Friday, June 18, 2021
Home Not-to-be-missed गिनिजमा नेपालको म्युजिक भिडियोमार्फत नयाँ रेकर्ड

गिनिजमा नेपालको म्युजिक भिडियोमार्फत नयाँ रेकर्ड

,

काठमाडौं । विभिन्न शीर्षकमा नेपालीहरूले नेपालबाटै गिनिज अफ वल्र्ड रेकर्ड बनाउनेक्रम बढेको छ । यसैक्रममा गीतसंगीतमा नेपालीहरूले फेरि अर्को गिनिज अफ वल्र्ड रेकर्ड बनाएका छन् । यतिबेला संसारकै सबैभन्दा अग्लो स्थानमा म्युजिक भिडियो छायांकनसहित तयार गरेर गिनिज अफ वल्र्डमा नयाँ रेकर्ड बनाइएको हो ।

चलचित्र निर्देशक माधवराज खरेल, निर्माताद्वय कमला जोशी, पुष्कर नेपाल र गायक पूर्ण राईले यो रेकर्ड बनाएका हुन् । उनीहरूले संसारको अग्लो स्थानमा छायांकन गरिएको म्युजिक भडियो हाम्रो साझा हिमाल…गिनिज बुक अफ वल्र्ड रेकर्डमा स्थापित गराउँदै नेपालीहरूका लागि नयाँ सफलता दिलाउन सफल भएका छन् ।

हिमाल आरोहण गरेर थुप्रै नयाँ रेकर्डसहित शेर्पालगायत अन्य जातले गिनिज अफ वल्र्डमा रेकर्ड राख्दै नेपाललाई विश्वमा चिनाएको बेला आफूहरूले म्युजिक भिडियोमार्फत रेकर्ड बनाएको निर्देशक खरेलले बताए । अहिलेसम्म कसैले पनि उक्त शीर्षकमा भिडियो निर्माण नगरेको र यो नै पहिलो सफलता भएको गिनिज बुक अफ वल्र्ड रेकर्डले बताएको छ । यो रेकर्ड गिनिजले बिहीबारबाट दर्ता गरेर आफ्नो वेभसाइटमा राखेको छ । अब चाँडै यसको प्रमाणपत्र आफूहरूलाई प्राप्त हुने पनि निर्देशक खरेलले बताए ।

हुन पनि लामो समयदेखि नेपाली चलचित्र कलाकारिता क्षेत्रमा होमिएको खरेलको टिमले पाएको सफलता सम्पूर्ण नेपाल र नेपालीहरूका लागि गौरवको विषय हो । अग्लो स्थान मात्रै नभएर एकै स्थानमा क्यामेराको एंगल मात्रै चेन्ज गरेर तयार पारिएको भिडियोले संसारकै उच्च सफलता दिएकोमा निर्माण टिमले खुसी व्यक्त गरेका छन् ।

नेपालको रमणीय पर्यटकीय नगरी सोलुखुम्बुको गोक्यो ४ हजार ७ सय ६८ मिटरको उचाइमा १० असोज २०७६ मा यो गीतको छायांकन गरिएको हो । गीतमा हिमाल भनेको संसारको साझा हो र विश्वले यसलाई धर्तीको स्वर्गको रूपमा लिँदै आएको बताइएको छ । हिमालको संरक्षण र प्रवद्र्धनमा सबैले लाग्नुपर्नेमा भिडियोमार्फत जोड दिइएको छ । भिडियोको निर्माण पिम नेपालले गरेको हो ।

(Visited 279 times, 1 visits today)
Loading comments...

आजको समाचार

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत पाएका छन् । आजको प्रदेशसभा बैठकमा उनले विश्वासको मत पाएको सभामुख नेत्रनाथ अधिकारीले...

रियलमा रामोस युग अन्त्य

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडका सर्वाधिक सफल कप्तान सर्जियो रामोसले क्लब छाडेका छन् । रियलले बुधबार नै विज्ञप्ति जारी गर्दै रामोसले क्लब छाड्ने...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

वर्षेनी बाढीको त्रासमा इटहरी गैरीगाउँका बासिन्दा

  इटहरी । झन्डै चार बर्षअघि विनासकारी बाढीबाट इटहरीमा एकै घरका तीन जनासहित दस जना बेपत्ता भए । जसमध्ये ८ जनाको शव भेटियो । दुईजना...

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रारम्भ

काठमाडौं । विगतको वर्ष कोरोनाको महामारीका कारण गत वर्ष आयोजना नसकेको नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२१ बिहीबारबाट सुरु भएको छ । यो महोत्सव आइतबारसम्म...

साताका लोकप्रिय समाचार

निषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य...

