गिनिजमा नेपालको म्युजिक भिडियोमार्फत नयाँ रेकर्ड

काठमाडौं । विभिन्न शीर्षकमा नेपालीहरूले नेपालबाटै गिनिज अफ वल्र्ड रेकर्ड बनाउनेक्रम बढेको छ । यसैक्रममा गीतसंगीतमा नेपालीहरूले फेरि अर्को गिनिज अफ वल्र्ड रेकर्ड बनाएका छन् । यतिबेला संसारकै सबैभन्दा अग्लो स्थानमा म्युजिक भिडियो छायांकनसहित तयार गरेर गिनिज अफ वल्र्डमा नयाँ रेकर्ड बनाइएको हो ।

चलचित्र निर्देशक माधवराज खरेल, निर्माताद्वय कमला जोशी, पुष्कर नेपाल र गायक पूर्ण राईले यो रेकर्ड बनाएका हुन् । उनीहरूले संसारको अग्लो स्थानमा छायांकन गरिएको म्युजिक भडियो हाम्रो साझा हिमाल…गिनिज बुक अफ वल्र्ड रेकर्डमा स्थापित गराउँदै नेपालीहरूका लागि नयाँ सफलता दिलाउन सफल भएका छन् ।

हिमाल आरोहण गरेर थुप्रै नयाँ रेकर्डसहित शेर्पालगायत अन्य जातले गिनिज अफ वल्र्डमा रेकर्ड राख्दै नेपाललाई विश्वमा चिनाएको बेला आफूहरूले म्युजिक भिडियोमार्फत रेकर्ड बनाएको निर्देशक खरेलले बताए । अहिलेसम्म कसैले पनि उक्त शीर्षकमा भिडियो निर्माण नगरेको र यो नै पहिलो सफलता भएको गिनिज बुक अफ वल्र्ड रेकर्डले बताएको छ । यो रेकर्ड गिनिजले बिहीबारबाट दर्ता गरेर आफ्नो वेभसाइटमा राखेको छ । अब चाँडै यसको प्रमाणपत्र आफूहरूलाई प्राप्त हुने पनि निर्देशक खरेलले बताए ।

हुन पनि लामो समयदेखि नेपाली चलचित्र कलाकारिता क्षेत्रमा होमिएको खरेलको टिमले पाएको सफलता सम्पूर्ण नेपाल र नेपालीहरूका लागि गौरवको विषय हो । अग्लो स्थान मात्रै नभएर एकै स्थानमा क्यामेराको एंगल मात्रै चेन्ज गरेर तयार पारिएको भिडियोले संसारकै उच्च सफलता दिएकोमा निर्माण टिमले खुसी व्यक्त गरेका छन् ।

नेपालको रमणीय पर्यटकीय नगरी सोलुखुम्बुको गोक्यो ४ हजार ७ सय ६८ मिटरको उचाइमा १० असोज २०७६ मा यो गीतको छायांकन गरिएको हो । गीतमा हिमाल भनेको संसारको साझा हो र विश्वले यसलाई धर्तीको स्वर्गको रूपमा लिँदै आएको बताइएको छ । हिमालको संरक्षण र प्रवद्र्धनमा सबैले लाग्नुपर्नेमा भिडियोमार्फत जोड दिइएको छ । भिडियोको निर्माण पिम नेपालले गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 480 times, 1 visits today)

epaper

ताजा समाचार

सामाजिक सुरक्षा भत्ता अब पहिलो सातामै खातामा