१ हजार ७०३ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा एक हजार ७०३ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १० हजार ४६०जनाको स्वास्थ्य परीक्षण गर्दा एक हजार ७०३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख २९ हजार ३४३ पुगेको छ । पछिल्लो समय एक हजार २३६ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या २ लाख ९ हजार ४३५ पुगेको मन्त्रालयले जनाएको छ । देशभर १७ हजार २३७ सक्रिय सङ्क्रमित छन् । देशभर ६०१ जना क्वारेन्टिनमा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 190 times, 1 visits today)

epaper

ताजा समाचार

नारायणी अस्पतालको आकस्मिक सेवा बन्द, बिरामी प्रभावित