बाढी पहिरोको वितण्डा: ६ को मृत्यु, २७ जना बेपत्ता

काठमाडौं । मनसुन शुरु भएसँगै देशभर बढेको वर्षाका कारण जनधनको क्षति हुने क्रम पनि शुरु भएको छ । वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी,...

मेलम्चीकाे पहिराेले निम्ताएको विनाश १६ तस्विरमा (फोटोफचर)

  मेलम्ची । लगातार प्राकृतिक विपत्ती भोगीरहेको सिन्धुपाल्चोकमा मनसुन सुरु भएको पहिलो दिन नै प्राकृतिक विपत्तीबाट ठुलोजनधनको क्षती भएको छ । २०७१ सालदेखि लगातार प्राकृतिक...

ट्रेन्डिङ

गुल्मीका स्थानीय तहमा साढे २३ करोड बेरुजु

गुल्मी । गुल्मीका स्थानीय तहमा अत्याधिक मात्रामा बेरुजु देखिएको छ । दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको गुल्मीमा आर्थिक बर्ष...

कोरोना संक्रमितले खाना खाएको घर र टोल सिल गरियो

सिन्धुली । काठमानैमा मंगलबार कोरोना संक्रमण पुष्टि भएकी महिलाले खाना खाएको आफन्तको घर सहित ५ घर स्थानीय प्रशासनले सिल गरेको छ । कमलामाई नगरपालिका...

मल आयात अलपत्र पर्ने दुई कम्पनीलाई कालोसूचीमा नराख्न उच्च अदालतको आदेश

काठमाडौं । पाटन उच्च अदालतले सम्झौताबमोजिम मल नल्याउने शैलुङ इन्टरप्राइजेज कम्पनीको बैंक ग्यारेन्टी तत्काल जफत नगर्न आदेश दिएको छ । पाटन उच्च अदालतका न्यायाधीश...

सुदूरपश्चिमका गाउँगाउँमा कोरोना सङ्क्रमणको त्रास

बैतडी । गत चैत १४ गते पहिलो पटक कोरोना भाइरसको सङ्क्रमण देखिएको सुदूरपश्चिम प्रदेशमा अहिले तीन हजार ५०० भन्दा बढी नागरिकमा यो सङ्क्रमण पुष्टि...

राहत बाँडने विषयमा कुरा नमिल्दा झडप, १९ घाइते

बीरगञ्ज । लकडाउनले समस्यामा परेकालाई राहत बाड्न नामावली संकलन गर्ने क्रममा पर्सामा झडप हुँदा १९ जना घाइते भएका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर...

टिप्पणी : प्रशासनमा अब्बल घिमिरे अख्तियारमा निरीह

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखको कार्यकाल पूरा गरेर नवीन घिमिरे बिदा भइसकेका छन् । उनी जसरी बिदा भए, वास्तवमा भन्नु पर्दा उनको...

आर्थिक समृद्धि भए राजनीति संस्थागत : उपराष्ट्रपति

स्याङ्जा । स्याङ्जाको वालिङमा आयोजित नेपाल मगर संघको ३८ औं स्थापना दिवसको अबसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले जुनसुकै राजनीतिक परिवर्तन भएपनि...

चैतको भाडा नलिन पोखरा ११ को आग्रह

पोखरा । पोखरा महानगरपालिकाको एउटा वडा कार्यालयले आफ्नो वडामा डेरा भाडामा बस्दै आएकाहरुलाई भाडा नलिन सम्बन्धित घरधनीहरुसँग आग्रह गरेको छ । ...

वामदेवलाई राष्ट्रियसभा मनोनीत गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छन् । वरिष्ठ अधिवक्ता...

भारतका विदेश सचिव हर्षवर्धन काठमाडौंमा, आज को-कोसँग भेट हुँदैछ ?

काठमाडौं । दुई दिने नेपाल भ्रमणका लागि भारतका विदेश सचिव हर्षवर्धन श्रृंगला काठमाडौं आइपुगेका छन् । विदेश सचिव श्रृंगला इन्डियन एयर फोर्सको विमानबाट बिहीबार...

ओलीलाई प्रचण्डको जवाफ : संविधानको हत्या भएको बेला हामी हाँस्न सक्दैनौं

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको हत्या हुँदा हाँस्न नसक्ने बताएका छन् । काठमाडौंको बुद्धनगरमा आयोजित राष्ट्रिय युवा...

राजनीतिक दाउपेचभित्र आरोप र प्रत्यारोप

यतिखेर एकजना पूर्वप्रधानमन्त्रीले बहालवालासहित अन्य दुई जना पूर्वप्रधानमन्त्रीमाथि बूढीगण्डकी जलविद्युत् आयोजनामा ९ अर्ब भाग बिलो लगाएर खाएको र आवश्यक परे त्यसको प्रमाण आफूले दिन...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)