Saturday, April 4, 2020
Home प्रदेश प्रदेश ३ क्यान्सर अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्नुपर्छ : गृहमन्त्री थापा

क्यान्सर अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्नुपर्छ : गृहमन्त्री थापा

चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न सरकार सकारात्मक रहेको बताएका छन्। अस्पतालको आज निरीक्षणपछि प्रतिक्रिया दिँदै उनले यस अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्नुपर्ने बताए ।

अस्पताललाई थप अत्याधुनिक बनाएर देशकै क्यान्सर रोग उपचारको प्रमुख केन्द्रका रुपमा विकास गर्नुपर्ने पनि बताए । ‘सुखी नेपाली स्वस्थ नेपाली’ भन्ने सरकारको नारालाई यस अस्पतालले सार्थक बनाएको उहाँको भनाइ थियो । देशभर र छिमेकी देशबाट समेत बिरामी उपचारका लागि आउने यस अस्पतालमा बिरामीले दुःख पाउन नहुने बताए । उनले स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति भएकाले यसमा सरकारको विशेष जोड रहेको पनि उल्लेख गरे ।

सो अवसरमा अस्पतालका नवनियुक्त अध्यक्ष डा निर्मल लामिछाने, कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्य र कानून अधिकृत गोकर्ण सापकोटाले अस्पतालका विषयमा जानकारी गराएका थिए । तीन वर्षअघि सो अस्पताल अस्तव्यस्त बनेपछि स्थानीय प्रशासनले हस्तक्षेप गरी निगरानीमा राखेको थियो । त्यसपछि कार्यकारी निर्देशकमा आचार्य नियुक्त भएसँगै अस्पतालले सुधारको बाटो लिएको हो । मन्त्री थापाले आजै भरतपुर महानगरपालिका–१६ मा निर्माण भएको क्रुजको अवलोकन र परीक्षण यात्रा पनि गरेका छन् ।

(Visited 134 times, 1 visits today)
Loading comments...

HAMRO PATRO

प्रमुख

नेपालभित्रै पहिलोपटक कोरोना संक्रमित भेटियोे, संक्रमितको संख्या ९ पुग्यो

काठमाडौं । नेपालमा नै बस्दै आएका व्यक्तिमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि विदेशबाट आएका व्यक्तिमा मात्र कोरोना संक्रमण...

अब लकडाउन बढ्छ कि बढ्दैन ? आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज शनिबार ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठकमा मुलुकभर लगाइएको...

कोरोनाबाट भारतमा एकै दिन १६ को मृत्यु, संक्रमणको उच्च जोखिम

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट शुक्रबार एकैदिन १६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या...

स्वास्थ्य सेवा विभागका महानिर्देशकसँग अख्तियारको सोधपुछ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्यजन्य उपकरण खरिदमा अनियमितता भएको विषयमा छानबिन प्रक्रिया अघि बढाउँदै स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठसँग...

भर्खरै

कोरोना संक्रमित कोरियाली चिकित्सकको मृत्यु

सउल । कोरोना भाइरसबाट संक्रमित एक कोरियाली चिकित्सकको शुक्रबार बिहान मृत्यु भएको छ । दक्षिण कोरियाको थेगुस्थित एक अस्पतालमा कार्यरत...

नेपालभित्रै पहिलोपटक कोरोना संक्रमित भेटियोे, संक्रमितको संख्या ९ पुग्यो

काठमाडौं । नेपालमा नै बस्दै आएका व्यक्तिमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि विदेशबाट आएका व्यक्तिमा मात्र कोरोना संक्रमण...

थप ३ जनामा कोरोना भाइरस संक्रमण

काठमाडौं । कोरोना भाइरस संक्रमित थप ३ जना फेला परेका छन् । आज शनिबार ३ जनामा संक्रमण भएको पुष्टि भएको हो ।...

प्रधानमन्त्रीद्वारा एक्यबद्धता प्रकट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकार र त्यहाँका जनताप्रति एक्यबद्धता प्रकट गरेका छन् । कोरोना भाइरसको सामना गर्दागर्दै दिवङ्गत भएका...

धेरै पढिएका

ई-पेपर

(Visited 23 times, 1 visits today)