बुबा जेलमा, आमा मदिरामा, छोराछोरीको विचल्ली

सिन्धुली । कमलामाई नगरपालिका–१ को चौराईमा टाटीले ’boutको, माटोले टालेको सानो घर छ । घरको ढोका छैन । जताबाट पनि सामान्य हान्दा भत्किने खालको उक्त घरभित्र पकाउने खाने एक सेट कुच्चिएका भाँडा छन् । एउटा सानो खाट छ । मैला लुगा छन् । एउटा कुनामा तीन÷चार ओटा बोरा छन् । बाँकी केही छैन । त्यसैसँग जोडिएको दुईकोठे इँटाको घर छ । जुन भूकम्पपछि बनाइएको हो । त्यसको न छानो छ न ढोका नै । उक्त घर छिमेकी, आफन्तको सहयोगमा बनेको भए पनि छानो छाउने ढोका हाल्ने केही काम भएको छैन । उक्त भवन सम्पन्न गर्न, झ्याल ढोका हाल्न न पैसा छ न कुनै कमाई गरिदिने परिवारका सदस्य नै ।

गत वर्ष असोज २ गते श्रीमानले इच्छाविपरीत बलात्कार गरेको र योनीमा फलामको ढुंग्री पसाएर यौन यातना दिएको आरोपमा श्रीमतीले जिल्ला प्रहरी कार्यालयमा वैवाहिक बलात्कारको मुद्दा दर्ता गरिन् । श्रीमतीले उपचार पनि पाइनन् । श्रीमानलाई प्रहरीले पक्राउ ग-यो । अदालतले पुर्पक्षका लागि जेल (कारागार) चलान ग¥यो । त्यो घटनापछि ती महिला अत्यधिक मदिरा सेवन गर्न थालिन् । छोराछोरी, घरको हेरचाह हुन छोड्यो । परिवार नै लथालिंग भयो । मजदुरी गरेर बसेको त्यो परिवारमा अभिभावकत्व लिने अहिले कोही छैन । ४ छोराछोरीका बाबुआमा थिए श्रीमान् श्रीमती । बाबुले मदिराको सुरमा आमालाई यातना दिए, जसको परिणाम छोराछोरीले दुःख पाइरहेका छन् ।

उनीहरूको जेठो छोरा करिब १६, १७ वर्षका छन् । उनी चियावारीको एक होटलमा काम गर्छन् । १३ वर्षकी छोरी सुजना त्यही सानो झुपडी टाटीको घरमा बस्छिन् । उनकी आमा पनि उमेरले ४१ वर्ष भइन् । मदिरा सेवन गरेर दिन बिताउँछिन्, साना नानीको वास्ता गर्दिनन् उनी । बालबालिकाको पढाइ होस् वा खानेकुराको जोहो गर्ने तर्फ उनले ध्यान दिदिनन् । घटनापछि उनले बालबालिकाको कुनै वास्ता नगरेको स्थानीय वसन्त घिसिङले बताए । ‘पहिले पनि परिवारको बेवास्ताका कारण बालबालिका अरूकै घरमा बस्थे, गरिबी, अभाव थियो । अहिले त झनै लथालिंग भयो’ घिसिङले भने । दुई छोरा ११ र ७ वर्षका छन् । उनीहरू नजिकैको विष्णु बाजे भनिने छिमेकीको घरमा बस्छन् । त्यहीँबाट स्कुल जान्छन् । उनैको घरमा खान्छन्, बस्छन् । छोरी त्यही टाटीको खुला घरमा बस्छिन् । मदिरा खाएर आमा आएपछि उनले कुटपिट गालीगलौज सहनुपर्छ । सुजना भन्छिन्, ‘ममीले रक्सी खानुहुन्छ, गाली गर्नुहुन्छ, कहिले काहीं पिट्नु पनि हुन्छ ।’

उनी अरूका घरमा पराल बोक्ने, मजदुरी गर्ने काम गर्छिन् तर, कमाएको पैसा रक्सीमै सकिन्छ । बालबालिका कहिलेकाहीँ भोकै पर्छन् । कहिले छिमेकीले खान दिन्छन् । घरको सबै काम सुजनाले गर्छिन्, स्कुल जान्छिन् । तर साँझमा घरमा सुत्ने बेलामा भने डर लाग्छ उनलाई । ढोका खुलै हुँदा डर लाग्ने बताउँदै उनले भनिन्, ‘राति डर लाग्छ म त कुनामा सुत्छु ।’

तपाइको प्रतिक्रिया
(Visited 423 times, 1 visits today)

epaper

ताजा समाचार

क्यासिनोबाट गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक पक्राउ