अछाममा बस दुर्घटना हुँदा एकको मृत्यु, १७ यात्रु घाइते

डोटी । अछाम सदरमुकाम मङ्गलसेनबाट कैलालीतर्फ जाँदै गरेको ना ४ ख ९९७२ नम्बरको बस आज बिहान चौरपाटी गाउँपालिका मार्कुमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १७ यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारीअनुसार उक्त दुर्घटनामा परी मृत्यु हुनेमा साँफेबगर नगरपालिका–३ का १९ वर्षीया नीरज कुँवर रहेका छन् । बस दुर्घटनामा परी घाइते भएका १७ जनालाई उपचारका लागि जिल्ला अस्पताल अछाम लगिएको जिल्ला ट्राफिक कार्यालयका ट्राफिक प्रहरी देवेन्द्र खड्काले बताए ।

उनले भने, ‘घटनासम्बन्धी अन्य विवरण आउन बाँकी छ’ घाइतेको टाउको, ढाड तथा हात खुट्टामा बढी चोट लागेको बताइएको छ । बस सडकबाट ५० मिटर तल खसेको थियो । रासस

तपाइको प्रतिक्रिया
(Visited 380 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिने सरकारको निर्णय

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदानका दिन सवारीसाधन नचल्ने, उम्मेदवार र प्रतिनिधिले पास लिनुपर्ने