Saturday, April 4, 2020
Home Editor-Picks कोरोना भाइरस : विश्वव्यापी महामारी बन्ने चिन्ता

कोरोना भाइरस : विश्वव्यापी महामारी बन्ने चिन्ता

जेनेभा । विश्वभरि नयाँ संक्रमणका संख्या बढ्दै गर्दा कोरोना भाइरसको प्रकोपले विश्वव्यापी महामारीको स्वरूप लिने चिन्ता बढेको छ । हालसम्म अधिकांश संक्रमण चीनभित्र नै पाइए पनि पछिल्ला केही दिनमा चीनबाहिर पनि यसको संक्रमण तीव्र रूपमा फैलिएको छ । दक्षिण कोरिया, इटली र इरानजस्ता देशमा कोरोना भाइरस (कोभिड–१९) भनिने स्वासप्रश्वासको रोग गराउने संक्रमण रोक्न संघर्षरत रहेका छन् ।

विश्वका विभिन्न भागहरूमा कुनै संक्रामक रोगले एकैपटक खतरा उत्पन्न गराएमा त्यसलाई ‘प्यान्डेमिक’ वा विश्वव्यापी महामारी भनिन्छ । अहिलेसम्म सो नयाँ कोरोना भाइरस संक्रमण रोक्ने कुनै खोप उपलब्ध छैन । कोरोना भाइरसको संक्रमण हाल विश्वमा ७९ हजार ५२४ जनामा देखिएको छ । यस्तै, २ हजार ६ सय २६ जनाको मृत्यु भइसकेको छ भने २५ हजार १ सय ५७ जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन् ।

चीनबाहेक अन्य २६ देशमा कोरोना भाइरसको महामारी फैलिएको छ । त्यसले सयांै मानिस संक्रमति भइसकेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । सोमबार अफगानिस्तान, कुवेत र बहराइनमा समेत पहिलो कोरोना भाइरस संक्रमण पाइएको जनाइएको छ । ती सबै घटनामा इरानबाट फर्किएका मानिसमा सो संक्रमण भेटिएको हो ।

यसअघि डब्लूएचओका प्रमुख टेड्रस एड्हानोम गेहब्रेयससले भाइरस संक्रमण रोक्ने अवसर ‘साँघुरिँदै गएको’ चेतावनी दिएका थिए । बेलायतको इस्ट एङ्लिया विश्वविद्यालयका स्वास्थ्य सुरक्षासम्बन्धी प्राध्यापक पाउल हन्टरले पनि चीनभन्दा बाहिर बढ्दो संक्रमण ‘अत्यन्त चिन्ताजनक’ भएको बताए ।

दक्षिण कोरियाका कोरोना फैलिने क्रम तीव्र
दक्षिण कोरियामा प्राणघातक कोरोना भाइरसको प्रकोपलाई रोक्न राष्ट्रपति मुन जाए–इनले ‘अभूतपूर्व, शक्तिशाली’ कदम चाल्न आह्वान गरेका छन् । तर, पनि कोरोना भाइरसबाट संक्रमितको संख्या बढेको जनाइएको छ ।

केही दिनदेखि संक्रमितको संख्या बढ्दै गएकोमा दक्षिण कोरियामा आइतबार थप १ सय ६१ जनामा संक्रमण देखिएको छ । दक्षिण कोरियामा कुल संक्रमितको संख्या ८ सय ३३ पुगेको सोमबार जनाइएको छ । त्यसैबीच कोरोना भाइरसबाट थप दुई जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या ८ पुगेको अधिकारीले जानकारी दिएका छन् ।

चीनमा मृत्यु हुनेको संख्या २ हजार ५ सय ९२
कोरोना भाइरसको संक्रमणबाट चीनभरि मृत्यु हुने व्यक्तिको संख्या २ हजार ५ सय ९२ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीले सोमबार जनाएका छन्  । गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको वुहान सहरबाट सुरु भएको यस भाइरसका कारण मृत्यु हुने व्यक्तिको संख्या वृद्धि भए तापनि संक्रमितको संख्यामा भने कमी आएको चिनियाँ सरकारले जनाउँदै आएको छ ।

