Thursday, April 22, 2021
Home प्रदेश प्रदेश ४ भारतीय सेनामा भर्ती हुन नसकेपछि मानसिक सन्तुलन गुम्यो, अनि बाँधिए साङ्लोमा

भारतीय सेनामा भर्ती हुन नसकेपछि मानसिक सन्तुलन गुम्यो, अनि बाँधिए साङ्लोमा

,

लमजुङ । लमजुङमा ३० वर्षसम्म फलामको साङ्लोमा बाँधिएर पशुतुल्य जीवन बिताइरहेका एक व्यक्तिको उद्धार गरिएको छ । लमजुङको दोर्दी गाउँपालिका–९ हिलेटक्सार माझगाउँका ४९ वर्षीय इमानसिंह गुरुङलाई श्रीमानव सेवा आश्रम लमजुङले प्रशासनको सहयोगमा उद्धार गरी जिल्ला सदरमुकाम ल्याएको हो ।

गुरुङलाई उनको परिवारले साङ्लोले बाँधेर राखेको भन्ने जानकारी पाएपछि प्रशासनसहितको टोली उद्धारका लागि उनको घरमा पुगेको थियो । दाहिने हातमा फलामको साङ्लोले बाँधेर राखिएको अवस्थामा भेटिएका उद्धार टोलीले जनाएको छ । १८ वर्षको उमेरमा मानसिक सन्तुलन गुमाएका गुरुङको उपचार हुन नसकेपछि आफ्नै घरमा साङ्लोमा बाँधिन विवस थिए । बाँधेर राखिएको अवस्थामा आफूहरूले उद्धार गरी ल्याएको श्रीमानव सेवा आश्रम लमजुङका संयोजक अनिता अधिकारीले बताइन् ।

‘दोर्दी गाउँपालिकाका पदाधिकारी, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयको समन्वयमा उद्धार गरी श्रीमानव सेवा आश्रममा ल्याइएको होे ।’ उनले भनिन् ।

आफ्नै परिवारले साङ्लोमा बाँधेर राखेको छ भन्ने खवर पाएपछि उद्धारका लागि पहल गरिएको अधिकारीले जानकारी दिइन् । उनले भनिन्, ‘आश्रमले गुरुङका लागि आवश्यक पर्ने सबै सहयोग औषधी उपचारदेखि लालनपालन सबै गर्ने र निको भएपछि पारिवारिक पुनर्मिलन गराइनेछ ।’

झाँक्रीदेखी डक्टर समेतले निकाे पार्न सकेनन्

मानसिक सन्तुलन गुमेपछि उपचारका लागि धेरै ठाउँ पु-याउँदा पनि निको नभएपछि आफ्नै घरमा साङ्लोले बाँधेर राखेको गुरुङका ठूलो दाजु बेनीराम गुरुङले बताए ।

‘यतिकै राख्दा परिवारलाई आक्रमण गर्ने जे पाउँछ त्यही टिपेर अरूलाई हिर्काउने, घर भत्काउनेलगायतका क्रियाकलाप गर्न थालेपछि साङ्लोले बाँधेर राख्नुपरेको हो ।’ उपचारका लागि काठमाडांै, चितवन, पोखरादेखि भारतसम्म पु-याएको तर निको नभएको उनको भनाइ छ ।

भर्ती हुन नपाएपछि गुमेकाे मानसिक सन्तुलन

गुरुङ चार दाजुभाइमध्येका कान्छा हुन् । १८ वर्षको उमेरमा भारतीय सेनामा भर्ती हुनका लागि भारत गएको र भर्ती हुन नसकेपछि घर फर्केको र मानसिक सन्तुलन गुमेको उनका माइला दाजु यमप्रसाद गुरुङले बताए । उनका अनुसार गाउँघरमा गरिने धामीझाँक्रीदेखि डाक्टरकोमा लगेर उपचार गरेको हो ।

‘उपचार गराउनका लागि सम्भव भएसम्म सबै ठाउँमा पु-याउँदा पनि निको नभएपछि परिवारले घरमै बन्धक बनाएर साङ्लोले बाँधेर राख्न बाध्य भयौं ।’ उनले भने ।

