही झट्ट हेर्दा सबै छर्लङ देखिने त्रिपाल । कुनै चिन्ता न लोभ । भ्रमणशील राउटे समुदाय । उनीहरूमा छाउ“दै गएको खुकुलोपन । यसो भएपछि...

वीरेन्द्रलाई उपाधि

नवलपरासी । नवलपरासी जिल्ला बुद्धिचाल संघको आयोजनामा भएको नवौं जिल्लास्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधि वीरेन्द्रकुमार श्रेष्ठले हात पारेका छन् । उनले स्विस लिग प्रणालीअनुसार भएको...

चन्द्रागिरि नगरपालिकामा घर बाहिर निस्कन पूर्ण प्रतिबन्ध

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले कोरोना भाइरसको जोखिम हुन नदिन क्वारेन्टाइन निर्माणलाई प्राथमिकता दिएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको सो नगरपालिकाभित्र कोरोना सङ्क्रमित बढेसँगै...

बागलुङ बाढी : आठ जनाको शव फेला

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका वडा नं ७, ८ र ९ का तटीय वस्तीमा बाढी पस्दा मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । सुकुर्दुङस्थित...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

बिना मगरको दुख : पहिला किन गरिनस्, अहिले किन गरिस् ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा विघटन गरेपछि निवर्तमान खानेपानीमन्त्री भएकी बिना मगर अहिले परिवारका सदस्यसंग रमाउन थालेकी छिन् । दाहाल नेपाल समुहले...

भारतीय सिमा सुरक्षा बल एसएसबीले उखु ढुवानी गर्न नदिँदा किसान मर्कामा

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाका किसान लाई भारतीय प्रहरिले उखु ढुवानीमा रोक लगाएको छ । बेलौरी नगरपालिकाको वडा नम्बर १० अन्तरगत पर्ने...

प्रतिनिधिसभा विघटन : संघीयता र गणतन्त्र अप्ठेरोमा

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका माधवकुमार नेपालले प्रधानमन्त्रीबाट प्रतिनिधिसभा भङ्ग गर्ने कार्यले राजनीतिक अस्थिरता निम्तने तथा सङ्घीयता र गणतन्त्रलाई नै अप्ठेरो पार्ने बताएका छन्...

सितलहरले सप्तकोशीका सबै विद्यालय बन्द

सप्तरी, राजविराज । केही दिनदेखी बढेको चिसो तथा सितलहरबाट बच्नका लागि वन तथा विभिन्न स्थानिय तहले दाउरा बितरणको कार्य सुरु गरेको छ । चिसोबाट बढी...

भर्खरै

विश्व ब्याडमिन्टनको बरियतामा प्रिन्सको छलाङ

काठमाडौं । विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मारेका छन् । विश्व ब्याडमिन्टन महासङ्घले शुक्रबार जारी गरेको जुनियरतर्फको बरियताअनुसार दाहाल तेस्रो...

प्रतिनिधिसभा विघटनविरुद्ध स्थानीय तहमा कांग्रेसको प्रदर्शन

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज शनिबार स्थानीय तहमा प्रदर्शन गर्दैछ । कांग्रेसले ७ सय ५३ वटै स्थानीय तहमा प्रदर्शन गरिरहेको छ । प्रधानमन्त्रीको...

भारतमा आजबाट कोरोनाविरुद्ध खोप अभियान

नयाँदिल्ली । भारतमा आजबाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको छ । पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मी र अग्रपंक्तिमा कार्यरत सुरक्षा कर्मचारीलाई खोप दिइने...

अभिनेत्री कंगनालाई कथा चोरीको आरोप

मुम्बई । सधैंजसो विवादमा परिरहने बलिउड अभिनेत्री कंगना रनौत यतिबेला आफ्नो नयाँ फिल्मको कथाका कारण विवादमा छिन् । उनलाई आफ्नो नयाँ फिल्मको कथा चोरी...

धेरै पढिएका

पृथ्वीनारायणको दिव्योपदेशलाई सहमतिको आधार बनाऔं !

आज पुस २७ गते । पृथ्वीनारायण शाहको २९९औं जन्मजयन्ती र राष्ट्रिय एकता दिवस हो । नेपालको इतिहासलाई मान्ने हो भने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको त्याग,...

कांग्रेस सभापति देउवा चढेको हेलिकप्टर आकस्मिक अवतरण

गाेरखा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर आज गाेरखामा आकस्मिक अवतरण गरिएको छ । काठमाडाैँबाट पर्वतका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण...

एमसीसीबारे टुंगो नलगाउदा दैनिक अरबौंको विजुली खेर जान्छ : टोपबहादुर रायमाझी

काठमाडौं । उर्जा तथा जलस्रोतमन्त्री टोपबहादुर रायमाझीले एमसीसीलाई खारेज गर्ने कि लागू गर्ने तत्काल निर्णय लिएर बढ्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्बल नेपालको साक्षात्कारमा...

अभिनेत्री कंगनालाई कथा चोरीको आरोप

मुम्बई । सधैंजसो विवादमा परिरहने बलिउड अभिनेत्री कंगना रनौत यतिबेला आफ्नो नयाँ फिल्मको कथाका कारण विवादमा छिन् । उनलाई आफ्नो नयाँ फिल्मको कथा चोरी...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 101 times, 1 visits today)