तर गत चार दिनदेखि यस रोगबाट ज्यान गुमाउने व्यक्तिको संख्या लगातार करिब १ सय रहेको जनाइएको छ । पछिल्लो चार दिनदेखि ज्यान गुमाएका यी व्यक्ति सबै हुबेई प्रान्तका बासिन्दा रहेका छन् । भाइरसको सुरुवात भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित छन् । यस भाइरसबाट ८० प्रतिशत संक्रमित र मृत्यु हुने व्यक्तिमा ९५ प्रतिशत हुबेई प्रान्तको रहेका छन् ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले कोरोना भाइरस नियन्त्रणका लागि देशभरि सबैभन्दा उच्च सतर्कता अपनाइएको बताएका छन् । संक्रमित हुनेको संख्या एकाएक अत्यधिक तीव्र गतिमा बढ्न थालेपछि सतर्कता बढाइएको उनले जानकारी दिएका थिए । आगामी केही दिन संक्रमणकालीन अवस्था रहने भएकाले नियन्त्रण तथा उपचारमा पर्याप्त ध्यान दिनुपर्ने उनको भनाइ छ ।

राष्ट्रपति मुनले भाइरस नियन्त्रणका लागि अपनाउनुपर्ने उपायबारे छलफल तथा तयारी भइरहेको पनि जानकारी दिए । ‘सरकारले भाइरस नियन्त्रणका लागि पर्याप्त गृहकार्य र सतर्कता अपनाएको छ । ती सबै काम विज्ञको सुझावका आधारमा गरिएको छ,’ उनले भने ।

इरानमा १२ जनाको मृत्यु
इरानमा फैलिएको कोरोना भाइरसका कारण सोमबारसम्ममा मृत्यु हुने व्यक्तिको संख्या १२ पुगेको संसद्का एक प्रवक्ताले बताएका छन् । संसद्को बन्द सत्रमा सरकारी अधिकारी असादुल्लाह अब्बासीको भनाइ उद्धृत गर्दै अर्धसरकारी समाचार संस्था इस्नाले भाइरसको संक्रमण ४७ जनामा देखिएको जनाएको छ ।

इटालीमा चार जनाको मृत्यु
इटालीमा नयाँ कोरोना भाइरसको संक्रमणबाट सोमबारसम्ममा चार जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीले बताएका छन् । उत्तरी लोम्बार्डी क्षेत्रमा पछिल्लोपटक एक जना ८४ वर्षका वृद्धको कोरोनाकै संक्रमणबाट मृत्यु भएको हो । इटालीको लोम्बार्डीमै यसअघि अरू तीन जनाको कोरोना संक्रमणबाट ज्यान गएको थियो ।

उत्तर कोरियामा सबै विदेशीलाई हिँडडुलमा प्रतिबन्ध
कोरोना भाइरसको संक्रमणबाट बच्न उत्तर कोरियामा भएका सबै विदेशीलाई क्वारेन्टाइनमा राखिएको छ । चीनसँग सीमा जोडिएको उत्तर कोरियामा अहिलेसम्म संक्रमण नदेखिए‍को भए पनि विदेशी कूटनीतिज्ञसहित बाहिरबाट आएका मानिसलाई अलग्गै राखेको छ ।

उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमका अनुसार उत्तर कोरियामा झन्डै ३ सय ८० जना विदेशीलाई क्वारेन्टाइनमा राखिएको र तीमध्ये झन्डै २ सय विदेशी नागरिकलाई विगत ३० दिनदेखि आफ्नो निवासस्थानमा सीमित पारिएको छ । उत्तर कोरियामा अहिलेसम्म कसैलाई संक्रमण भएको पुष्टि भएको छैन ।

कोरियन सेन्ट्रल ब्रोड्कास्टिङ स्टेसनलाई उद्धृत गर्दै दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापले क्वारेन्टाइनमा राखिएका अधिकांश मानिस प्योङ्याङमा कार्यरत विदेशी कूटनीतिक नियोगका कर्मचारी भएको बताएको छ । सुरुमा ३० दिनका लागि भनिएको अवधि सकिएपछि नयाँ क्वारेन्टाइन सुरु गरिएको छ । नयाँ क्वारेन्टाइनको अवधि भने स्पष्ट छैन ।

कोरियन सेन्ट्रल ब्रोड्कास्टिङ स्टेसनका अनुसार विदेशबाट फर्किएका मानिस र असामान्य लक्षण देखिएका मानिसलाई अलग्ग राख्न थालिएको छ । उत्तर कोरिया चीनसँग सीमा जोडिएको देश हो । एक विज्ञका अनुसार उत्तर कोरियामा थोरै मात्रै विदेशी छन् । करिब २ सय जना मात्रै पश्चिमा छन् ।