भाइको मानसिक सन्तुलन गुमेपछि परिवार र गाउँलेलाई धेरै दुःख दिएको उनले जानकारी दिए । ‘गुरुङलाई भत्किएको कोठामा फलामको सांलोले बाँधेर पशुतुल्य बनाई राखिएको रहेछ, हामी उनको घरमा पुग्दा सुत्न बस्नका लागि एउटा फलेक ओच्छाइएको थियो । कुनै पनि कपडा थिएन । साथमा एउटा कम्मल मात्र थियो,’ श्रीमानव आश्रमकी संयोजक अनिताले भनिन् ।

गुरुङका बाबाआमा छउञ्जेल बाबा आमाले हेरचार गर्दै आए पनि करिब १० वर्षअघि बाबाआमाको मृत्यु भएपछि गुरुङलाई ठूलो दाइ बेनीरामले हेरचाह गर्दै आएको उनको परिवारको भनाइ छ । परिवारका अनुसार मानसिक सन्तुलन गुमेका गुरुङले आफू बस्दै आएको कोठाको भित्ताको पर्खाल पनि भत्काइदिएका थिए ।

२०७३ साल चैत्र १२ गते लमजुङमा स्थापना भएको श्रीमानव सेवा आश्रमले हाल गुरुङसहित ७२ जनालाई सेवा दिएको छ । आश्रमले निको भइसकेपछि १३ जनालाई पारिवारिक पुनर्मिलन गराएको छ । १८ जनालाई लमजुङबाट अन्य ठाउँमा स्थान्तरण गरिएको छ । ६ जनाले स्वयेच्छाले आश्रम छोडेका छन् । ८ जनाको आश्रममै मृत्यु भएको छ । हाल ५ जना बालबालिका, ११ जना महिला र १० जना पुरुष गरी २६ जनाले सेवा लिइरहेको आश्रमका संयोजक अनिताले बताइन् ।

(Visited 177 times, 1 visits today)
Loading comments...

आजको समाचार

क्लेप्टोमेनियाँ रोगको बिगबिगी

क्लेप्टोमेनियाँ एउटा मानसिक रोग हो । यो रोगले प्रभावित मानिसमा अरूको सामान, सम्पति वा कुनै पनि वस्तु चोरूँ चोरूँ जस्तो लाग्दछ । सामान्यतया मानिसमा...

पाकिस्तानको सेरेना होटलमा बम विस्फोट, चार जनाकाे मृत्यु

एजेन्सी । पाकिस्तानी क्वेटा शहरस्थिति एउटा होटलमा बुधबार राती भएको बम विस्फोट परी कम्तीमा चारजना मारिएका छन् भने अन्य एक दर्जन घाइते भएका देशका...

संक्रमित बढेकाे बढ्यै, मास्क समेत लगाउन मान्दैनन् स्थानिय

बझाङ । बझाङमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विहीबार दिउसो जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का ४८ बर्षिया पुरुषको मृत्यु भएको...

पार्टी एकता जोगाउन खनाल-नेपालसहित १५ नेताको सयुक्त अपिल

काठमाडाैं ।  नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १५ नेताले पार्टी एकता जोगाउने काममा योगदान गर्न सबैमा आह्वान गरेका छन् । नेपाल...

धरहरामा ३३० किलोको गजुर

काठमाडौं । पुरानो भूकम्पले क्षतिग्रस्त भएपछि पुनर्निर्माण जारी नया धरहराको २२ तलामाथि गजुर राखिएको छ । नेपाली सेनाले विगुल फुकी, मंगल धुन र स्वस्तीक...

साताका लोकप्रिय समाचार

कोरोना कहर : इनरुवामा अनिश्चितकालका लागि विद्यालय बन्द

इटहरी । सुनसरी सदरमुकाम इनरुवा नगरपालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै नगर प्रमुख राजन मेहताले...

