जब श्रीमतिलाई फोन गरेर भने तपाईको श्रीमानलाई गोली लाग्यो …

तुलसीपुर । भारतीय नम्बरबाट शुक्रबार बिहान नौ बजे श्रीमती भगवती केसीलाई फोन आयो अपरिचित भारतीय नम्बरबाट । फोन त आयो तर दुःखद घटनाको फोन । तपाईको श्रीमानलाई गोली लागेको छ भेट्न आउनुस म उहाँको साथी हो । त्यसको लगतै बुबा लालबहादुर केसीले सोही नम्बरमा फोन गरेर विस्तृत रुपमा बुझ्दा मृत्यु भइसकेको भन्ने जानकारी आयो ।

‘भारतको जम्मुकश्मिरमा डिउटी बसीरहेका बेला ४÷५ जना सररर कारमा आएर गाडीमा ओर्लने बित्तीकै गोली हानेर भागेछन् ,’ दाइ तुलसी केसीले भने ‘उसंगै उसको भारतीय साथीको पनि मृत्यु भएछ ।’

अघिल्लो दिन, जनवरीमा विदा हुन्छ त्यसपछि आउँछु भनेर बा–आमा, श्रीमती र छोराछोरीसंग भिडियो कल गरेर विदा भएका तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा निबासी प्रेम केसी घरमा कहिल्यै नआउने गरि विदेशी भूमिमा प्राण त्यागे ।
डिउटीमा बसेका प्रेमलाई दुस्मनले एका बिहानै करिब ५ बजे निशाना बनाए ।

१३ बर्ष अघि भारतीय सेनामा जागीर खाएका प्रेम सेनाको नायकसम्म पुगेका थिए । श्रीमानको मृत्युको खबरले भावव्यहोल भएकी श्रीमती छिनछिनमा मूर्छा पर्ने र बेहोस हुने गर्छिन् । उनलाई अहिलेसम्म राम्ररी होस समेत आउन सकेको छैन् । प्रेमका ५ बर्षका छोरा आरब र ७ बर्षकी छोरी अनु छन् । घटनाको जानकारी पाएपछि बुबा लालबहादुर छोराको शव ल्याउन भारतको लखनउ गएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 221 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम