दिल्लीका मुख्यमन्त्री केजरीवाल नजरबन्दमा

नयाँ दिल्ली । भारतमा भइरहेको किसान आन्दोलनमा सहभागी भएको भन्दै गृहप्रशासनले दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई नजरबन्दमा राखेको छ । आम आद्मी पार्टीका कार्यकर्ताले मुख्यमन्त्री केजरीवाल सिन्धु बोर्डरबाट फर्केपछि नजरबन्दमा राखेको आरोप लगाएका छन् । मुख्यमन्त्री केजरीवालले सबै बैठक रद्द गरेका छन् ।

दिल्ली नगर निगमका तीन मेयरलाई मुख्यमन्त्रीले घरको गेट अगाडी धर्नामा बस्न दिएको आरोप गृहप्रशासनले मुख्यमन्त्रीलाई नजरबन्दमा राखेको भारतीय सञ्चार माध्यमले लेखेका छन् । आपका विधायक सौरभ भारद्धाज भन्छन् ‘जब मुख्यमन्त्री केजरीवालले सिन्धु बोर्डरमा किसानलाई भेटेर फर्किए र आन्दोलनमा समर्थन जनाए केन्द्र सरकारको गृहमन्त्रालयले दिल्ली प्रहरीलाई मुख्यमन्त्रीलाई नजरबन्दमा राख्न आदेश दियो ।’

तपाइको प्रतिक्रिया
(Visited 585 times, 1 visits today)

epaper

ताजा समाचार

‘बाँदर हेरालु’का लागि जागिर खुल्यो, मासिक तलब कति ?