१ सय ९७ वर्षपछि विश्व बजारमा नेपालको चिया नेपाली लोगोमा

इलाम । चिया किसानले आन्दोलन नगरी आफ्नो पारिश्रमिक नपाए पनि चिया रोपेकोे १ सय ९७ वर्षपछि नेपाली चियाको लोगो विश्वका दुई देशमा दर्ता भएको छ । लोगो दर्तासँगै विश्व बजारमा नेपाली चियाले प्रतिस्पर्धा गर्नसक्ने भन्दै चिया किसानलाई ढुक्क हुन चिया तथा कफी विकास बोर्डले किसानलाई आग्रह गरेको छ ।

चिया उत्पादनको १सय ९७ वर्षपछि चियाको राजधानीमा नै चियाको लोगो सार्वजनिक गरिएको र १२ जना उद्यमीले ट्रेडमार्क पाइसकेको र चार महिनाको अन्तरालमा अमेरिका र भारतका चियाको लोगो दर्ता भएको चिया तथा कफी विकास बोर्डका निर्देशक विष्णु भट्टराईले बताए ।

उनले भने, ‘भारत र अमेरिकामा नेपाली चियाको लोगो दर्ता भइसकेको भएपनि सम्झौताको हार्ड कपी आएको छैन,’औपचारिक रूपमा हार्डकपी नआएपनि सम्झौता सम्पन्न भइसकेकाले चिया किसानलाई ढुक्क हुँदा हुन्छ ।’ विश्व बजारमा नेपालको चिया नेपाली लोगोमा जान थालेपछि आउने दिनमा चियाको माग बढ्ने भएकाले यसको तयारी थाल्न किसानलाई भट्टराईले आग्रह गरे ।

विश्व बजारमानेपालबाट चियाको भन्दा कफीको बढी माग आउने गरेको छ । नेपालमा वार्षिक ६ मेट्रिक टन मात्र कफी उत्पादन हुने गरेको भएपनि १९ मेट्रिक टन कफीको माग रहेको र ५० हजार कफीका बिरुवा उत्पादन गर्ने किसानलाई समेत ५० प्रतिशत अनुदान दिने भट्टराईको भनाइ छ । उनी भन्छन्, ‘चियालाई विश्व बजारमा प्रतिस्पर्धा गराउन सक्नेगरी अघि बढ्नुपर्ने रहेको देखिन्छ । विश्व बजारमा चियाको जति धेरै माग बढ्छ उति नै धेरै गुणस्तरीय चिया उत्पादनमा किसान लाग्नुपर्नेहुन्छ ।’ तर, सरकारी चिया बगान निजी क्षेत्रलाई हस्तान्तरण गरेपछि चिया क्षेत्रमा समस्या भएको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए । बस्नेतले भने ‘हालसमेत चिया मजदुर आन्दोलित हुनुपर्ने अवस्था भएकाले स्थानीय तहले सांघाई ग्रुपलाई लिजमा दिएको चिया बगान फर्काउन कदम चालेपछि सम्बन्धित निकायले वास्ता नगर्दा मजदुरले समस्या भोगिरहेका छन् ।’

तपाइको प्रतिक्रिया
(Visited 925 times, 1 visits today)

epaper

ताजा समाचार

तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा २ लाख ५० हजार बढी विस्थापित