अपहरणपछि घाँटी रेटेर हत्या गरिएको थियो शिक्षकको

दमक । दमक र मोरङको मिक्लाजुङ्ग गाउँपालिकाका १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या भएको पुष्टि भएको छ । यसअघि प्रहरीले स्थानीयले दिएको जानकारीको आधारमा गोली हानेर हत्या भएको बताएकोमा प्रहरी टोली घटनास्थल पुग्दा घाँटी रेटेर हत्या भएको खुलेको हो ।

सामाजिक अगुवासमेत रहेका ५४ वर्षीय राजेन्द्र श्रेष्ठको हत्या गरिएको अवस्थामा मंगलबार विहान शव भेटिएको थियो । उनलाई घरबाटै ४–५ जनाको समूहले अपहरण गरेर लगेको एक घण्टापछि स्थानीयले शव भेटेका थिए ।

घटना भएको करिब ८ घण्टापछि प्रहरीले पूर्वोत्तर मोरङको विकट क्षेत्रमा पर्ने घटनास्थलमा पुगेको थियो । मोरङ प्रहरीको टोली घटनास्थलमा पुग्दा श्रेष्ठको दुवै हात बाँधेर धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यलय उर्लाबारीका प्रहरी निरीक्षक उद्घव पोख्रेलले जनाए ।

‘घटनास्थलमा मोरङ प्रहरीको टोली गेको छ,’उनले भने ‘घटनास्थलमा पुग्दा मृतकको घाँटीमा धारिलो हतियार प्रयोग भएको देखिएको छ । दुवै हात बाँधेको अवस्थामा पछाडि रहेको छ ।’ स्थानीयले गोली चलेको आवाज सुनेको आधारमा गोली हानेर हत्या भएको जानकारी दिएपनि मृतकको शवमा गोली प्रहार भएको नदेखिएको प्रहरीले जनाएको छ ।

श्रेष्ठलाई घरबाट उठाएर लगेको १ घण्टापछि गोली चलेको आवाज स्थानीयले सुनेका थिए । त्यसपछि स्थानीयले उनको खोजी गर्ने क्रममा जंगलमा शव भेटेर प्रहरीलाई खबर गरेका थिए । शव भेटिएको स्थान मृतकको घरदेखि करिब एक किलोमिटरको दुरीमा छ । मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले विप्लब समूहका कार्यकर्ताले श्रेष्ठको अपहरण गरि हत्या भएको सूचना रहेको जानकारी दिए ।

प्रदेश प्रहरी, मोरङ प्रहरीका डिएसपीसहितको टोली घटनास्थलमा पुगेर अहिले अनुसन्धान गरिरहेको छ । प्रहरीले सो क्षेत्रलाई शिलबन्दी गरेर हत्यामा संलग्नको खोजी गरिरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 547 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सिन्धुलीमा कांग्रेस र माओवादीको मात्र गठबन्धन हुने