उत्तर कोरियाले बर्सेनि हुने प्योङ्याङ म्याराथुन रद्द गरेको छ । सो प्रतियोगितामा संसारभरका खेलाडीहरूले भाग लिने गरेका थिए । चीनसँग सीमा जोडिएको उत्तरी प्योङगान प्रान्तमा कोरोना भाइरसजस्तै लक्षण देखिएपछि करिब ३ हजार जनालाई निगरानीमा राखिएको स्टेसनले जनाएको छ ।

छिमेकी दक्षिण कोरियामा अहिलेसम्म ८ सय ३३ जनामा संक्रमण भएको र तीमध्ये ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । संक्रमित व्यक्तिको संख्या फेरि ह्वात्तै बढेको अधिकारीले बताएका छन् । यो वृद्धिसँगै दक्षिण कोरियामा संक्रमित व्यक्तिको संख्या चीनबाहिर सर्वाधिक पुगेको छ ।

(Visited 102 times, 2 visits today)
Loading comments...

HAMRO PATRO

प्रमुख

मन्त्रिपरिषदको निर्णय : भोलिबाट लकडाउनमा थप कडाइ

काठमाडौं । सरकारले लकडाउन थप कडा बनाउने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन...

२५ जनाको ज्यान लिने चितुवालाई चितवन लगियो

बैतडी । बैतडीको मेलौली नगरपालिका ९ असुरमा खोरमा फसेको चितुवालाई उद्धार शनिबार गरिएको छ । बिहीबार राती चितुवा खोरमा फसेको...

अब लकडाउन बढ्छ कि बढ्दैन ? आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज शनिबार ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठकमा मुलुकभर लगाइएको...

कोरोनाबाट भारतमा एकै दिन १६ को मृत्यु, संक्रमणको उच्च जोखिम

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट शुक्रबार एकैदिन १६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या...

भर्खरै

भारतबाट आएका हजार जना आफ्नै घरमा , काेराेन संक्रमणकाे खतरा !

दार्चुला । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन यहाँक ११ वटै पालिकाले अपनाएको उच्च सतर्कतामा चुनौती थपिएको छ । भारतलगायत...

उपचार नगरी बिरामी फर्काउने अस्पताल बन्द गर्ने सरकारको चेतावनी

पोखरा । गण्डकी प्रदेश सरकारले काेराेनाकाे आशंकामा बिरामीकाे उपचार नगर्ने प्रदेश क्षेत्रका निजी तथा सामुदायिक अस्पताललाई कारबाहीकाे...

मन्त्रिपरिषदको निर्णय : भोलिबाट लकडाउनमा थप कडाइ

काठमाडौं । सरकारले लकडाउन थप कडा बनाउने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन...

नेपाली रोटरियनबाट कोरोनाविरुद्ध रु एक करोड सहयोग

काठमाडौं । नेपाली रोटरियनहरुले कोरोनाविरुद्धको कार्यक्रमका लागि नेपाल सरकारलाई रु एक करोड सहयोग गर्ने भएका छन् । स्थानीय सरकार तथा अस्पतालसँग सहकार्य...

धेरै पढिएका

भारतबाट आएका हजार जना आफ्नै घरमा , काेराेन संक्रमणकाे खतरा !

दार्चुला । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन यहाँक ११ वटै पालिकाले अपनाएको उच्च सतर्कतामा चुनौती थपिएको छ । भारतलगायत...

उपचार नगरी बिरामी फर्काउने अस्पताल बन्द गर्ने सरकारको चेतावनी

पोखरा । गण्डकी प्रदेश सरकारले काेराेनाकाे आशंकामा बिरामीकाे उपचार नगर्ने प्रदेश क्षेत्रका निजी तथा सामुदायिक अस्पताललाई कारबाहीकाे...

मन्त्रिपरिषदको निर्णय : भोलिबाट लकडाउनमा थप कडाइ

काठमाडौं । सरकारले लकडाउन थप कडा बनाउने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन...

नेपाली रोटरियनबाट कोरोनाविरुद्ध रु एक करोड सहयोग

काठमाडौं । नेपाली रोटरियनहरुले कोरोनाविरुद्धको कार्यक्रमका लागि नेपाल सरकारलाई रु एक करोड सहयोग गर्ने भएका छन् । स्थानीय सरकार तथा अस्पतालसँग सहकार्य...

ई-पेपर

(Visited 24 times, 1 visits today)