रोनाल्डोको ७ सय ५० गोल

टुरिन । पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो व्यावसायिक खेल करियरको ७५०औं गोल पूरा गरेका छन् । च्याम्पियन्स लिगमा बुधबार राति डाइनामो किएभमाथि ३–० को सहज जित निकालेको खेलमा रोनाल्डोले एक गोल गर्दै आफ्नो व्यावसायिक खेल करियरमा ७५० गोल पूरा गरेका हुन् । ३५ वर्षीय रोनाल्डोले स्पेनिस क्लब रियाल मड्रिडबाट ४५०, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट ११८, पोर्चुगलको राष्ट्रिय टोलीबाट १०२, युभेन्टसबाट ७५ र पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनबाट ५ गोल गरेका छन् । यस्तै, यस खेलबाट नै स्टेफेन फ्रापपार्ट च्याम्पियन्स लिग खेलाउने पहिलो महिला रेफ्री बनेकी छन् । फ्रान्सकी स्टेफेन फ्रापपार्टले गत वर्ष अप्रिलमा फ्रेन्च लिग वान खेलाएकी थिइन् । उनले च्याम्पियन्स लिगको डेब्यु खेलमा तीन खेलाडीलाई पहेलो कार्ड देखाइन् । किएभको एक पेनाल्टीलाई अस्वीकार गरेकी थिइन् ।
घरेलु मैदानमा युभेन्टसको सहज जितमा रोनाल्डोसँगै अल्भारो मोराटा र फेडरिको चियसाले गोल गरे ।

रोनाल्डोले एक गोल गर्दै आफ्नो व्यावसायिक खेल करियरमा ७५० गोल पूरा गरेका हुन् । ३५ वर्षीय रोनाल्डोले स्पेनिस क्लब रियाल मड्रिडबाट ४५०, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट ११८, पोर्चुगलको राष्ट्रिय टोलीबाट १०२, युभेन्टसबाट ७५ र पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनबाट ५ गोल गरेका छन्

एलिएन्ज स्टेडियममा घरेलु टोलीले खेलको २१औं मिनेटमा फेडरिको चियासाको गोलबाट अग्रता लिएको थियो । उनले एलेक्स सान्द्रोको पासमा गोल गरेका थिए । ५७औं मिनेटमा रोनाल्डोले अल्भारो मोराटाको पासमा गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे । ६६औं मिनेटमा फेडरिको चियसाको पासमा मोराटाले गोल गर्दै युभेन्टसलाई ३–० को सहज जित दिलाए । यो जितसँगै युभेन्टस समूह ‘जी’बाट नकआउट चरणमा पुग्न सफल भएको छ । शीर्षस्थानको बार्सिलोना पनि अन्तिम १६ मा पुग्न सफल भएको छ । किएभ र फेरेन्कभारोसको समान १ अंक छ । यही समूहको अर्काे खेलमा कप्तान लियोनेल मेस्सीविना क्याटलान क्लब बार्सिलोनाले हंगेरियन क्लब फेरेन्कभारोसलाई उसकै मैदानमा ३–० ले हराएको छ । पुस्कास एरिनामा बुधबार राति भएको खेलमा बार्सिलोनाको सहज जितमा एन्टोइन ग्रिजमन, मार्टिन ब्रेथवेट र औसमाने डेम्वेलेले गोल गरे । सबै तीन गोल पहिलो हाफको २८ मिनेटभित्र सम्भव भएको थियो ।

