हर्षिका श्रेष्ठ पनि सानो पर्दामा

काठमाडौं । कोरोना (कोभिड–१९) संक्रमणका कारण नेपाली चलचित्र उद्योग विगत नौ महिनादेखि ठप्प छ । चलचित्रको छायांकन अझै राम्ररी हुन नसक्दा अभिनेता अभिनेत्रीहरू म्युजिक भिडियोदेखि टेली चलचित्रतिर व्यस्त हुन थालेका छन् ।
यसैक्रममा अभिनेत्री हर्षिक श्रेष्ठसँग पनि पछिल्लो एक वर्षभन्दा लामो समयदेखि चलचित्र छैन । सोही कारण उनी पनि टेली चलचित्रतर्फ आकर्षित भएकी छन् ।

सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा तयार भएको टेलिसिरियल ‘सम्बन्ध’मा उनले शीर्ष भूमिका निर्वाह गरेकी छन् । निर्देशक कुमारका अनुसार यो टेलिसिरियल आगामी ३ माघबाट हरेक शनिबार बिहान ९ बजे प्राइम टाइम्स एचडीबाट प्रसारण हुनेछ । अभिनेत्री हर्षिकाका अनुसार यो पारिवारिक टेली शृंखलाको कथा र टिम आफूलाई मन परेका कारण उनले यसमा काम गरेकी हुन् । अहिलेको अवस्थामा दर्शकमाझ पुग्नका लागि टेलिचलचित्र पनि उपयुक्त माध्यम भएको यी अभिनेत्रीको कथन छ ।

यसैबीच यस टेलिचलचित्रको शीर्ष गीत सार्वजनिक गरिएको छ । गीतमा नवीन पन्तको शब्द, विकास चौधरीको संगीत र उषा मलह (सिम्रन)को स्वर छ । गीत रेडबर्ड युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

यो टेलिशृंखलामा अभिनेत्री हर्षिका श्रेष्ठसहित, शिशिर राणा, सपना श्रेष्ठ, पुष्कर राउत, अस्मिता जुरेली, श्रेया दुलाल, प्रदीप गिरी, सुरेश क्षत्री, उग्रसेन ढुंगाना, रवीन्द्र अधिकारीको अभिनय रहेको छ ।

काठमाडौंका विभिन्न स्थानमा छायांकन भएको टेलिफिल्ममा रामेश्वर हुमागाईंको छायांकन, विकास चौधरीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र बन्दे प्रसादको सम्पादन छ । गीता आचार्य, प्रवेश आचार्य, रवि केसी र सरला भण्डारी निर्माता रहेको टेली सिरियलको प्रस्तुतकर्ता करुणा आचार्य हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 330 times, 1 visits today)

epaper

ताजा समाचार

जिल्ला प्रशासन कार्यालय मोरङअगाडि प्रदर्शन