काठमाडौं । कोरोना भाइरस संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या दैनिक रूपमा घट्दै गएको छ । अब देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ९ सय ४८ मात्रै रहेको छ ।
२ लाख ४१ हजार ९ सय ९५ जना संक्रमितमध्ये २ लाख २७ हजार ४ सय ३३ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको हुने दर ९३ दशमलव ९८ प्रतिशत रहेको छ । केही दिनयता कोरोना परीक्षणदर घटेको छ । एक हप्तालाई आधार मान्दा दैनिक सात हजारको हाराहारीमा मात्रै कोरोना परीक्षण भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार ६ हजार २ सय २० जनाको पीसीआर परीक्षण भएको छ । यसअघि आइतबार ६ हजार ४ सय ९५ जनाको कोरोना परीक्षण भएको थियो । हालसम्म १७ लाख ९० हजार ७ सय ३९ जनाको पीसीआर परीक्षण भएको छ । हाल देशभर ५ सय २७ जना क्वारेन्टिनमा रहेका छन् ।
सोमबार देशभर १ हजार १४ जनामा संक्रमण देखिएको छ । जसअन्तर्गत प्रदेश १ को इलाममा १०, ओखलढुंगामा दुई, झापामा २२, ताप्लेजुङमा तीन, तेह्रथुममा एक, पाँचथरमा एक, मोरङमा २०, सुनसरीमा ११ र संखुवासभामा ६ जनामा कोरोना भेटिएको छ । प्रदेश २ को धुनषामा तीन, पर्सामा दुई, बारामा नौ, महोत्तरीमा एक, रौतहटमा एक, सप्तरीमा पाँच, सर्लाहीमा दुई र सिरहामा तीन जनामा कोरोना देखिएको छ । बाग्मती प्रदेशको काठमाडौंमा ३ सय ४४ जनामा कोरोना पुष्टि भएको छ ।
काभ्रेमा १५, चितवनमा ३६, दोलखामा तीन, धादिङमा आठ, नुवाकोटमा चार, भक्तपुरमा ३१, मकवानपुरमा नौ, रामेछापमा एक, ललितपुरमा ६७, सिन्धुलीमा एक र सिन्धुपाल्चोकमा पाँच जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै, गण्डकी प्रदेशको कास्कीमा ३०, गोरखामा चार, तनहुँमा १०, नवलपरासी पूर्वमा आठ, पर्वतमा ११, लमजुङमा पाँच, बागलुङमा नौ र स्याङ्जामा ६ जनामा कोरोना पुष्टि भएको छ । लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १५, कपिलवस्तुमा २८, गुल्मीमा २, दाङमा २८, नलवपरासीमा १०, पाल्पामा १४, बर्दियामा तीन, बाँकेमा नौ, रोल्पामा २ र रूपन्देहीमा ५३ जनामा कोरोना देखिएको छ ।
कर्णाली प्रदेशको कालिकोटमा तीन, जाजरकोटमा दुई, जुम्लामा चार, दैलेखमा दुई, मुगुमा चार र सुर्खेतमा १६ जनामा कोरोना भेटिएको छ । सुदूरपश्चिम प्रदेशको अछाममा २२, कञ्चनपुरमा २७, कैलालीमा २४, डडेलधुरामा १२, बझाङमा १०, बाजुरामा एक र बैतडीमा दुई जनामा कोरोना भेटिएको छ । संक्रमितमध्ये हालसम्म १ हजार ६ सय १४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ३ सय ८५ जना कोरोना संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । हालसम्म ५३ जना भेन्टिलेटर र ३ सय ३२ जना संक्रमित आईसीयूमा उपचाररत छन् । बाग्मती प्रदेशमा १ सय १३ जना आईसीयू र ३० जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ६८ जना आईसीयू र तीन जना भेन्टिलेटरमा, प्रदेश १ मा २९ जना आईसीयू र ६ जना भेन्टिलेटर, प्रदेश २ मा नौ जना आईसीयू र तीन जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
यस्तै, सुदूरपश्चिम प्रदेशमा सात जना आईसीयू र दुई जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ९८ जना आईसीयू र नौ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा नौ जना आईसीयू उपचाररत रहेका छन् । हाल देशभर ८ हजार ६० जना सक्रिय संक्रमित होम आइसोलेसनमा रहेका छन् । बाग्मती प्रदेशमा ४ हजार ४ सय २४ जना होम आइसोलेसनमा छन् । यस्तै प्रदेश १ मा १ हजार १ सय ७७, प्रदेश २ मा १ सय ९६, लुम्बिनी प्रदेशमा १ हजार १ सय ८९, सुदूरपश्चिम प्रदेशमा ६ सय एक, गण्डकी प्रदेशमा ३ सय ८६ र कर्णाली प्रदेशमा ८७ जना होम आइसोलेसनमा रहेका छन् ।






