पूर्वमा जुर्मुराउँदै साहित्यिक माहोल

इटहरी । लामो समयदेखि नभइरहेको भेटघाट तथा जमघटभन्दा अलिक पर रहेको इटहरीमा रहेको क्यानभास साहित्य समाजले साहित्यिक कार्यक्रमको आयोजना गरेको छ । शनिबार समाजले कोरोना कहरले नेपाली साहित्यमा पारेको प्रभाव’bout विचार गोष्ठी सम्पन्न गरेको हो ।

सुनसरीको इटहरी–२ मा रहेको संगीत साधना प्रतिष्ठानको सभाहलमा आयोजना गरिएको साहित्यिक गोष्ठीमा बोल्दै संस्थाका सल्लाहकार, साहित्यकार, प्राडा भीम खतिवडाले कोरोना कहरले साहित्य लेख्नमा नव स्रष्टालाई प्रोत्साहन गरेको तर्क गरे ।
उनले भने, ‘बीचको समयमा भेटघाटका कार्यक्रम हुन नसेके पनि यसले साहित्यमा सकारात्मक प्रभाव पारेको छ,’ उनले पछिल्लो समय मानिसलाई जातीय विभेदको अवस्थाले थिचिरहेको उद्धृत गर्दै भने, ‘हामीकहाँ अहिले पनि जातीय विभेदले समाज परिवर्तन हुन सकिरहेको छैन तर यसले साहित्यमा कुनै विभेद पारेको छैन र पार्नुहुँदैन ।’

कार्यक्रममा अग्रज कवि मनु मन्जिलले अहिले उदाउँदै गरेका कवि पुस्ता चिन्तनशील नरहेको तर्क गरे । उनले भने, ‘कविता भनेको साधना हो, साधना भयो भने मात्र एउटा राम्रो कविता बन्छ,’ उनले साहित्यिक गतिविधिमा सक्रिय रहेको क्यानभासबाट उक्त कार्यक्रमको आयोजना हुनु अनुकरणीय रहेको तर्क गर्दै भने, ‘कविता लेख्नका लागि गहिरो अध्ययन गर्न आवश्यक छ, जस्तो एउटा संगीतकारले गीत रेकर्ड गर्दा कति साधना गर्नुपर्ला ? त्यस्तै नै हो कविता पनि ।’

कार्यक्रममा कवि विनय सरगमले अग्रज पुस्ताले नव स्रष्टालाई समेट्न नसकेको गुनासो व्यक्त गरे । उनले भने, ‘पूर्वमा सिंगो नेपाली साहित्यका आकाशहरू हुनुहुन्छ, तर नव स्रष्टालाई भने उहाँहरूले समेट्न नसकिरहेको अवस्था छ ।’

कार्यक्रममा कविहरू बद्री भिखारी, देवान किराँती, सुदीप पाख्रीन, सन्तोष थेवे, रोमु अधिकारी, राज आशातीत, नवराज मैनाली, रामप्रसाद खरेल, सुविद गुरागाईं, विकेश कविन, किरण चौलागाईं, अस्मिता भट्टराई, दीपा वाग्ले, पुस्तिका भण्डारी, किरण शिवा, विनोद राई, सुमन रेग्मी, मिलन चाम्लिङ, मनोज दाहाललगायतले कविता र गजल वाचन गरेका थिए ।

पूर्वको धरान, इटहरी, केराबारीलगायतका स्थानबाट तीन दर्जन बढी साहित्यकारको उपस्थिति रहेको थियो । कार्यक्रममा क्यानभास साहित्य समाजका अध्यक्ष भरत दाहलले पछिल्लो समय कोरोनाले नेपाली साहित्यमा पनि प्रभाव पारेकाले जमघटका कार्यक्रमको आयोजना नभएकाले उक्त कार्यक्रमको आयोजना गरिएको बताए । उनले भने, ‘साहित्यका कार्यक्रमलाई निरन्तरता दिऊँ भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हो ।’

क्यानभास साहित्य समाजले २०७२ सालदेखि इटहरी क्षेत्रमा रहेर साहित्यिक गतिविधिका कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 288 times, 1 visits today)

epaper

ताजा समाचार

आईसीसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट : नेपालले क्यानडासँग खेल्दै, शीर्ष ६ मा स्थान सुरक्षित गर्ने अवसर