पीएसजीको सम्भावना जीवित

निकै नै महत्वपूर्ण खेलमा ब्राजिली स्टार फरवार्ड नेयमारको दुई गोल गरेपछि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले यूईएफए च्याम्पियन्स लिगको समूह चरणको पाँचांै राउन्डको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई उसकै मैदानमा ३–१ को सानदार जित हात पारेको छ । यससँगै पीएसजीले अघिल्लो महिना घरेलु मैदानमा बेहोरेको २–१ को हारको बदला लिएको छ । ओल्डट्राफोर्डमा पीएसजीको जितमा कप्तान मार्किन्हसले पनि गोल गरे । घरेलु टोलीका लागि मार्कुस रासफोर्डले गरेको गोल सान्त्वना बन्यो । यो जितसँगै समूह ‘एच’मा पीएसजी ९ अंक जोडेर दोस्रो स्थानमा यथावत रहदै नकआउट चरण पुग्ने सम्भावना जीवितै राखेको छ । समान ९ अंक भए पनि युनाइटेड गोल अन्तरमा अघि छ । यही समूहको अर्काे खेलमा जर्मन क्लब आरबी लाइप्जिगले टर्किस क्लब इस्तानबुल बेसाकसेहिरमाथि ४–३ को रोमाञ्चक जित निकाल्दै नकआउट चरण पुग्ने सम्भावना जीवितै राखेको छ । अब यो समूहबाट तीन टोली म्यानचेस्टर, पीएसजी र लाइप्जिगबाट दुई टोलीले नकआउट चरणमा स्थान पक्का गर्नेछन् ।

जिरुडको चार गोल

फ्रेन्च फरवार्ड ओलिभर जिरुडको चार गोल गरेपछि लन्डन क्लब चेल्सीले स्पेनिस क्लब सेभियामाथि उसकै मैदानमा ४–० को सानदार जित हात पार्दै समूह ‘ई’बाट समूह विजेता बन्दै प्रि–क्वार्टरफानलमा पुग्न सफल भएको छ । ओलिभर जिरुड सन् २०१० पछि एकै खेलमा चार गोल गर्ने पहिलो खेलाडी बनेका छन् । २०१० मा हालका प्रशिक्षक फ्रान्क लाम्पार्डले प्रिमियर लिगमा एस्टन भिल्लाविरुद्ध चार गोल गरेका थिए ।

यो फराकिलो जितसँगै अपराजित रहेको चेल्सी चेल्सीको ५ खेलबाट १३ अंक छ । पराजित सेभिया १० अंकसहित दोस्रो हुदै नकआउट चरणमा प्रवेश गरेको छ । क्रास्नोडरको ४ तथा रेनेसको १ अंक छ ।

यही समूहको अर्काे खेलमा रसियन क्लब क्रास्नोडरले फ्रेन्च क्लब रेनेसमाथि १–० को जित दर्ता गर्दै युरोपा लिगको प्ले अफ खेल्न सम्भावना बलियो बनाएको छ ।

डर्टमुन्ड नकआउट चरणमा

जर्मन क्लब बोरुसिया डर्टमुन्ड युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति घरेलु मैदानमा इटालियन क्लब लाजियोसँग १–१ गोलको बराबरीमा रोकिए पनि डर्टमुन्ड शीर्षस्थानमा रहँदै अन्तिम १६ मा पुग्न सफल भएको हो ।

सिग्नल इडुना पार्कमा बुधबार राति भएको खेलमा घरेलु टोलीमा राफयल गुरेइरोले गोल गर्दा लाजियोका सिरो इमोबिलले पेनाल्टीमार्फत बराबरी गोल फर्काएका थिए । यो समूह ‘एफ’बाट डर्टमुन्डले नकआउट चराण्मा स्थान पक्का गदा लाजियो र क्लब ब्रगमध्ये एक टोलीले नकआउट चरणमा स्थान बनाउनेछ । यी दुई टोलीबीच अर्काे साता प्रतिस्पर्धा हुँदै छ । डर्टमुन्डले जेनिथसँग प्रतिस्पर्धा गर्दै छ । समूह चरणको अन्तिम खेलबाट नै समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ । डर्टमुन्ड १० अंक जोडेर शीर्षस्थानमा रहँदा लाजियोको ९ तथा क्लब ब्रगको ७ अंक छ । जेनिथ सेन्ट पिटर्सवग १ अंकसहित पुछारमा छ । यही समूहको अर्काे खेलमा बेल्जियन क्लब ब्रगले रसियन क्लब जेनिथमाथि ३–० को सहज जित निकाल्दै नकआउट चरण पुग्ने सम्भावना जीवितै राखेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 176 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

इलाममा गर्भवती विमलाको शव गाडिएको अवस्थामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मेन्छ्यायेम गाउँपालिकामा एमालेका खापुङ र कांग्रेसकी तिम्सिना निर्वाचित