सर्वदलीय बैठकको निष्कर्ष : एमसीसी अघि बढाऊ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आयोजना गरेको सर्वदलीय बैठकमा सहभागी प्रमुख दलका नेताहरूले अमेरिकी सहायता परियोजना (एमसीसी) अघि बढाउनुपर्नेमा जोड दिएका छन्...

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण

काठमाडौं । हालै भारत भ्रमणबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वादेश फर्किएका उनीहरुले स्वाब परीक्षण गराएका थिए...

म्यान्मारको जुन्ता सरकारले २३ हजार बन्दीलाई रिहा गर्ने

एजेन्सी । म्यानमारको जुन्ता सरकारले बन्दीगृहमा रहेका २३ हजारभन्दा बढी बन्दीहरुलाई रिहा गर्ने तयारी गरेको छ । देशभरका विभिन्न बन्दीगृहमा रहेका मध्ये कुल २३...

ट्रेन्डिङ

एसइई परीक्षाको कानूनी व्यवस्था परिवर्तन गरिँदै

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को कानूनी व्यवस्थामा परिवर्तन गरिँदैछ । कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक...

अभिषेकलाई भिजनको प्रायोजन

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका सदस्य अभिषेक रिजाललाई भिजन कन्सर्न प्रालिले प्रायोजन गरेको छ । बुधबार एक कार्यक्रमका बीच भिजन कन्सर्नले युवा...

१२ जना जुवाडे पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका– ३ चक्रपथ नारायण गोपालचोकस्थित नारायण पौडेलको घरमा तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् । सिन्धुपाल्चोक जुगल गाउँपालिका–४ घर भई...

धनगढीको फर्निचर उद्योगमा भीषण आगलागी

धनगढी । धनगढीको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । धनगढी उमहानगरपालिका ३ स्थित चटकपुरमा रहेको आलोक मल्टी कन्सर्न प्रालि उद्योगमा भीषण आगलागी...

बारामा धारिलो हतियार प्रयोग गरी महिलाको हत्या

बारा । बारामा धारिलो हतियार प्रयोग गरी एक जना महिलाको हत्या गरिएको छ । आइतबार राति करिव १० बजेको समयमा महागढीमाई नगरपालिका वडा नम्वर...

रुकुमपश्चिम घटनाका दोषीमाथि कारवाही प्रारम्भ भइसक्यो : गृह मन्त्रालय

काठमाडौँ । सरकारले जातीय विभेदका घटना दोहोरिन नदिने र रुकुम पश्चिम घटनाको दोषीमाथि कानूनी कारवाही गर्न संवेदनशील रहेको जनाएको छ । गृह मन्त्रालयका सहप्रवक्ता...

स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकारको विज्ञप्ति विवादित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्कीको हस्ताक्षरमा जारी गरिएको विज्ञप्ति विवादित भएको स्वास्थ्यविज्ञहरु टिप्पणी गरेका छन् । विज्ञप्तिमा सरकारले...

नेपालमै कोरोनाको औषधि बनाइएको जिकिर

हेटौंडा । कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मूल गर्ने औषधि तयार...

संक्रमित बढ्दै गए के गर्ने ? सरकार भन्छ : लक्षणविहीनलाई अस्पताल राख्दैनौं

काठमाडौं । सरकारले संक्रमितको संख्या बढ्दै गए लक्षणविहीन तथा सामान्य प्रकृतिका बिरामीलाई अस्पताल नराख्ने योजना बनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार त्यस्ता...

धरानमा थप एक कोरोना संक्रमितको मृत्यु

धरान । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारत एक सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । धरान–१५ का ५५ वर्षीय पुरुषको...

प्रधानमन्त्री ओलीलाई ‘इन्फेक्सन’ हुने डरले डिस्चार्जमा ढिलाइ

काठमाडौं । गत बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीमा इन्फेक्सनको मुख्य चुनौती देखिएको छ । उपचारमा संलग्न चिकित्सक मिर्गौला...

चीनद्वारा नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौँ । नेपाललाई चीन सरकारले कोभिड– १९ को रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई आज यहाँ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)